नेपालका लागि रेलमार्गबाट रक्सोलसम्म आउने ‘डस्टि कार्गो’ आयात सम्बन्धी जटिलता समाधानका लागि नेपाली आयातकर्ता उद्योगीहरु समाधान खोज्दै काठमाडौं पुगेका छन्। अब साबिक नाकाबाट त्यसतो कार्गो ल्याउन नपाउने र एकिकृत जाँच चौकी (आइसिपी)को बाटो भएर ल्याउनु पर्ने अवस्था आएपछि बिरोध जनाएका उनीहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग यस विषयमा भेट गरेका हुन्।
रक्सोलस्थित भारतीय भन्सार कार्यालयले गत मंगलवार एक पत्र जारी गर्दै जुलाई १ अर्थात गत शुक्रवारदेखी रक्सोल रेल यार्डमा आउने कार्गोलाई साबिक नाकाबाट नभई एकिकृत जाँच चौकी (आइसिपी)को बाटो भएर ढुवानीको अनुमति दिएको छ। रक्सोलस्थित भारतीय भन्सार कार्यालय कि प्रमुख रहेकी डिपुटी कमिशनर पिंकी कुमारीद्वारा हस्ताक्षरित पत्रलाई अनुसरण गर्दा रेलबाट हुने ढुवानी नेपाली आयातकर्ताले बन्द गर्नुको बिकल्प नरेहको ठहर गर्दै वीरगन्ज उद्योग वाणिज्य संघले असहमति जनाएको थियो।
आइतवार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वमा एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग भेटघाट गरेको छ। मन्त्री बडुले उद्योगी ब्यवसायिहरुको विषयलाई आफुले गम्भीरता पुर्वक लिएको र समाधानको लागि आवश्यक पहल गर्ने जनाएको टोलीमा सहभागि संघका उपाध्यक्ष माधव राजपालले बताए। राजपालका अनुसार मन्त्री बडुले सुक्खा बन्दुगाहको पुर्वाधार बिकास गरेर त्यहाँ ‘डस्टि कार्गो’ भित्र्याउन सक्ने बिकल्पका बारेमा समेत टोलीका सहभागि उद्योगी ब्यवसायिहरुसंग छलफल गरेका थिए।
संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको अगुवाईमा रहेको आयातकर्ता उद्योगीहरुको उक्त टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसमक्ष लिखित पत्र बुझाउदै समस्या राखेको हो। नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङ्गमा ‘डस्टि कार्गो’को स्वरुपमा आउने औद्योगिक कच्चा पदार्थहरु रक्सौल भन्सारबाट मैत्री पुल हुँदै आयात हुँदै आएको थियो। रक्सौलस्थित भारतीय भन्सारले गत शुक्रवारदेखि रुट परिवर्तन गरेपछि रेल्वे यार्डमा आउने समान अब पुनः बजार हुदै लक्ष्मीपुर लगेर त्यहाँबाट बाइपास हुदै पुनः नेपालतर्फ आइसिपी आउने भएको छ। यसो गर्दा समय र लागत कयौं गुणा बढ्ने भएकोले आयातकर्ताहरु मर्कामा परेको वरिष्ठ उपाध्यक्ष अग्रवालले मन्त्री बडुलाई जानकारी गराए। मैत्री पुलकै बाटोलाई स्तरोन्नति गरी प्रयोग गर्न पाउनको लागि मन्त्री बडुसँग आग्रह गरिएको टोलीमा सहभागि संघका उपाध्यक्ष माधव राजपालले बताए।
बिकल्प हुनसक्छ सुक्खा बन्दरगाह?
सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले रक्सोलमा आउने सबै किसिमको कार्गो भित्र्याउउन आफुहरु तयार रहेको जनाएको छ। खासगरी रक्सौल रेल यार्डबाट वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योगका लागि मालसमान आयात हुने गरेको छ। त्यहाँबाट सिमेन्ट बनाउनमा लाग्ने जिप्सम तथा स्लेग, इन्धनको रुपमा प्रयोग हुने पत्थर कोइला, फलाम उद्योगको कच्चा पदार्थ आइरन ओरजस्ता औद्योगिक समान आयात हुने गरेको छ। त्यस्तै नुन, चिनी, मल, अन्य औद्योगिक फलामजस्ता बस्तु पनि त्यहाँ भएर आउने गरेको छ। अन्य सामग्री वीरगन्जस्थित सुक्खा बन्दरगाह भएर भित्र्याउन बिकल्प हुन सक्छ। र, डस्टि कार्गो भनिने जिप्सम, स्लेग, आइरन ओर र पत्थर कोइला अयातका लागि रक्सौल रेल्वे यार्डको एक मात्र भर छ भने उद्योगीहरुको दावी छ।
‘आजको समयमा रक्सोलमा आउने जति पनि कार्गो छन त्यसलाई हामीहरु ह्याण्डिल गर्न सक्छौं केही पुर्वाधार परिमार्जनका कामहरु र केही नीतिगत पहल यसको लागि आवश्यक छ,’ कम्पनीका उच्च अधिकारी बि मोहनले नागरिकलाई भने, ‘पहिला आयातकर्ताहरु यस बिन्दुमा आउनु प¥यो, नेपालमैं सुक्खा बन्दरगाह बिकल्प छ भनेर यसको लाभ लिन सक्नु प¥यो, हामी चाहिँ तयार छौं।’ रक्सोलमा महिनाको ३० देखी ३५ रेकसम्म नेपाली कार्गो आउने गरेको छ। उक्त अनुपातको थप कार्गो सुक्खा बन्दरगाहले ह्याण्डिल गर्न सक्नेमा राजपालले भने सन्देह जनाए।
प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले भने यसको लागि सक्षम रहेको बताएको छ। रेल्वेबाट तेस्रो मुलुक तथा भारतका समानहरु भित्रिने वीरगन्जमा रहेको सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचना विकासलाई प्राथमिकतामा राख्न वीरन्जका उद्योगहरुले पनि मन्त्री बडुसमक्ष माग राखे। सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जग्गालाई ‘डस्टि कार्गो’ ब्यवस्थापनमा प्रयोग गर्नुपर्ने उनीहरुले सुझाव दिए। उक्त जग्गा आधा दशकदेखि अहिले अधिग्रहण प्रक्रियामो छ। जग्गाधनीहरुको मोअब्जा बितरण सुस्त भएकोले अधिग्रहण अलमलिएको हो।
वीरगन्ज उदोग वाणिज्य संघको टोली मन्त्री बडुसंग भेंटघाट गर्दै। तस्विर सौजन्य वी.उ.वा.संघ।
काठमाडौँ, नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याएका छन्।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।
बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।
साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।