भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला
०२ कार्तिक २०७९
•
२ मिनेट पाठ
भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला
धरान १३ स्थित कृषि उपज बजारमा भण्डारण गर्ने तयारीमा कलकत्ताबाट आयात गरिएको माला।
नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै छिमेकी मुलुक भारतबाट लाखौंको सयपत्री माला धरान भित्रिएको छ।




यसपाली पूर्वी नेपालमा सयपत्री फूलको उत्पादनमा कमी आउने भएसँगै व्यापारीहरुले तिहार अघि नै लाखौंको माला भित्र्याएका हुन्। भारतको कलकत्ताबाट आयात गरिएका तयारी माला धरान १३ स्थित कृषि उपज थोक बजारस्थलको शितभण्डारमा भण्डारण गरेर राखेका छन्।

कृषि बजारका अनुसार मंगलबारसम्मको रेकर्डंमा तिहारलाई लक्षित १ लाख २५ हजार वटा माला धरान भित्रिसकेको छ। ‘अझै ६० हजार वटा माला आउने प्रक्रियामा छ भनेर व्यापारीहरुबाट जानकारी आएको छ,’ उनले भने, ‘१ गतेसम्म १ लाख २५ हजार वटा माला आइसकेको छ।’

कृषि बजारमा शित भण्डार निर्माण भएपछि व्यापारीहरुले तिहार आउनु झण्डै एक साताअघिदेखि नै गत बर्षदेखि तयारी फूल भारतबाट भित्र्याएर भण्डार गर्ने गरेका छन्। तिहारमा घर, पसल सजाउने र पूजामा पनि सयपत्री फूल प्रयोग हुने भएकोले माग बढी हुने गर्छ। स्थानीय उत्पादनले थेग्न नसक्ने भएकोले भारतबाट फूल आयात हुने गरेको छ।

व्यापारीहरुका अनुसार यसपाली नेपालमा तिहार भन्दा पछि मात्र सयपत्री फूल फुल्ने भएको कारण स्थानीय उत्पादन बजारमा अभाव हुने देखिन्छ। साथै, भारतबाट पनि आयात कम भइरहेको कारण तिहारमा फूल अभाव भएर महंगिने सम्भावना भएको पनि व्यापारीहरु बताउँछन्।

कलकत्ताबाट फूल आयात गरेर भण्डारण गरिरहेका व्यापारी टिकाराम श्रेष्ठले आफू धनकुटा, तेह्रथुम, सुनसरी र मोरङको पहाडी ग्रामिण क्षेत्रमा जादा सयपत्री फूल कोपिला मात्र भेटिएको बताए। ‘म फूल खोज्न सबैतिर पुगे, कही पनि फूल छैन। सयपत्री रोपेका छन्, तर भर्खर कोपिला मात्र छ,’ श्रेष्ठले भने, ‘तिहारको बेला फुल्दैँन, त्यसैले यसपाली स्थानीय उत्पादन भनेजति बजारमा आउँदैन।’

नेपाली कृषकहरुले पात्रो अनुसार अर्थात तिहारमा फूल्ने गरी फूल खेती नगर्ने कारण यस्तो समस्या भएको व्यापारी श्रेष्ठ बताउँछन्। स्थानीय उत्पादन नभएपछि भारतबाट आयात गर्नुपर्ने तर यसपाली भारतबाट पनि कम फूलको माला आइरहेको उनले बताए। ‘भारतबाट पनि कम माला आइरहेको छ, यसले महंगो हुन्छ जस्तो देखिन्छ,’ उनले भने।

कृषि बजारका अनुसार विगतका वर्षहरुमा माग अनुसार २५ प्रतिशत मात्र माला भारतबाट आयात हुने गरेको थियो। तर, यसपाली स्थानीय उत्पादन कम हुने भएकोले ७५ प्रतिशत तयारी माला भारतबाट आउने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईको अनुमान छ। ‘यसपाली तिहार छिटो आइदियो, स्थानीय उत्पादन ढिला हुने देखियो। यसले गर्दा पहिला २५ प्रतिशत मात्र भारतीय फूल आउथ्यो भने यसपाली ७५ प्रतिशत आउने भयो,’ व्यवस्थापक भट्टराईले भने।

उनका अनुसार गत वर्ष १ करोड ६२ लाख बराबरकृषि बजारबाट फूलको व्यापार भएको थियो। यसपाली १ करोड ७५ लाख कारोबार हुने अनुमान गरिएको छ। व्यवस्थापक भट्टराई सयपत्रीनेपालमा स्थानीय सयपत्री फूलको व्यवसायिक उत्पादन कम हुनु, बेमौसमी झरीपानीले बेर्ना बिगार्नुलगायत कारणले स्थानीय फूल कम उत्पादन हुने बताउँछन्।

उपभोक्ता पनि सौखिन हुँदै जाँदा तयारी माला को प्रयोग गर्ने चलन आएको छ भने स्थानीय पूmलको व्यवसायिक उत्पादन कम हुनु, राज्यले फूलखेतीलाई प्राथमिकता पनि कम दिएको कारणले आयातित फूलको कारोबार बढ्दै गएको व्यापारीहरु बताउँछन्।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
८ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस