सरकारले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेको भन्दै रुपन्देहीका स्टिल तथा वायर्स उद्योगीहरु आन्दोलित भएका छन्। बजेटमार्फत सरकारले विभेदकारी नीति लिदा स्टिल तथा वायर्स उद्योग विस्थापित हुने अवस्थामा पुगेको भन्दै सम्बन्धित उद्योगीहरु आन्दोलित भएका हुन्। सरकारको नीतिले स्टिल तथा वायर्स सम्बन्धि थुप्रै उद्योगहरु संकटमा पर्ने र त्यसको असर मजदुर वर्गमा पनी पर्ने बताइएको छ।
प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महशुल शून्यमा झार्ने निर्णय गरेको सरकारले कच्चा पदार्थको रुपमा रहेको एमएस विलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तशुल्क बढाएपछि उद्योगहरु थप संकटमा परेको उद्योगीहरुको भनाइ छ।
स्पञ्ज आईरनको आयातमा भएको परिणात्मक वृद्धिले नेपाल सरकारको राजस्वमा टेवा नपुगेकाले भन्सार महशुल १ प्रतिशतलाई परिवर्तन गरी ३ प्रतिशत कायम गर्नुपर्ने, अन्तःशुल्क कच्चा पदार्थको आयातमै भन्सार विन्दुमा नलगाई स्पञ्ज तथा विलेट्स दुवै कच्चा पदार्थबाट बनेका तयारी वस्तु फलामे डण्डीको उत्पादनमा मात्र लगाउनु उपयुक्त हुने तथा वायर्सको कच्चा पदार्थ एम एस वायरमा लाग्ने भन्सार महशुल पुरानै दर ५ प्रतिशत कायम गर्नुपर्ने उद्योगीको माग छ।
फलामे डण्डी र वायर्स एकै प्रकृतिका उत्पादन भएकाले समानदरमा भन्सार महशुल तथा अन्तःशुल्क कायम गर्नुपर्ने तथा सामान प्रकृतिले अन्तःशुल्क कच्चा पदार्थ एम एस वायरमा नलगाइ तयारी वस्तु वायर्समा मात्र लगाउनुपर्ने उनीहरुको माग छ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकारले हाल लिएको नीति परिवर्तन नगरे उद्योगी मात्रै नभइ मजदूर समेत मर्कामा पर्ने बताए। उद्योगी तथा मजदूरले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्नेमा शर्माले जोड दिए।
फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरन तथा बिलेट्सबीच भन्सार महशुल एवं अन्तशुल्कको विभेदकारी व्यवस्था एवं एमएस वायरमा बढाइएको भन्सार महशुल तथा अन्तःशुल्कलाई सहजीकरण गर्न आग्रह गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीसहित ८ वटा उद्योगले बिहीबार संयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाएका छन। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत उनीहरुले अर्थमन्त्री जर्नादन शर्मालाई ज्ञापनपत्र बुझाएका हुन्।
भैरहवाकाको एस.आर. स्टिल. प्रा.लि., पञ्चकन्या स्टिल प्रा.लि., पञ्चकन्या वायर्स प्रा.लि., रत्ना आयरन इण्डष्ट्रिज प्रा.लि., विनायक स्पात प्रा.लि., एभरेष्ट रोलिङ्ग ई. प्रा.लि., गोयनका स्टिल प्रा.लि., काठमाडौं स्टिल प्रा.लि. लगायतका उद्योगका संचालक र मजदुरहरुले सरकारको विभेदकारी राजस्व नीतिबाट आफूहरु मारमा परेको भन्दै गत बिहीबार भैरहवामा विरोध र्याली समेत गरेका थिए।
स्पञ्ज आईरन तथा विलेटबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्य बीचको फरक भन्सार महसुलमै रु. १२ देखि रु. १३ सम्म महंगो पर्ने उद्योगीको भनाइ छ। नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई सरकारको यो नीतिले मर्कामा पारेको उद्योगी बताउँछन्।
आ.व २०७९/०८० को बजेटमा सरकारले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क बढाएको छ। सरकारले ल्याएको यो व्यवस्थाले नेपालमा सञ्चालित ३० वटा डण्डी उद्योगहरुमध्ये स्पञ्ज आईरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षीय लाभ भएपनि र बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था सिर्जना गरेको उद्योगी बताउँछन्।
बजेटले बिलेटको अन्तशुल्क प्रतिमेट्रिकटन २ हजार ५ सय रुपैयाँबाट बढाएर ३ हजार ५ सय पुर्याइएको छ भने एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए। भन्सार बिन्दुमै लगाइँदै आएको रु. २ हजार ५ सय प्रति मेट्रिकटननको अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय पुर्याइएको उनले जानकारी दिए।
सरकारको यो नीतिले बजारमा प्रतिष्पर्धा नै गर्न नसकेर धेरै उद्योगहरु विस्थापित हुने अवस्था पुग्ने पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक साहुको भनाइ छ। उद्योग विस्थापित भए मजदूर मर्कामा पर्ने उनले बताए।
आर्थिक विधेयक २०७९ ले फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क छुट गरेको छ। तर एमएस बिलेटको आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाएर ३ हजार ५ सय प्रति मेट्रिकटन कायम गर्ने भनिएको छ।
एकै प्रकृतिका वायर उद्योगको कच्चा पदार्थ एमएस वायरमा पनि साविक ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको छ भने भन्सार बिन्दुमै लगाइँदै आएको २ हजार ५ सय रुपैयाँ प्रतिमेट्रिकटनको अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय रुपैयाँ प्रति मेट्रिकटन पुर्याइएको छ।
बिलेट आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या झण्डैले तेब्बर हुँदाहुँदै पनि सीमित उद्योगीको योजनालाई सहयोग पुग्ने गरी सरकारले यस्तो प्रावधान ल्याएको उद्योगीहरुको आरोप छ। यसले एकाधिकारको बजार र कालोबजारी बढाउने बताइएको छ।
सरकारको विभेदकारी नीतिकै कारण कच्चा पदार्थको लागतमै प्रतिस्पर्धा गर्न नसकिने गरी अन्तर देखिएको एभरेष्ट रोलिङ इण्ड्रिष्टिज प्रा.लि. भैरहवाका सञ्चालक अरुण कुमार गोयनकाले बताए। स्पञ्ज आइरनबाट छड बनाउँदा भन्दा एमएस बिलेटबाट छड बनाउँदा लागत प्रतिकिलो १२ देखि १३ रुपैयाँसम्म महँगो पर्ने गोयन्काले बताए।
गत आर्थिक वर्षको प्रतिस्थापन विधेयकमार्फत तयारी वस्तुमा लाग्दै आएको अन्तःशुल्कलाई बढाई कच्चा पदार्थमै २ हजार ५ सय रुपैयाँ प्रति मेट्रिकटन कायम गरिएको थियो। अब सरकारले विश्वव्यापी मान्यताअनुसार तयारी फलामे डण्डीको उत्पादन तथा विक्रीमा मात्र यस्तो महसुल लगाउनु पर्ने माग यहाँका उद्योगीहरुले गरेका छन्। एस.आर. स्टिल प्रा.लि.का सञ्चालक सुरज उप्रेतीले सरकारले सबै उद्योगलाई समान रुपमा हेर्नुपर्ने बताए। सरकारको विभेदकारी निर्णयले उद्योग मजदूर समस्यामा पर्ने भन्दै उनले फलामे डण्डी र वायर एकै प्रकृतिका उत्पादन भएकाले सामान दरमा भन्सार महशुल तथा अन्तःशुल्क कायम गरिनु पर्नेमा उनले जोड दिए।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डेले विना परामर्श एकतर्फी रुपमा आर्थिक ऐनमा समावेश गरिएको प्रावधानले दर्जनौं स्वदेशी उद्योग धरासायी बन्ने बताए। सरकारले त्यसलाइ संसोधन अन्तर्राष्ट्रिय मान्यताअनुसार तयारी वस्तुमा मात्र अन्तःशुल्क शुल्क लगाउने व्यवस्था गर्नु पर्नेमा उनले जोड दिए।