अन्नको भण्डार मानिने चितवनमा समेत पछिल्ला वर्ष खाद्यन्न आयात हुन थालेको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, चितवनमा वार्षिक १९ हजार २१७ मेक्ट्रिक टन खाद्यन्न आयात हुने गरेको छ। जिल्लामा १ लाख १६ हजार ८ सय ९५ मेक्ट्रिक टन खाद्यन्न आवश्यक पर्दछ।
तर, ९७ हजार ६४८ मेक्ट्रिन मात्र उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जानकारी दिए। चितवनमा प्रत्येक बर्ष चामल, मकै, कोदो, फापर लगायतका बस्तु आयात हुने गरेको छ।
त्यसमध्ये सबैभन्दा बढी चामल आयात हुने गरेको पाण्डेले बताए। चितवनमा किसानहरु व्यवसायीक रुपमा तरकारी, केरा खेती, माछापालनमा आक्रषित हुँदा खाद्यन्न बस्तु आयात गर्नुपरेको उनको भनाई छ। जिल्ला चैते र बर्षे गरि ३० हजार ७५० हेक्टरमा धान रोप्ने गरिन्छ। बर्षेधान मात्रै बार्षिक ८९ हजार ४१५ मेक्ट्रिक टनको हाराहारीमा धान उत्पादन हुँदै आएको छ। चितवनमा ७ लाख १३ हजार ७७५ जनसंख्या छ।
यस्तै छिमेकी जिल्ला मकवानपुरले भने खाद्यन्न निर्यात गर्दै आएको छ। पाण्डेका अनुसार, मकवानपुर जिल्लाले बार्षिक १४ हजार ९०४ मेक्ट्रिक टन खाद्यन्न बाहिरिने गरेको छ। यस जिल्लामा ९४ हजार ८७ मेक्ट्रिक टन खाद्यन्न आवश्यक पर्दछ। तर, मकवानपुरमा १ लाख ८ हजार ९९१ मेक्ट्रिक टन खाद्यन्न उत्पादन हुने पाण्डेले जानकारी दिए।