गर्मीले आत्तिदैं, डाँडाकाँडा उक्लिंदै
०१ साउन २०७९
•
४ मिनेट पाठ
गर्मीले आत्तिदैं, डाँडाकाँडा उक्लिंदै
कास्कीको माछापुच्छ्रे– ६ अस्तामको अन्नपूर्ण इको भिलेज लज र त्यहाँ पुगेका पाहुना। तस्बिरः नागरिक
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराको गर्मी छल्ने गन्तव्यको रुपमा अहिले आसपासका पर्यटकीय गाउँ परेको उनीहरुले बताएका छन्।




कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामको अन्नपूर्ण इको भिलेज लजमा यो बेला पनि पाहुना खालि छैनन। कोरोना संक्रमण सुरु हुनु अघि यो बेलामा अस्तामको यो लजले खासै पाहुना पाउँदैनथ्यो। फाट्टफुट्ट पुग्ने बाहेक पाहुना नपुग्दा अस्तामको यो लज अधिकांश दिन सुनसान रहन्थ्यो। तर, अहिले भने पाहुना नउक्लेको दिन खालि छैन। यतिसम्म की ३२ जना अट्ने लजमा कुनैदिन त पाहुना समेत अट्न छाडेका छन्।

‘शुक्रबार र शनिबार खचाखच जस्तै पाहुना हुन्छन। अघिल्लो साता त ठाउँ नपाएर एउटा समुह नै फर्किनुपर्‍यो,’ अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारी भन्छन, ‘वर्षाको यो याममा खासै पाहुना आउने समय त होईन, तर, अहिले भने सहरमा गर्मी भएर होला, अत्तासिएका पाहुना शितल महसुस गर्न डाँडासम्म उक्लेका छन्।’ शनिबार र आइतबार त बिहानै हिमाल खुल्दा पुगेका पाहुना निकै नै रमाएको उनले सुनाए।

पोखरा सहरबाट करिब १८ किलोमिटर टाढाको यो लजमा बेलुकी बास बस्न पुग्ने र बिहान सहर फर्किने पाहुना हुने गरेको अधिकारीले सुनाए। ‘कोरोनाअघि पनि वर्षायाममा यत्तिको संख्यामा पाहुना आउँदैनथे। तर, अहिले हामीले सोचेभन्दा बढी पाहुना आएका छन। पाहुनाको सेवा गर्दै समय बितेको छ,’ उनले भने, ‘ग्रामिण पर्यटनले यो बेला पाहुना देख्न पाएको छ। अहिलेका पाहुनामा अधिकांश स्थानीय छन्।’  

सहरमा अहिले नसोचेको गर्मी हुँदा एकरातका लागि भएपनि माथि उक्लने पाहुना बढेको उनले बताए। ‘बजारमा पानी परेको छैन। बिहानैदेखि घाम चर्केको छ। पोखरामा दिनहुँ पानी पर्ने र शितल हुन्छ भन्ने बुझाई भएपनि यो पटक केहीदिनदेखि उखरमाउलो गर्मी बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा एकरातका लागि भएपनि सहर छाड्न चाहने पाहुना बढेका छन्।’  

यहीबेला हिमाल खुलेको र सबैतिर हरियाली देखिँदा पाहुना झनै रमाउने उनले बताए। ‘वर्षायाममा सन्तोषजनक व्यवसाय गर्न सकिएको छ। हुन् त हाम्रा पाहुना आन्तरिक हुन्, तरपनि व्यवसाय सोचेभन्दा राम्रो छ,’ अधिकारीले भने, ‘आन्तरिक पाहुनाको गन्तव्य डाँडाकाँडा बनेका छन्।’

अस्ताममा मात्र होइन, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकमा पनि पाहुनाको उत्तिकै भीडभाड रहेको छ। घान्द्रुकका होटलमा पनि अहिले आन्तरिक पाहुनाको भीड लागेको त्यहाँका होटल व्यवसायीले बताएका छन। पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले वर्षायाममा पनि पाहुनाको भीड लागेको बताए। उनका अनुसार घान्द्रुकका होटलको अकुपेन्सी दर अहिले पनि करिब ५० प्रतिशत छ।  
‘यो वर्षायाममा पनि यहाँका होटलको अकुपेन्सी दर ५० प्रतिशत हाराहारीमा उक्लेको छ, यो निकै नै खुसीको कुरा हो। अफसिजनको यो अकुपेन्सी निकै नै राम्रो हो,’ गुरुङले भने, ‘यो बेला विदेशी पाहुनाको त समय नै होईन, तर, यही सिजनमा पनि आन्तरिक पाहुनाको आउजाउले हामीलाई उत्साही बनाएको छ।’ उनका अनुसार कोरोना संक्रमण सुरु हुनु अघि यो बेला फाट्टफुट्ट बाहेक पाहुना हुँदैनथे। कोरोना अवधिमा त झनै सुनसान बन्यो, तर, अहिले भने पाहुनाको आगमनले यहाँका व्यवसायीलाई व्यस्त बनाएको उनले बताए।

‘पोखरामा पनि यो बेला गर्मी छ। गर्मी छल्न आउने पाहुना एकरातका हुन्,’ उनले भने, ‘घान्द्रुकमा अहिले शितल छ। अहिले त घान्द्रुक पनि पोखरेलीको गर्मी छल्ने गन्तव्य बनेको छ।’ उनका अनुसार सार्वजनिक र साप्ताहिक बिदामा त घान्द्रुकका होटलको अकुपेन्सी करिब ७० प्रतिशत पुग्छ। ‘यो बेला धेरथोर सबै व्यवसायीले पाहुना पाएका छन्। अफसिजनका पाहुनाले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाएको छ। एकरातका भएपनि पाहुना आउँदा व्यसायीले राहतको सास फेर्न पाएका छन्।’  

अध्यक्ष गुरुङका अनुसार घान्द्रुक सहित आसपासका गन्तव्य घोरेपानी, टाढापानी, छोमरोङ र अन्नपूर्ण आधारशिविरसम्म पनि पाहुना उक्लेका छन। तर, आधारशिविरसम् मभने सिमित मात्र पुगेका छन्। अधिक पाहुना घान्द्रुकबाटै फर्किने गरेका छन। उनका अनुसार कोरोना अघिको सामान्य अवस्थामा यो बेलाको अकुपेन्सी करिब १५ प्रतिशत हुन्थ्यो। तर, अहिले भने त्यो आकारमाथि उक्लिँदा राहतको महसुस गरेको उनले बताए। ‘कोरोनाले गर्दा थलिएको पर्यटन क्षेत्रमा अहिलेको आगमनले थोरै भएपनि मल्हम लगाएको छ,’ उनले भने, ‘गर्मी नहुँदो हो त यो बेला पाहुना आउने थिएनन होला, तर, अहिले पाहुना आगमन देख्दा व्यवसायी खुसी छन।’
अर्को समाचार
गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै
०४ साउन २०७९
•
४ मिनेट पाठ
गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै
कास्कीको माछापुच्छ्रे–६ अस्तामको अन्नपूर्ण इको भिलेज लज र त्यहाँ पुगेका पाहुना। तस्बिर/ नागरिक
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटे पनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराको गर्मी छल्ने गन्तव्यका रूपमा अहिले आसपासका पर्यटकीय गाउँ रोजाइमा परेको उनीहरूले बताएका छन्।




कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामको अन्नपूर्ण इको भिलेज लजमा यो बेला पनि पाहुना खाली छैनन्। कोरोना संक्रमण सुरु हुनुअघि यो बेलामा अस्तामको यो लजले खासै पाहुना पाउँदैनथ्यो। फाट्टफुट्ट पुग्ने बाहेक पाहुना नपुग्दा अस्तामको यो लज अधिकांश दिन सुनसान रहन्थ्यो। तर, अहिले भने पाहुना नउक्लेको दिन नै छैन। यतिसम्म कि ३२ जना अट्ने लजमा कुनै दिन त पाहुनासमेत अट्न छाडेका छन्।

‘शुक्रबार र शनिबार पाहुना खचाखचजस्तै हुन्छन्। अघिल्लो साता त ठाउँ नपाएर एउटा समूह नै फर्किनुपर्‍यो,’ अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्वराज अधिकारी भन्छन्, ‘वर्षाको यो याममा खासै पाहुना आउने समय त होइन, तर अहिले भने सहरमा गर्मी भएर होला, अत्तासिएका पाहुना शीतल महसुस गर्न डाँडासम्म उक्लेका छन्।’ शनिबार र आइतबार त बिहानै खुलेको हिमाल हेर्न पुगेका पाहुना निकै नै रमाएको उनले सुनाए।

अस्ताममा मात्र होइन, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकमा पनि पाहुनाको उत्तिकै भीडभाड रहेको छ। घान्द्रुकका होटलमा पनि अहिले आन्तरिक पाहुनाको भीड लागेको त्यहाँका होटल व्यवसायीले बताएका छन। 
पोखरा सहरबाट करिब १८ किलोमिटर टाढाको यो लजमा बेलुकी बास बस्न पुग्ने र बिहान सहर फर्किने पाहुना हुने गरेको अधिकारीले सुनाए। ‘कोरोनाअघि पनि वर्षायाममा यत्तिको संख्यामा पाहुना आउँदैनथे। तर, अहिले हामीले सोचेभन्दा बढी पाहुना आएका छन्। पाहुनाको सेवा गर्दै समय बितेको छ,’ उनले भने, ‘ग्रामीण पर्यटनले यो बेला पाहुना देख्न पाएको छ। अहिलेका पाहुनामा अधिकांश स्थानीय छन्।’  

सहरमा अहिले नसोचेको गर्मी हुँदा एकरातका लागि भए पनि माथि उक्लने पाहुना बढेको उनले बताए। ‘बजारमा पानी परेको छैन। बिहानैदेखि घाम चर्केको छ। पोखरामा दिनहुँ पानी पर्ने र शीतल हुन्छ भन्ने बुझाइ भए पनि यसपटक केही दिनदेखि उखर्माउलो गर्मी बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा एकरातका लागि भए पनि सहर छाड्न चाहने पाहुना बढेका छन्।’  

यही बेला हिमाल खुलेको र सबैतिर हरियाली देखिँदा पाहुना झनै रमाउने उनले बताए। ‘वर्षायाममा सन्तोषजनक व्यवसाय गर्न सकिएको छ। हुन त हाम्रा पाहुना आन्तरिक हुन्, तर पनि व्यवसाय सोचेभन्दा राम्रो छ,’ अधिकारीले भने, ‘आन्तरिक पाहुनाको गन्तव्य डाँडाकाँडा बनेका छन्।’

अस्ताममा मात्र होइन, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकमा पनि पाहुनाको उत्तिकै भीडभाड रहेको छ। घान्द्रुकका होटलमा पनि अहिले आन्तरिक पाहुनाको भीड लागेको त्यहाँका होटल व्यवसायीले बताएका छन। पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले वर्षायाममा पनि पाहुनाको भीड लागेको बताए। उनका अनुसार घान्द्रुकका होटलको अकुपेन्सी दर अहिले पनि करिब ५० प्रतिशत छ।  

‘यो वर्षायाममा पनि यहाँका होटलको अकुपेन्सी दर ५० प्रतिशत हाराहारीमा उक्लेको छ, यो निकै नै खुसीको कुरा हो। अफसिजनको यो अकुपेन्सी निकै नै राम्रो हो,’ गुरुङले भने, ‘यो बेला विदेशी पाहुनाको त समय नै होइन, तर यही सिजनमा पनि आन्तरिक पाहुनाको आउजाउले हामीलाई उत्साही बनाएको छ।’ उनका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि यो बेला फाट्टफुट्टबाहेक पाहुना हुँदैनथे। कोरोना अवधिमा त झनै सुनसान बन्यो, तर अहिले भने पाहुनाको आगमनले यहाँका व्यवसायीलाई व्यस्त बनाएको उनले बताए।

‘पोखरामा पनि यो बेला गर्मी छ। गर्मी छल्न आउने पाहुना एकरातका हुन्,’ उनले भने, ‘घान्द्रुकमा अहिले शीतल छ। अहिले त घान्द्रक पनि पोखरेलीको गर्मी छल्ने गन्तव्य बनेको छ।’ उनका अनुसार सार्वजनिक र साप्ताहिक बिदामा त घान्द्रुकका होटलको अकुपेन्सी करिब ७० प्रतिशत पुग्छ। ‘यो बेला धेरथोर सबै व्यवसायीले पाहुना पाएका छन्। अफसिजनका पाहुनाले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाएको छ। एकरातका भए पनि पाहुना आउँदा व्यवसायीले राहतको सास फेर्न पाएका छन्।’  

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकसहित आसपासका गन्तव्य घोरेपानी, टाढापानी, छोमरोङ र अन्नपूर्ण आधारशिविरसम्म पनि पाहुना उक्लेका छन्। तर, आधारशिविरसम्म भने सीमित मात्र पुगेका छन्। अधिक पाहुना घान्द्रुकबाटै फर्किने गरेका छन्। उनका अनुसार कोरोनाअघिको सामान्य अवस्थामा यो बेलाको अकुपेन्सी करिब १५ प्रतिशत हुन्थ्यो। तर, अहिले भने त्यो आकार माथि उक्लँदा राहतको महसुस गरेको उनले बताए। ‘कोरोनाले गर्दा थलिएको पर्यटन क्षेत्रमा अहिलेको आगमनले थोरै भए पनि मलम लगाएको छ,’ उनले भने, ‘गर्मी नहुँदो हो त यो बेला पाहुना आउने थिएनन् होला, तर अहिले पाहुना आगमन देख्दा व्यवसायी खुसी छन्।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस