कोरिया र जापानबाट फर्केर दम्पत्ती नै बंगुरपालनमा
०२ असोज २०७९
•
२ मिनेट पाठ
कोरिया र जापानबाट फर्केर दम्पत्ती नै बंगुरपालनमा
बेनी नगरपालिका–५, बगुवाखोलमा कोरियाबाट फर्किएर बंगुरपालन गरेका सुनिल बानियाँ। तस्बिर: हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका-५, बगुवाखोलाका सुनिल बानियाँ बिहानै बंगुरको खोरमा पुग्छन्। रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले आफ्नै लगानीमा खेर गएको जमिन सदुपयोग गर्दै बंगुरपालन गरेका छन्।




करिब एकवर्ष अगाडिबाट बंगुर फार्म सुरू गरेका बानियाँले उत्पादन समेत बिक्री गर्न थालेका छन्। खोरमा मलमुत्र सफा गर्ने, दानापानी दिने, नियमित खोप लगाउने र मासु खान योग्य बंगुरलाई तयार गरी बेनीमा रहेको आफ्नै पसलमा ल्याएर ग्राहकलाई बिक्री गर्ने बानियाँको दैनिकी नै बनेको छ।

आफूले २ लाख र जापानमा रहेकी श्रीमती निरुता भण्डारीको डेढ लाखको कमाइलाई बिट मारी स्वदेश फर्किएर बंगुरपालनमा रमाइरहेको उनले बताए। ‘कोरियामा सिकेको सिपलाई गाउँघरमै प्रयोग गरेको छु, उत्पादन अनुसारको बजार भएमा यहीं प्रशस्तै कमाइ छ’-बानियाँले भने। उनले गुणस्तरीय मासुका लागि कोरियाको मोडेललाई प्रयोग गरेको बताए। ल्यान्ड्रेस र योक सायर उन्नत जातका करिब ६० वटा बंगुर छन्। खोरमा जन्मिएका पाठापाठीलाई नियमित खोप, दानापानी लगायतका आवश्यक मादपण्ड पूरा भएपछि मात्रै बजारमा लैजाने गरिएको बताए। आधुनिक फार्म मात्र नभई गाउँमै बधशाला छ भने सदरमुकाम बेनीस्थित होटल याक नजिकै मासु बिक्री केन्द्र समेत छ। ‘स्वच्छ मासुका लागि खोरमै ध्यान दिनुपर्छ, मापदण्ड पूरा गरेमा ग्राहकको समस्या हुँदैन’-उनले भने।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा माउ, भाले बंगुर, पाठापाठी हुर्काउन र मासु प्रयोजनका लागि पालिने बंगुर बस्ने अलग खोर बनाइएको छ भने प्रसुति कक्ष, सुत्केरी बंगुर राख्ने कोठा, फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ भने भिटामिन, आइरनको सुई दिने, स्वाइन फिभर (ज्वरो), खोरेतको सुई र अरू बेला रोग अनुसारको औषधि र उपचार लगाउने ठाउँ समेत अलग छ। कोरियाको जस्तै आधुनिक खोर नभएपछि स्वच्छ मासुका लागि आवश्यक पर्ने सबै विधि र प्रविधिको प्रयोग गरेको बानियाँले बताए। हालसम्म खोर निर्माणमा पच्चीस लाख रूपैयाँ खर्च भइसकेको छ।

‘अहिले मासिक डेढलाखभन्दा बढीको बंगुर बिक्री हुन्छ, ‘सबै खर्च कटाएर मासिक ३ लाख बचत गर्दै नाफा कमाउने लक्ष्य छ’-बानियाँले भने। बजार अनुसार क्षमता बढाउने तयारीमा रहेको उनले बताए। एउटा बंगुरलाई ३५ देखि ४५ हजारसम्म पर्छ। बंगुरलाई दानामा अभाव नहोस् भनेर मिल समेत राखेका छन्। बंगुरका कारण वरपरका छिमेकीमा दुर्गन्ध फैलिन नदिन सचेत रहेको बानियाँको भनाइ छ। विदेशमा दुःख गरेर कमाएको रकमलाई गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने अवस्था रहेको उनले बताए।

उनले खोपसहितको उपचार आफूले नै गर्ने भए पनि बेलाबेलामा पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेका छन्। मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति विदेश जानुपर्ने बाध्यता नभएको बताए। सरकारबाट पाइने अनुदानले समेत व्यवसायलाई प्रोत्साहन हुने व्यवसायी बानियाँको भनाइ छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस