पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन
१५ असार २०७९
•
३ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन
पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र)। विमानस्थलमा उडान र अवतरण गर्न ४० मिटर उचाईसम्म डाँडा सहित त्यहाँका ६ सय रुख कटान गर्नुपर्ने हुन्छ। तस्बिरः उमेश पुन/नागरिक
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ।  




प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या हुने भएपछि डाँडा र त्यहाँका रुख कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडा सहित त्यहाँका ६ सय रुख कटानका लागि बाटो खुलेको उनले बताए।

‘रुख मात्र काटेर हुँदैन। डाँडाको उचाई पनि घटाउनुपर्छ। रुखका कारण डाँडा कटान रोकिएकोमा अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमति बिना रुख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर, अब सहज हुनेछ।’
डाँडा र रुख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदन अनुसार ६ सय रुख कटानमा पर्ने उनले बताए। ‘सहमति जुटेकोले अब टेण्डर प्रक्रिया सुरु हुन्छ। वर्षायाम भएकोे र टेण्डर प्रक्रियाका कारण अझै केही समयपछि कटान सुरु भईहाल्छ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरि कटान सुरु हुनेछ।’  

डाँडाको उचाई १४ देखि ४० मिटर उचाईसम्म कटान गर्नुपर्ने उनले बताए। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ। प्राधिकरणले आगामि जनवरी एक देखि पोखराको यो विमानस्थल संचालनमा ल्याउने लक्ष्य राखेपनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्याण्डफिलसाइट स्थानान्तरण पनि आवश्यक रहेको निरौलाले बताए। ‘डाँडा कटानको समस्या अब सुल्झनेछ। त्यसैले अब पोखराले ल्याण्डफि साइट स्थानान्तरण गर्न पोखराले चाँसो दिनुपर्छ,’ उनले भने।

रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरपालिकाले फोहर बिर्सजन गर्दै आएको ल्याण्डफिलसाइट पनि अन्यत्र सानुपर्ने भएपनि त्यसको काम भने अझै सुरु भएको छैन। ल्याण्डफिलसाइटको फोहरका कारण चरा आकर्षित हँुदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरुले बताउँदै आएका छन्। ल्याण्डफिलसाइट सार्ने जिम्मा पोखरा महानगरको हो।  

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रहँदा विमानस्थल निर्माणले गति लिएको थियो।

कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि थपिएको म्याद आगामि जुलाई १० का सकिन्छ। तर, विमानस्थल अहिले पूर्ण रुपमा तयार भइसकेको छ।  

विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ। डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए यो डाँडा विमानस्थलको पूर्वि भेगमा पर्छ ‘डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ।’ डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ। अनिवार्य रुपमा डाँडा काट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ।’

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन। ती मध्ये ८४ वटा ठुला रुख छन्। बाँकी ५१६ भने ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन्। सरकारी रुख हटाउने कार्यविधिमा एउटा रुख काटेबापत १० वटा नयाँ विरुवा रोपेर प्राधिकरणले वनलाई हस्तान्तरण गर्नुपर्ने बरालले बताए।  
अर्को समाचार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो
२६ असोज २०७९
•
५ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई  गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो
पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र)। विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्न १४ मिटरसम्म डाँडा कटान हुनुपर्छ। तस्बिरः उमेश पुन/नागरिक
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मुख्य मध्येको एउटा बाधक रिठ्ठेपानी डाँडा कटान अझै सुरु भएको छैन। रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पनि पछाडि धकेलिएको छ।  




यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ। डाँडा कटान गर्ने ठेकेदार कम्पनि छनोट गर्न आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार सकिएको छ। ३५ दिन म्याद राखेर टेण्डर आव्हान गरिएको थियो।  

डाँडा कटानका लागि आवेदन दिएका मध्येको कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको राष्ट्रिय गौरव आयोजनाले डाँडा कटान गर्ने कम्पनि छनोट गरेपछि बल्ल कटान सुरु हुनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले केहीदिनभित्र कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुने बताए। उनका अनुसार डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइटको पनि टुंगो लाग्न सकेको छैन।  

‘डाँडा कटानका लागि आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार समय सकिएको छ। अब आवेदन दिएका कम्पनिबारे अध्ययन गरेर छनोट हुन्छ। त्यसका लागि केहीदिन लाग्छ,’ उनले भने, ‘कम्पनि छानिएपछि बल्ल कटान सुरु हुनेछ। टेण्डर हालेका कम्पनिबारे अध्ययन गर्दा कम्तिमा दुईसाता लाग्न सक्छ।’
 पौडेलका अनुसार रिठ्ठेपानीमा दुईवटा डाँडा कटान गर्नुपर्छ। होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गर्नुपर्छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर मात्र उचाई काटे पुग्छ। प्राधिकरणले क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर डाँडा कटान गर्नका लागि एकमहिना मात्र समय दिने उनले बताए।  

‘क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर उचाई काटे पुग्छ। डाँडा कटानका लागि छनौट भएको कम्पनिले त्यो काम एकमहिना भित्र सक्नुपर्नेछ। किनकी क्यालिब्रेसनका लागि काम छिटो गर्नुपर्ने हुन्छ,’ उनले भने। पौडेलका अनुसार सबै ४० मिटरसम्म नै डाँडा कटान गर्न भने ६ महिनासम्म समय लाग्न सक्छ। त्यो छनोटमा पर्ने कम्पनिको क्षमतामा भर पर्नेछ।  

डाँडा कटान भईसकेपछि बल्ल क्यालिब्रेसन फ्लाइट हुनेछ। डाँडा कटानमा ढिला हुँदा अहिलेसम्म क्यालिब्रेसन फ्लाइटको पनि दिन यकिन हुन सकेको छैन। नोभेम्बर अन्तिम साताभित्र क्यालिब्रेसन फ्लाइट हुन सक्ने उनको अनुमान छ। ‘यो महिना ठेकेदार कम्पनि छनोट हुनेछ। त्यसपछि १४ मिटर डाँडा कटान गर्दा झन्डै एकमहिना लाग्नेछ । त्यही भएर क्यालिब्रेसन फ्लाइट नोभेम्बर अन्तिम साता हुने अनुमान हो,’ उनले भने, ‘केही गरि डाँडा कटान छिटो भएमा क्यालिब्रेसन फ्लाइट पनि २–४ दिन अघि सर्न सक्छ।’ अक्टोवर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य प्राधिकरणको रहेपनि डाँडा कटानमा ढिलाई हुँदा पछाडि धकेलिएको छ। अब नोभेम्बरको अन्तिममा बल्ल क्यालिब्रेसन फ्लाइट हुन सक्ने प्राधिरकणको अनुमान छ।  

विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि विमानस्थलको म्याद थपिएको थियो। विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न पाएको छैन। गत जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याइएको छ। काम नसकिएकोले दोश्रो पटकका लागि झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको थियो।  

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थिया। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै भएको उनले बताए।  

क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। डाँडा कटानका लागि गत असार दोश्रो साता नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि सहमति भएको थियो।  
कटान गरिने डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। डाँडासँगै त्यहाँका ६ सय रुख कटान हुनेछन् । तर, रुख भने कटान भईसकेका छन्। डाँडामा ८४ वटा ठुला रुख र बाँकी ५१६ वटा ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख थिए। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रहँदा विमानस्थल निर्माणले गति लिएको थियो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस