ललितपुरस्थित गुठी संस्थानकाे सटरमा व्यापारीको रजाइँ
३० असोज २०८२
•
६ मिनेट पाठ
ललितपुरस्थित गुठी संस्थानकाे सटरमा व्यापारीको रजाइँ
व्यापारीले ललितपुरको मंगलबजारमा गुठी संस्थानका सटरमा भाडा नतिरी रजाइँ गरेका छन्। ललितपुरको मंगलबजार कृष्ण मन्दिर सुन्दरी चोक परिसरभित्र वर्षौंदेखि सञ्चालनमा रहेका गुठी संस्थानको ५६ वटा सटरबाट संस्थानले गत ३२ वर्षदेखि हालसम्म एक रुपैयाँ पनि भाडा उठाउन सकेको छैन। यसबाट संस्थानले मासिक लाखौं रुपैयाँ घाटा व्यहोर्दै आएको छ।




गुठी संस्थानका अनुसार २०५० सालसम्म सटर भाडामा लिएका व्यवसायीहरूले महिनामा निकै नगन्य भाडा बुझाउँथे। एक महिनामा एक सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म मात्र बुझाउँथे। त्यो  भाडा पनि २०५० सालदेखि बन्द गरे।

संस्थानका अनुसार २०५० सालसम्म पसल सञ्चालकहरूले संस्थानसँग निकै कम रुपैयाँमा भाडा सम्झौता गरेका थिए। २०५० सालदेखि न भाडा बुझाएका छन्, न त सम्झौता नवीकरण गरेका छन्। यसमा पसल सञ्चालकहरूले मनोमानी गरीरहेका छन्।

यता सटर भाडामा लिएका व्यवसायीहरूले संस्थानलाई होइन, बिचौलियालाई भाडा बुझाउने गरेका छन्। उनीहरूले महिनाको १५ हजारदेखि २० हजार रुपैयाँसम्म बिचौलियालाई भाडा बुझाउने गरेको पाइएको छ तर जसको स्वामित्वमा सटरहरू छन्, त्यसको मालिकले भने एक रुपैयाँ पनि भाडा बुझ्न पाएको छैन।  यस्तो बेथिति वर्षाैंदेखि हुँदै आएको छ। अब भने संस्थानले यस विषयमा गम्भीर चासो राखेको छ। संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेसराज कुँवरले संस्थानको स्वामित्वमा मंगलबजार परिसरभित्र रहेका सटरबाट जसरी भए पनि भाडा उठाउने तयारी गरेका छन्। यसका लागि उनले ललितपुर महानगरपालिकाका मेयरसँग पनि कुराकानी राखेका छन्। मेयरले अत्यन्त सकारात्मक जवाफ दिएको उनको भनाइ छ।

‘अब हामी भाडा उठाउँछौ। संस्थानको स्वामित्वमा रहेका सटरहरूको व्यवस्थापन हामी आफैं गर्छौं’, कुवरले भने। संस्थानका अनुसार कृष्ण मन्दिर, मन्दिर परिसर, सुन्दरी चोक वरिपरि रहेको करिब पाँच रोपनी जग्गा गुठी संस्थानको स्वामित्वमा छ। सोही जग्गाभित्र ५६ वटा सटर वर्षौंदेखि सञ्चालनमा छन्। ती सटरलाई अब व्यवस्थित रूपमा सञ्चालन गराउने संस्थानको योजना छ।

चार वर्ष पुराना दस्तावेज डिजिटाइज हुँदै

संस्थानका अनुसार ३/४ सय वर्ष पुराना र राणाकालीन दस्तावेजहरूलाई संस्थानका कर्मचारीहरूले अहिले डिजिटाइज गर्दैछन्। तत्कालीन शासकहरूले  मन्दिरको नाममा  विभिन्न ठाउँमा जग्गा दिएका ऐतिहासिक प्रमाण  र लिखितहरूलाई कर्मचारीहरूले डिजिटल प्रविधिमा उतार्न लागेका छन्। त्यतिबेला शासकहरूले मन्दिर सञ्चालनका लागि मन्दिरको स्वामित्वमा जग्गा दिने गर्थे। त्यसरी दिइएको जग्गा हाल ठाउँठाउँमा अतिक्रमण भइरहेको छ। कुँवरका अनुसार संस्थानले अबदेखि गुठीको अन्य सबै  काम कारबाहीलाई पूर्ण रूपमा प्रविधिमैत्री (डिजिटाइज) गर्ने तयारी भएको छ।

विगत दश वर्षदेखि संस्थानमा नयाँ कर्मचारी भर्ना गरिएको छैन। साथै भएका कर्मचारीहरूको पनि वृत्ति विकास गर्न सकिएको छैन।  हाल ३५ जना कर्मचारीका भरमा देशभरिका गुठी चलाइएका छन्। निकै कम कर्मचारीबाट संस्थान चलाउन निकै अप्ठयारो परिरहेको हाल कार्यरत कर्मचारीहरू बताउँछन्।

हाल संस्थानसँग १० वटा शाखा कार्यालयहरू छन्। तत्कालै लुम्बिनी र कोसी प्रदेशमा थप नयाँ शाखा कार्यालय खोल्ने तयारी भइरहेको छ। संस्थानमा कुँवर आएपछि संस्थानलाई आवश्यक पर्ने कर्मचारी भर्ना प्रक्रिया अघि बढाइएको छ। कुँवरका अनुसार  एक सय ३३ जना नयाँ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले प्रक्रिया अघि बढाइसकेको छ। कर्मचारी भर्ना गर्ने विषयमा विनियामावली समेत पास भइसकेको छ। कुँवरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले विनियामावली पास गरेपछि नयाँ कर्मचारी भर्ना गर्न संस्थानलाई बाटो खुला भएको हो।

गुठीयार तथा पुजारीको निःशुल्क स्वास्थ्य बिमा

संस्थानले अब गुठीयार, पुजारी, सन्त, महन्थको निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ। यसका लागि संस्थानले धुलिखेल अस्पतालसँग सहकार्य गर्ने भएको छ। यस काममा  अस्पतालका प्रमुख रामकण्ठ मकाजुसँग कुराकानी भइरहेको कुँवरले जनाए।

अतिक्रमित जग्गा फिर्ता

संस्थानले आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमणमा परेको करिब दुई हजार एक सय रोपनी जग्गा फिर्ता गर्न सफल भएको छ।

जग्गा फिर्ता ल्याएको विषयलाई संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेसराज कुँवरले आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि ठानेका छन्। उनका अनुसार संस्थानले फिर्ता ल्याएको जग्गामध्ये धेरैजसो अदालबाट मुद्दा दायर गरी फिर्ता ल्याइएको छ। केही जग्गा भने अन्य प्रक्रियाबाट फिर्ता ल्याइएको हो।

देशभित्र रहेका राजगुठी तथा छुट गुठीको उचित व्यवस्था गर्ने उद्देश्यबाट संस्थान ऐन, २०२१ बमोजिम गुठी संस्थानको स्थापना भएको हो। संस्थान मातहत हाल काठमाडौं उपत्यकामा कालमोचन, भद्रकाली, पशुपतिनाथ मन्दिर परिसर, भक्तपुर, ललितपुर, धुलिखेल, जनकपुरधाम, जलेश्वर र वीरगन्जमा शाखा कार्यालय रहेका छन्। यसको साथै कुत तथा बाली असुली विभिन्न मालपोत कार्यालयबाट पनि हुने गरेको छ।

हाल मधेश प्रदेश लगायत  देशका  विभिन्न ठाउँमा गुठी जग्गामाथि अतिक्रमण बढ्दै गएको छ। भइरहेको अतिक्रमण रोक्न, गुठी जग्गा संरक्षण गर्न, संस्थानको आम्दानी  वृद्धि गर्न तथा सम्बन्धित मठहरूलाई व्यवस्थित बनाउने उद्देश्यबाट २१ सय रोपनी क्षेत्रफल गुठी तैनाथी जग्गा कानुन अनुसार फिर्ता ल्याइएको र उक्त  जग्गा हाल लिजमा उपलब्ध गराइ संस्थानको आम्दानी बढाइएको कुँवरले बताए। उनका अनुसार संस्थानले फिर्ता ल्याउनुअघि सो  जग्गा वीरगन्ज, रौतहट, जनकपुर, काठमाडौं, भक्तपुर तथा ललितपुरमा अतिक्रमणमा परेको थियो।

आव २०८१/८२ मा गुठी संस्थान अन्तर्गत विभिन्न जिल्लामा रहेका करिब ४५ रोपनी जग्गा गुठीको नाममा दर्ता गरी गुठी तैनाथी पुर्जासमेत प्राप्त गरिएको संस्थानले जनाएको छ।

यसैगरी करिब ६० रोपनी जग्गा सर्वोच्च अदालतबाट गुठीको नाममा कायम हुने गरी अन्तिम फैसला भइसकेको छ। फैसलापछि  उक्त  जग्गाको पुर्जा प्राप्त भई प्रचलित कानुनबमोजिम व्यवस्थापनको प्रक्रियामा रहेको संस्थानको भनाइ छ। यसैगरी उक्त आवमा ४० वटा देवस्थलहरूको पुनर्निर्माण तथा जिर्णोद्धार कार्य पूरा भएका र भद्रकाली परिसर र महांकाल मन्दिर परिसर पुननिर्माणको चरणमा रहेको संस्थानले जनाएको छ। यस कामलाई संस्थानले आफ्नो उपलब्धि ठानेको छ।

गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ अनुसार  संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रको जग्गा सम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।

संस्थानसँग कति जग्गा छ?

हाल  मुलुकभर ७० जिल्लामा संस्थानको जग्गा छ। त्यसमध्ये पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी तथा तराईमा ६६ हजार ३३० बिघा जग्गा गुठीको नाममा रहेको देखिएको छ।

कुँवरले संस्थानको नेतृत्व सम्हालेपछि विभिन्न सरकारी निकायले प्रयोग गरिआएको जग्गाहरूको स्थान, कित्ता नम्बर तथा क्षेत्रफल तथा आफ्नो स्वामित्वमा रहेको गुठी तैनाथी, गुठी अधीनस्थ, गुठी रैतानी, गुठी नम्बरी र गुठी ऐलानी जग्गाको विस्तृत विवरण तथा  मठमन्दिरमा रहेको अमूल्य गरगहना र सम्पत्तिको लगत व्यवस्थित रूपमा  राख्ने तयारी अघि बढाएका छन्।

महालेखा परीक्षकको ६२औं प्रतिवेदनले गुठी संस्थानको नाममा रहेका जग्गा तथा सम्पत्तिको अभिलेख र संरक्षण तथा  उपयोग गर्ने व्यवस्था मिलाउन संस्थानलाई सुझाव दिएको छ। कुँवरका अनुसार संस्थानले यसै वर्ष गुठी संग्रहालय स्थापना गर्ने तयारीसमेत गरेको छ।

महालेखाको प्रतिवेदनमा जनाइए अनुसार अझै पनि धनुषामा ४३ बिघा ११ कट्ठा, महोत्तरीमा ९८ बिघा आठ कठ्ठा, बारामा २७ बिघा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा सात बिघा, भक्तपुरमा दुई रोपनी, जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतका राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीहरूको विभिन्न एक हजार एक सय ८८ कित्ता र दाङको नारायणपुरमा रहेको करिब एक सय ५७ रोपनी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमणमा परेको जग्गा क्रमशः फिर्ता ल्याउँदै जाने संस्थानको तयारी छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस