आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल
११ असोज २०७९
•
२ मिनेट पाठ
आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल
ताप्लेजुङको आफ्नै भूगोल प्रयोग गरी सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकासम्म जान सकिने मार्ग फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाको संगमस्थल फावाखोलामा पक्की पुल बनेको छ। देउराली–सिम्बु–कुञ्जारी–सिकैचा सडक अन्तरगत फावाखोलामा निर्मित पक्की पुलको प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गरेका छन्।




हाङ्गामले यो पुल ताप्लेजुङका दुईपालिका फुङलिङ र सिरिजङ्गा जोड्ने सेतुमात्र नभइ ताप्लेजुङको आफ्नै भूगोलभित्रको रमाउन सकिने बिम्वको रुपमा रहने बताए। ‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।

यो ठाउँमा पुल नहुँदा अहिलेसम्म सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका आउँदा–जाँदा पाँचथरको काबेली–गणेशचौक–थर्पु हुँदै ताप्लेजुङको अन्य भूगोलसम्म आवतजावत गर्न सकिन्छ। फुङलिङको देउराली–लालीखर्क–तेम्बेवा हुँदै जाने सडकको अवस्था राम्रो भए सिदिङ्वा र सिरिजङ्गाको वल्लोभाग बाहेक अन्यत्र जान अब यही मार्ग प्रयोग गर्न सकिन्छ।

‘सिरिजङ्गातर्फको भाग बरु ठिकै देखिन्छ, फुङलिङतर्फको भाग पनि राम्रो बनेमा यो सडक सिरिजङ्गा गाउँपालिकाका विभिन्न स्थान पुग्न छोटो मार्ग हो’ सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडाध्यक्ष दिलबिक्रम बोखिमले भने।

प्रदेश सरकार अन्तरगत रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पुल निर्माणका लागि २०७६ साल असोज १४ गते रायमाभी–हिमालयन् जेभीसंग सम्झौता अनुसार पुलको निर्माण कार्य निर्धारित मिति अगावै सम्पन्न भएको हो। २०७९ साल असार २९ गते सम्पन्न भएपनि बर्खाको समयका कारण उद्घाटन कार्य भने केही पछि गरिएको रेड्डीले जानकारी दिए।

भ्याटसहित ५ करोड ५७ लाख ८८ हजार २ सय ६३ रुपैयाँ कूल लागत रहेको २६.२० मिटर लम्बाइ रहेको पुलको दुबैतर्फ मानिस आवागमन गर्न सकिने ठाउँ समेत रहेको छ। पुल कूल बजेट भन्दा झण्डै १६ लाख रुपैयाँ कममै निर्माण सम्पन्न भएको छ। निर्माण कम्पनी रायमाभी–हिमालयन् जेभीका प्रतिनिधि इन्द्र केदेमले निर्धारित बजेट र समयावधि भन्दा अघि नै कार्य सम्पन्न गर्न सक्नुमा आफ्नो टिमको निरन्तरको मेहनेत र जोडबल रहेको बताए।

कार्यक्रममा प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), नेकपा एमाले सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष सन्तोष चाम्लिङ, फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाका वडाध्यक्ष युवराज (योगेश) भट्टराईसहितले पुल निर्माण भएपछि फेरिने सामाजिक जीवन र अब तत्तत् निकायले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रष्ट्याएका थिए। पुलको शिलान्यास भने तत्कालीन १ नं प्रदेशसभाकमा सांसद तथा पूर्व सामाजिक विकास मन्त्री साम्सोहाङले गरेका थिए।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस