पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का
२३ असोज २०७९
•
४ मिनेट पाठ
पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ।




नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ठेक्का पारेको हो। यो सडक खण्डको प्राविधिक मूल्यांकनमा ३५ वटा कम्पनी छनोट भएका मध्ये ९ वटा कम्पनी मात्रै आर्थिक मूल्यांकनमा सहभागिता जनाएका थिए।

९ वटा कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने शर्मा-जेड आईसी जेभीले ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँमा ठेक्का हात पारेको हो। क्षेत्रिय व्यापरिक मार्ग विस्तार आयोजनाका प्रोजेक्ट कोर्डिनेटर त्रिलोकनाथ घिमिरेले मलेखु-मुग्लिन सडक खण्डको स्तरोन्नति गर्न शर्मा एण्ड शर्मा-जेडआईसी जेभी छनोट भएको बताए।

‘मलेखु–मुग्लिन सडक खण्डको सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का सम्झौता गर्नका लागि आशयपत्र जारी गरेका छौं,’ उनले भने‘छनोट भएको कम्पनी विरुद्धमा कुनै पनि खालको उजुरी नआएको खण्डमा दशैं लगतै ठेक्का सम्झौता गरिनेछ।’

कोर्डिनेटर घिमिरेले ठेकेदार कम्पनीले ३ वर्ष भित्रै मलेखु-मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको बताए।‘ठेकेदार कम्पनीले तीन वर्षभित्रै दुई लेनसहितको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ,’ उनले भने‘ छनोट भएको कम्पनीले सो सडक खण्ड ५ वर्षसम्म नियमित मर्मतसम्भार पनि गर्नुपर्नेछ।’ यो सडक खण्ड बजार क्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ। त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिनेछ।’

यो सडक खण्ड विस्तार गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको हो। संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो।

नागढुंगा-नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ। पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नति प्रक्रिया अघि बढीसकेको छ। कोर्डिनेटर घिमिरेले तीनै खण्डमध्ये दुई खण्डको ठेकेदार कम्पनी छनोट भएर साइट क्लिरेक्स लगायतको काम अघि बढीसकेको बताए। ‘नागढुंगा–नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डको यस अघि नै ठेक्का सम्झौता भएर निर्माण कम्पनीले प्रारम्भिक काम गर्दै आइरहेका छन्,’ उनले भने ‘पछिल्लो समय तेस्रो खण्डको पनि ठेक्का सम्झौताको क्रममा रहेको छ।’

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डको सडक ६ अर्ब ६४ करोड रूपैयाँ लागतमा स्तरोन्नति गर्न लागेको हो। महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डको ठेक्का जियाङ्सुरसगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख लागतमा पाएको हो। पहिलो खण्डमा १८ वटा कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने जियाङ्सु-सगुन जेभीले ठेक्का पाएको हो। दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ठेक्का शर्मा/लामा/जिआइसिजी जेभीले पाएको छ। उसले ५ अर्ब ३३ करोड १९ लाख रूपैयाँमा उक्त खण्ड विस्तार गर्ने छनोट भएको छ।

दोस्रो खण्डमा पनि १२ वटा ठेकेदार कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने छानिएको हो। नागढुंगा–मुग्लिन सडक योजना प्रमुख किरण कार्कीले नागढुंगा–नौबिसे खण्ड दुई वर्षभित्रै र नौबिसे–मलेखु खण्ड तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको बताए। ‘अहिले ठेकेदार कम्पनीले साइटमा निर्माण सामग्री संकलन तथा साइट क्लिरेक्स लगायतको काम गर्दै आइरहेका छन,’ उनले भने‘ अहिले सडकको दायाँबायाँको किरानामा पर्खाल लगाउने, ढल लगायतको संरचना निर्माण गर्ने काम गरिरहेका छन्।’

योजना प्रमुख कार्कीले पहिलो खण्डको १२.२६ किलोमिटरमध्ये साढे ५ किलोमिटर ३ लेनको सडक विस्तार गरिने बताए। ‘बाँकी अप्ठेरो भूगोलमा २ लेनमा विस्तार गरिनेछ। अहिलेको भन्दा त विस्तार गरिसकेपछि धेरै राम्रो हुनेछ।’

नौबिसे–मलेखु खण्डको बजार क्षेत्रमा डेडिकेटेड ४ लेन र सर्भिस थप २ गरेर ६ लेनको पनि हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ। अरू ठाउँमा कतै ३ लेन हुनेछ। अप्ठेरो भूभागमा २ लेनको मात्रै हुनेछ। नागढुंगा–मुग्लिन खण्डमा २६ वटा र नागढुंगा–नौबिसे खण्डमा दुइटा मात्रै पुल निर्माण गर्नुपर्नेछ। त्यो खण्डमा खत्रीपौवा र नौबिसे बजारमा मात्रै पुल बनाउनुपर्छ। यो परियोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो।

योजनाले राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणको लागि नागढुंगा-मुग्लिन सडक खण्डको बजार क्षेत्रमा आकाशेपुल, ब्रेकर सुधार लगायत काम गर्ने जनाएको छ। बजार क्षेत्रमा करिब १९ वटा आकाशेपुल निर्माण गर्ने योजना छ।

‘यो सडक स्तरोन्नतिसँगै राजमार्गको मोडहरू सुधार गरिनेछ। एउटा पुल भएको ठाउँमा अर्को पुल थपिनेछ,’ उनले भने, ‘सडक चौडा भएसँगै आवातजावत सहज हुने अपेक्षा गरेका छौं।’ योजनाले यो सडक बनेसँगै सवारी दुर्घटना पनि न्यूनीकरण हुने जनाएको छ। व्यापारिक मालसामान बोकेका सवारी साधनलाई उच्च प्रथामिकतामा राखेर हिँड्ने लेनको विकास गरिनेछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस