चितवनका किसान धानमा यान्त्रीकरण तर्फ उन्नमुख
१५ असार २०७९
•
५ मिनेट पाठ
चितवनका किसान धानमा यान्त्रीकरण तर्फ उन्नमुख
भरतपुर महानगरपालिकाका २५ का मित्रराज दवाडीको १५ विघा खेत छ। रोपाइँ गर्न र धान थन्काउने समयमा मजदुर नपाउँदा दवाडीलाई निकै समस्या हुन्थ्यो। तर, तीन बर्षदेखि भने मेसिनबाट रोपाइँ गर्न थालेपछि सहज हुँदै गएको छ।  




‘खेत धेरै। मजदुर खोज्दा नपाईने। मधेस तिरबाट मजदुर ल्याएर रोपाइँ  गर्नुपर्ने।’ दवाडि विगतका दिन सम्झदै भन्छन्, ‘काम गर्ने मान्छेको अभाव हुन थालेपछि धान रोप्ने मेसिन ल्याएर रोपाइँ गर्न थालेको छु।’  

उनले यसबर्ष १५ विघामा रोपाइँ  गर्नका लागि ट्रेमा धानको बिऊ राखेका छन्। सुरुवाती बर्ष  उनले तीन विघामा मेसिनबाट रोपाइँ गरेका थिए।  

‘पहिलो बर्ष नराम्रो हुने हो कि भन्ने डरले पुरा मेसिनबाट रोपाइँ  गर्न सकिएन। अहिले सिक्दै गइयो। पुरै खेतका लागि बिऊ राखेका छौँ।’ उनले भने, ‘बिऊ तयार हुँदा साथ रोपाइँ गछौँ।’

मेसिनबाट धान रोप्नका लागि बिउ राख्ने तरिका पनि फरक छ। यसका लागि ट्रेबाट बिऊ राख्नुपर्छ। बिउ राख्दा किसानहरुले झन्झट मान्ने हुँदा यस प्रविधि तर्फ विस्तार हुन नसकेको उनको अनुभव छ।  

मेसिनबाट धान रोप्दा बिऊ ट्रेमा राख्नुपर्छ। त्यसका लागि भुईँमा प्लाष्टिक विछ्याएर एक इन्च माटो हुनुपर्छ। तर, किसानहरुलाई यस विषयमा ज्ञान नहुने उनले बताए। पुर्वाधार विकास नभएका कारण किसानहरुलाई सुरुवाति चरणमा कठिन हुने उनको भनाई छ। धान थन्काउन समस्या भएपछि उनले हार्भेष्टर पनि किनेका छन्।

खैरहनी नगरपालिका १३ बैरियाकी लक्ष्मी गुरुङ हिलोमा धान रोप्न व्यस्त हुन्थिन्। तर, दुई बर्षदेखि भने धान रोप्न खेतमा जानु परेको छैन। उनले मेसिनबाट नै धान रोप्ने गछिन्। ‘एक बिघा खेत छ। धान रोप्न खेतको व्यवस्थापन गर्न कठिन हुन्थ्यो,’उनले भनिन् ‘मेसिनबाट रोप्न थालेपछि सिजिलो भएको छ।’ मेसिनको प्रयोग गर्दा खर्च पनि कम भएको सुनाईन्। ‘१० कठ्ठालाई १० जना रोपाहारा लाग्थ्यो। उनीहरुलाई ७ हजार दिनुपर्दथ्यो। तीन हजार बिउ काड्नेलाई दिनुपथ्र्यो। १० हजार रोप्दा मात्र सकिन्थ्यो,’ बुधवार धान रोप्ने मेसिनले धान रोप्दै गरिकी गुरुङले भनिन्, ‘मेसिनबाट २५सयमा रोपिने भयो।’ उनले चैते धान पनि मेसिनबाट नै रोपेकी हुन्।  यसरी रोप्दा उत्पादन समेत बढेको उनको अनुमान छ।  

मजदुरहरुको अभाव हुँदै जाँदा चितवनमा धान रोपाई यान्त्रीकरण मार्फत हुने क्रम बढ्दै गएको छ। एक दशक अघि मेसिनबाट रोपाइँ सुरु भएको चितवनमा अहिले साना ठुला गरेर ८ वटा मेसिन पुगेको छन्। चितवन जिल्लाका किसानहरु धान रोपाइँ गर्नका लागि यान्त्रीकरण तर्फ प्रयासरत रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका सुचना अधिकारी माधव पौडेलले बताउँछन्।  

‘एक दशकअघि भरतपुर महानगरपालिकाको यज्ञपुरीमा एक जना किसानले धान रोप्ने मेसिन ल्याउनुभएको थियो। त्यसपछि थप हुँदै जिल्लामा ८ वटा मेसिन पुगेको छ।,’ उनले भने, ‘यस गतिलाई हेर्ने हो भने किसानहरुले यान्त्रीकरण तर्फ सुरुवात गरेको देखिन्छ।’ एउटा मेसिनले दैनिक चार विघासम्म धान रोप्न सक्छ। तर, चितवनका किसानहरुले बिऊ राख्न नजान्दा थोरै जमिनमा मेसिनबाट धान रोपाइँ हुने गरेको उनले बताए।  

चितवनमा यसबर्ष सरकारी र निजि क्षेत्रले गरी सय विघामा मेसिनबाट धान रोप्ने तयारी गरिएको छ। यो गत बर्ष ६० विघाको हाराहारीमा मेसिनबाट धान रोपाइँ भएको थियो। अहिले चैते धानमा करिव ३० बिघामा मेसिनबाट धान रोपिएको उनले बताए।  

मजुदरहरु पाउँदासम्म किसानहरुलाई यान्त्रीकरणमा जान समस्या हुने उनको अनुमान छ। ‘चितवनमा व्यवसायीक रुपमा यान्त्रीकरणमा जाने प्रयास भएको छ। किसानहरुलाई अनुसरण गर्न दुईचार बर्ष लाग्न सक्छ।’ धान जोनका फोकल पर्सन समेत रहेका पौडेलले भने, ‘सस्तोमा श्रमीकहरु पाउँदा सम्म यान्त्रीकरणको माग हुँदैन। श्रमीक नपाईने भएपछि यसको प्रयोग बढ्छ।’  

चितवनमा वीरेन्द्रनगर साना किसान कृषि सहकारी, कपिया माछापालन कृषि सहकारी, बृहसपति धान पटके दिव्यनगर, सामुयिक खेति माडी, धान जोन, कृषि विश्वविद्यालय र कृषक नारायण चापागाईले धान रोप्ने मेसिन ल्याएका छन्। ठुला मेसिन ४ वटा छन्। ती मध्ये ३ वटा मेसिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेको हो। ठुला मेसिन आएपछि साना मेसिनको प्रयोग कम भएको पौडेलले बताए।  

मेसिनबाट रोपाइँ गर्नका लागि किसानहरुले बिउ राख्नका लागि सुरुमा प्राविधिकको सल्लाह दिन आफुहरु तयार गरेको उनले बताए।  चितवनमा धानमा पूर्ण यन्त्रीकरण तर्फ अगाडी बढेको प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा बताउँछन्। ‘हामीसंग धानको बीऊ राख्ने मेसिनदेखि भित्र्याउने थेसरसम्म उपलब्ध छन्। हार्भेष्टिङमा हामी पूर्ण यान्त्रीकरणमै गएका छौँ,’ उनले भने, ‘धान गोड्ने मेसिन ल्याउन सके धानमा पूर्ण यान्त्रीकरणमा  जान्छौँ।’

चितवनमा धान थन्काउनका लागि आवश्यक पर्ने कम्वाईन हार्भेष्टर पनि ६ वटा रहेका छन्। तर, सिजर्नका समयमा भारतबाट समेत दर्जनौ हार्भेष्टर जिल्लामा भित्रने गरेको छन्। यस्तै धानको बिऊ राख्ने अटो म्यानवेल मेसिन  एक, पराल बेर्ने बेलर तीन, बिषादी छर्ने कृषि ड्रोन छन्। यान्त्रीकरणका कारण लागत मुल्य समेत घटेको थापाले बताए।  

नेपालमा १४ लाख ७० हजार हेक्टरमा धान खेती हुँदै आएको छ। त्यसमध्ये २ दशमलव ७ प्रतिशत चितवनमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए। अझै नेपालमा  १० लाख ८० हजार मेक्ट्रिक टन धान अपुग छ। त्यसलाई पूर्ति गर्नका लागि चैते धानको विस्तार र गुणस्तरिय बिउमा ध्यान दिनुपर्ने उनको भनाई छ। ‘अहिले संघ, प्रदेश र स्थानीय तहले सिँचाइँलाई तिब्र विकास गरेका छन्,’उनले भने, ‘अपुगलाई पुरा गर्न चेतै धानको विस्तार गर्न आवश्यक छ।’  

यान्त्रीकरणमा जाँदा उत्पादन समेत बृद्धि हुने भएकाले सरकारले यसमा जोड दिनुपर्ने उनले बताए। ‘मेसिनले एउटै लयमा रोप्छ। त्यसबाट धानमा हावा छिर्छ,’उनले भने, ‘विरुवालाई चाहिने आवश्यक तत्व पुगेमा उत्पादन पनि बढ्छ।’  चितवनमा वर्षे र चैते गरि ३० हजार ५०० हेक्टरमा धान खेति हुँदै आएको छ। हालसम्म ३० प्रतिशत रोपाइँ भएको उनले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस