सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगर १२ स्थित मलंगवा बस्तीमा सञ्चालित महानगर आवास परियोजनाको काम प्रभावित भएको छ। महानगर आवास परियोजनाको घर निर्माणका लागि प्रदेश १ को सरकारले उपलब्ध गराएको ७० लाख रुपैयाँ बजेट विराटनगर महानगरपालिकाले सम्झौता गर्न नमानेपछि काम प्रभावित भएको हो।
प्रदेश सरकारले विराटनगर महानगरपालिकालाई ७० लाख रुपैयाँ बजेट पठाए पनि विराटनगर महानगरपालिकाले बस्ती निर्माण उपभोक्ता समितिसँग सम्झौता गर्न नमान्दा प्रदेशले पठाएको रकम खर्च हुन नसकि फिज भएको छ। बजेट फ्रिज भएपछि बस्ती निर्माणको काम प्रभावित भएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए। आइतबार भवन निर्माण स्थलमा पत्रकार सम्मेलन गरी कार्कीले महानगरपालिकाका कारण भवन निर्माणको काम प्रभावित भएको बताए। उनले ‘मन्त्रीले कामै नगरी पैसा भुक्तानी माग्न दाबाब दिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका छन्’ उनले भने ‘मैले त्यसरी महानगरपालिकालाई कामै नगरी भुक्तानी दिन दबाब दिएको छुइन।’ मन्त्री कार्कीले भवन निर्माण उपभोक्ता समितिसँग महानगरपालिकाले सम्झौता नगर्दा बजेट नै फ्रिज भएको बताए।
महानगरपालिकाले बजेट रोकेपनि काम नरोक्ने मन्त्री कार्कीले स्पष्ट पारेका छन्। उनले सबैसँग सहयोग मागेर भए पनि बस्तीको काम नरोकने दाबी गरे। बस्ती निर्माण उपभोक्ता समितिकी अध्यक्ष विनादेवी ऋषिदेवले महानगरपालिकाले पैसा रोक्दा उधारोमा ल्याएको सामानको भुक्तानी दिन र कामलाई निरन्तर अघि बढाउन समस्या भएको गुनासो गरिन्।
महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा बितरण गर्ने र घर निर्माणको अभियान गत वर्षदेखि थालिएको हो। विराटनगर –१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको छ। हाल धमाधम घर निर्माणको काम भइरहेको छ। हालसम्म १ सय ६ घरको जग वनिसकेको, ३ वटा घरमा भुई ढलान भएको, २२ वटामा प्लाष्टर,४९ वटामा छानो हाल्नेकाम भइसकेको उपभोक्ता समितिले जनाएको छ।
महानगर आवास परियोजनालाई प्रदेश कै नमूना परियोजनाका रुपमा अघि बढाएर प्रदेश १ का सीमावर्ती जिल्लाहरू झापा, मोरङ र सुनसरीका अति विपन्न तथा सुकुम्वासीहरूलाई व्यवस्थित आवासको व्यवस्था गर्ने योजना प्रदेश सरकारको रहेको कन्त्री कार्कीले बताएका छन्। महानगर आवास परियोजना ४ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको ३ विघा १६ कट्टा जग्गामा सञ्चालित छ। उक्त जग्गामा १ सय ४५ वटा घर निर्माण भइरहेका छन्। जग्गा सुकुम्वासीहरूले जीवन विकास लघुवित्तबाट ऋण लिएर खरिद गरेका हुन्। भवन र अन्य पूर्वाधारहरू प्रदेश सरकार, विराटनगर महानगरपालिका र विभिन्न गैरसरकारी संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ।