बन्द रहेका ९९ चिया उद्योग खुले
११ असार २०८३
•
२ मिनेट पाठ
बन्द रहेका ९९ चिया उद्योग खुले
इलामको हरियो चियापत्ती। तस्बिर: भीम/नागरिक
भारतले नेपाली तयारी चिया आयातमा कडाइ गरेपछि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन्। भारतीय पक्षसँग कूटनीतिक पहल नगरेको भन्दै ९९ चिया उद्योगले बन्द घोषणा गरेका थिए।




उद्योग बन्द भएपछि सरकार, चिया उद्योग, किसान तथा श्रमिकका समस्याको दीर्घकालीन समाधान खोज्न गठित उच्चस्तरीय कार्यदललगायतले देखाएको चासोप्रति सकारात्मक आशा गर्दै खुलाइएको उद्योगीले जनाएका छन्।

सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै उद्योग खुला भएको घोषणा गरेको छ। एसोसिएसनका ५३ उद्योग असार १ देखि र अन्य ४६ उद्योग असार ४ देखि बन्द थिए।

‘उच्चस्तरीय कार्यदलको सक्रियता र सूर्योदय नगरपालिकाको सकारात्मक पहल अनि सरोकारवाला निकायको निरन्तर सहकार्यप्रति हामी आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायले चिया क्षेत्रका समस्या समाधान गर्न देखाएको प्रतिबद्धता र सकारात्मक पहलबाट हामी उत्साहित एवं आशावादी भएका छौं।’

एसोसिएसनले सरकारी पहलले नेपाली चिया उद्योगको दीर्घकालीन हित, बजार विविधीकरण, गुणस्तर अभिवृद्धि तथा निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ। 

‘उद्योगले गुणस्तरीय चियामात्र प्रशोधन गर्ने, किसान र किसानको समूहबाट सोझै उद्योगमा हरियो पत्ती ल्याउने वातावरण तयार गर्ने तथा किसानलाई प्रत्यक्ष मूल्य दिने वातावरण तयार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विषादीरहित र गुणस्तरीय चिया प्रशोधन गर्नुपर्ने र दीर्घकालीन समाधानको बाटो पनि यही भएको महसुस गरी सरकारको कार्यलाई आत्मसात् गरी अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं।’

एसोसिएसन महासचिव गोपाल कट्टेलले सरकारले चिया व्यापारको दीर्घकालीन बाटो खोजिदिन्छ भन्ने आशा पलाएको बताए। ‘हामीले पटक–पटक गुहार मागिसकेका छौं, मागिरहेका छौं, अब चाहिँ चिया निर्यातको बाटो सहज हुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘सरकारले पुनः बेवास्ता गरे हाम्रो दबाब निरन्तर रहने नै छ।’

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ। यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ।

एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ।

एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उद्योगीको भनाइ छ।
अर्को समाचार
बन्द भएका ९९ चिया उद्योग खुले
११ असार २०८३
•
२ मिनेट पाठ
बन्द भएका ९९ चिया उद्योग खुले
इलामको हरियो चिया। <br>
भारतले नेपाली तयारी चिया आयातमा कडाइ गरेपछि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन् । भारतीय पक्षसँग कूटनीतिक पहल नगरेको भन्दै ९९ चिया उद्योगले बन्द घोषणा गरेका थिए ।  




उद्योग बन्द भएपछि सरकार, चिया उद्योग, किसान तथा श्रमिकका समस्याको दीर्घकालीन समाधान खोज्न गठित उच्चस्तरीय कार्यदललगायतले देखाएको चासोप्रति सकारात्मक आशा गर्दै खुलाइएको उद्योगीले जनाएका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै उद्योग खुला भएको घोषणा गरेको छ । एसोसिएसनका ५३ उद्योग असार १ देखि र अन्य ४६ उद्योग असार ४ देखि बन्द थिए ।

‘उच्चस्तरीय कार्यदलको सक्रियता र सूर्योदय नगरपालिकाको सकारात्मक पहल अनि सरोकारवाला निकायको निरन्तर सहकार्यप्रति हामी आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायले चिया क्षेत्रका समस्या समाधान गर्न देखाएको प्रतिबद्धता र सकारात्मक पहलबाट हामी उत्साहित एवं आशावादी भएका छौं ।’

एसोसिएसनले सरकारी पहलले नेपाली चिया उद्योगको दीर्घकालीन हित, बजार विविधीकरण, गुणस्तर अभिवृद्धि तथा निर्यात प्रवद्र्धनमा महत्त्ववपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ । ‘उद्योगले गुणस्तरीय चियामात्र प्रशोधन गर्ने, किसान र किसानको समूहबाट सोझै उद्योगमा हरियो पत्ती ल्याउने वातावरण तयार गर्ने तथा किसानलाई प्रत्यक्ष मूल्य दिने वातावरण तयार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विषादीरहित र गुणस्तरीय चिया प्रशोधन गर्नुपर्ने र दीर्घकालीन समाधानको बाटो पनि यही भएको महसुस गरी सरकारको कार्यलाई आत्मसात् गरी अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं ।’

एसोसिएसन महासचिव गोपाल कट्टेलले सरकारले चिया व्यापारको दीर्घकालीन बाटो खोजिदिन्छ भन्ने आशा पलाएको बताए । ‘हामीले पटक–पटक गुहार मागिसकेका छौं, मागिरहेका छौं, अब चाहिँ चिया निर्यातको बाटो सहज हुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘सरकारले पुनः बेवास्ता गरे हाम्रो दबाब निरन्तर रहने नै छ ।’

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ । यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ । एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ । एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उद्योगीको भनाइ छ ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस