छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार
०७ भदौ २०७९
•
६ मिनेट पाठ
छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार
नेपाल महिला उद्यमी महासंघले आयोजना गरेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सफलतापूर्वक समापन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्द्घाटन गरका छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला ललितपुरस्थित हेरिटेज गार्डेनमा ५ दिनसम्म चलेको थियो।




व्यापार मेलामा झण्डै २ करोड बराबरको कारोबार भएको र लगभग ४० हजार जनाले अवलोकन गरेको महासंघले जनाएको छ। उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख अतिथिमा उक्त मेलाको समापन गरिएको थियो।

प्रमुख अतिथि उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्ता कार्यक्रम निरन्तर गरिरहनु पर्नेमा जोड दिए। उनले यस व्यापार मेलाले महिला उद्यमीले चाहे भने जे पनि गर्न सक्छन् भने प्रमाणित भएको बताए। बडूले महासंघसँग महिला उद्यमीहरुको लुकेर बसेको उद्यमहरु थप जोड्न आग्रह गर्दै सातवटै प्रदेशमा यस्तै मेलाको सञ्चालन हुनुपर्ने बताए।

उनका अनुसार सरकारले पनि महिला उद्यमीहरुलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको छ। उनले महिला उद्यमी कर्ताहरुलाई सरकारले निर्यातमा सुहुलियत दिनुका साथै महिलाको उद्यमशीलका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीमार्ग व्यवस्थित रूपमा प्रयोग नभएको भन्दै प्रदर्शनीमार्गलाई स्थायी रुपमा व्यवस्थित गर्न सके यस्ता मेलाको लागि प्रदर्शनको लागि उत्तम हुने बताए। उनले प्रदर्शनीमार्गलाई व्यवस्थापनको लागि पनि सरकारले पहल गर्ने बताएका छन।

नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादन र बिक्रीका लागि पर्याप्त अवसर प्रदान गरेको जानकारी दिइन्। उनका अनुसार महासंघले महिला उद्यमीहरु बिच संजाल निर्माण गर्न , सीप तथा ज्ञानको अदान प्रदान गर्ने, उत्पादनलाई प्रोत्साहन दिने एउटा प्ल्याटर्फम को रुपमा काम गर्ने विश्वासका साथ महासंघले व्यापार मेला संचालन गर्दै आइरहेको छ।

उनले नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्न उद्देश्यले सुरु गरिएको सो मेला महिला उद्यमी महासंघ नेपाल, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अन्तर्गत व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र लगायत अन्य संघ संस्थाहरु को सहयोगमा सम्पन्न भएको बताइन्। प्रथम उपाध्यक्ष ज्ञवालीले उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूको समक्ष सधैं यस्तो अवसर पाए थप जोशमा साथ काम गर्न तयार रहेको बताइन्।  

उनका अनुसार 'स्वदेशी खाउँ स्वदेशी लगाउँ स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौ' भन्ने नाराका साथ महिला उद्यमी महासंघले २०१६ देखि अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आयोजना गरी सफलताको साथ सम्पन्न गर्दै आइरहेको छ।

महासंघले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन, प्रवर्द्धन बिक्रीका लागि साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणको प्रयोगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय बजारसम्म स्थानीय उत्पादनलाई प्रवर्धन गरि विश्वभरीका महिला उद्यमीहरुकाबीचमा नयाँ अवधारणा सहित सेवाहरु आदन प्रदानका लागि समन्वय गरी अगाडी बढ्ने तयारी गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुलाई उनीहरूको सीप र सिर्जनालाई अगाडि ल्याएर दिगो पहिचान बनाउनका लागि अगाडि बढ्न प्रोत्साहित गर्ने उद्देश्य महासंघले लिएको ज्ञवालीले जानकारी दिइन्।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टि.इ.पि.सि) का कार्यकारी निर्देशक शरद विक्रम राणाले पाँच दिनको मेलाले देशको व्यापार घाटा कम गर्न र उद्यमशीलतालाई प्रवर्द्धन गर्न सफल भएको बताएका छन्। उनले यस्तै मेला काठमाडौंमा मात्र नभइ दुर्गम गाउँहरुमा पनि गर्नुपर्नेमा जोड दिए।  

समापन कार्यक्रमका विशिष्ट अतिथि जर्मनीका एक अनुसन्धानकर्ता एबम् ईयू काउन्सिलर प्रमुख डा। मार्को जेमरले व्यापार मेलाको  व्यवस्थापन उत्कृष्ट भएको बताएका छन्। उनले महिला उद्यमीहरु द्वारा निर्मित रंगीन हस्तकललाई  नेपालमा मात्र नभएर विदेशमा पनि निर्यात गर्नुपर्ने बताए। उनले उद्यमशीलताको क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको  र अझ थप बढ्नु पर्ने बताएका छन्।

मेलामा सहभागी तनहुँकी महिला उद्यमीले मेलाको राम्रो व्यवस्थापन भएको बताएकी छिन्। उनले यस मेलामा आफ्नो सामान प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन्। 'हामी पहिला आफू उद्यमी बनाऊ र अरुलाई पनि बनाउन।  राज्यले मलाई के  दियो भन्दा पनि  मैले राज्यलाई के दिए भन्ने बनाउ' उनले भनिन्।

महासंघले व्यापार मेलाका उत्कृष्ट महिला उद्यमीहरुलाई प्रशंसा पत्र र पुरस्कार सहित सम्मान गरेको छ। जिल्ला अन्तरगत उत्कृष्ट स्टलमा दाङ प्रथम भएको छ। त्यस्तै दोस्रोमा धनुषा र तेस्रो स्थानमा तनहुँ जिल्लाको स्टल परेको छ। हस्तकला उत्पादनमा खुसियाली सिलभर हाउस उत्कृष्ट स्टलमा परेको छ। एग्रोको लागि रोलिङ बजार, नेपाली मन, नेपाली उत्पादन उत्कृष्ट स्टलमा परेको छ। त्यस्तै खाद्यान्न तर्फ खजुरी खाद्य उद्योग स्टल उत्कृष्टमा परेको छ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले कार्यक्रम सफलताका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै मेलाको सफलताका लागि सबै महिला उद्यमीहरुलाई बधाई दिएकी छिन्।  

मेलमा कृषिजन्य उत्पादनको स्टल १४ ओटा, हस्तकला उत्पादन प्रदर्शनका लागि २८ ओटा, व्यापार तथा सेवा का लागी ८ वटा, चाडपर्व विशेष लागि ४ ओटा, खानेकुरा स्टलका लागि ५ ओटा, अन्तर्राष्ट्रिय महिला उद्यमीका समान प्रदर्शनका लागि ५ ओटा, जिल्ला महिला उद्यमीका लागि २५ ओटा , अपाङ्ग उद्यमीकालागि विशेष १२ ओटा, मिथिला आर्टका लागि ८ ओटा गरी जम्मा १०९ ओटा स्टल रहेका थिए।  

मेलामा  नेपालसहित भारत, बंगलादेश, फ्रान्स, अमेरिकालगायतका देशका महिला उद्यमीहरुको सहभागीता रहेको थियो। मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको पनि सहभागिता जनाएका थिए।  

मेलामा हस्तकलाका सामानहरू, प्राकृतिक रेशाजन्य वस्तु, ढाका, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिएको थियो।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महासंघले जनाएको छ। मेलाले सातै प्रदेशका जिल्लाहरूका उत्पादन, उनीहरुको सिप, सिर्जनालाई आगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिगो पहिचान बनाउने भूमिका महासंघले निर्वाह गर्दै आएको छ।  

नेपालभरिका उद्यमी महिलाहरुको प्रतिनिधि संस्थाका रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालको स्थापना वि स २०६० साल असार २७ गते भएको हो। महासंघले स्थापना काल देखि नै समावेशी तवरले महिला उद्यमीहरुको विकास एवं प्रवर्द्धन लागी विभिन्न कार्यहरु गर्दै आएको छ।  महासघंले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणको लागी वहस तथा पैरवी गर्नुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा हुने निति निर्माण एवं निर्णय प्रकृयामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि महांसघले उनीहरुका विविध सवाल एवं सरोकारहरु प्रति सशक्त ढंगबाट वकालत गर्दै आईरहेको महासंघले बताएको छ।
अर्को समाचार
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित
३० चैत्र २०७९
•
१ मिनेट पाठ
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।उनी ७२ मत प्राप्त गरी विजयी भएकी हुन्। ज्ञवाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको प्यानलबाट वस्तुगततर्फ सदस्य पदमा निर्वाचित भएकी हुन।




ज्ञवालीले उद्यमशीलता विकास गर्न पहलकदमी लिने प्रतिबद्धतासहित महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्।डेढ दशकदेखि महिला उद्यमी महासंघमा आबद्ध ज्ञवालीले आफू महासंघको नेतृत्वमा आउने अवसर पाए साना तथा मझौला व्यवसायी, युवालाई लक्षित उद्यमशीलता विकासमा काम गर्ने बताएकी थिइन्।

ज्ञवाली नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शकी अध्यक्ष पनि हुन्। महिला उद्यमी महासंघको कार्यकारी सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा छिन्। शोभा ज्ञवाली दक्षिण एसियाली महिला विकास मञ्चको  सदस्य पनि रहेकी छिन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस