यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।
‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं, ’एशोशिएसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। पोखरामा खपत हुने फुलमध्ये स्थानिय उत्पादनले ८० प्रतिशत धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयातीत फूलले धान्ने उनले जानकारी दिए। उनका अनुसार स्थानिय उत्पादनले धान्ने फुलको बजार पोखरा एक्लैले भने धान्दैन। यहाँ खपत हुने फूल धादिङ, गोरखा, लमजुङलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको उनले बताए।
पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्ने गरेका छन्। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन्।
सत्रपत्रीको मालाको १५०, थुंगाको ५ रुपैयाँ
यस वर्ष फूलको मालाको मूल्य सरदर एकसय पचास रुपैयाँ पर्ने भएको छ। नेपाली फूलको मालाको मूल्य एकसय पचास रुपैयाँ पर्ने एशोशिएसनका अध्यक्ष गुरुङले बताए। पूmलको एउटा थुंगाको मूल्य ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए। एउटा मालामा नेपाली पूmल २८ देखी ३० थुंगा उनिने भएकाले त्यसको मालाको मूल्य एकसय ४० देखी १ सय ५० रुपैयाँसम्म पर्ने उनको भनाई छ।
भारतीय फुलको माला भने ३४ देखी ६० रुपैयाँको हाराहारीमा पर्ने बताईन्छ। भारतीय फुलको थुंगा सानो हुने भएकाले मूल्य सस्तो भएको हो। यद्दपी थुंगाको मूल्य ५ रुपैयाँ तोकिएपनि फूल व्यवसायी बाहेकको मा गएर खरिद गर्दा १० देखी २० रुपैयाँसम्म थुंगाको लिएर ठग्ने गरेको गुनासो बारम्बार आउने गरेको छ।
एशोशिएसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाईलाई लगाई दिन आग्रह गरेको छ। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे। उनले भने, ‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र माला पनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिँ उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ।’
उनले अरु बेला जुनसुकै फूल प्रयोग गरेपनि तिहारमा दाजुभाईको गलामा स्थानिय फूलकै माला प्रयोग गर्दा हेर्दापनि राम्रो र नेपाली दाजुभाई दिदीबहिनीले उत्पादन गरेको माला लगाउँदा गर्व पनि महसुश हुने उल्लेख गरे।
फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन्। विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन्।
आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन्। कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन्।
विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताइन्। 'आमा र मलाइ गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ। रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्', उनले भनिन्, 'जसरी भएपछि माइती त पुज्नै प¥यो! विकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति)को माला बनाइरहेकी छु।'
विगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताइन्। 'हाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो। तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छ', उनले भनिन्, 'गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन्। फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन्।'
दस स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ। तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरुसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन्।
हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन्। जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताए।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन। बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन्।
जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन्। यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए।
जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐँसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन्। प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लास्टिकको कृत्रिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिए।
पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाका सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँलगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञले बताउँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...