१० महिनामा १ लाख ५९ हजार बढीले घुमे
२५ जेष्ठ २०७९
•
२ मिनेट पाठ
१० महिनामा १ लाख ५९ हजार बढीले घुमे
चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। निकुञ्जका अनुसार, गएको साउनदेखि वैशाख मसान्तसम्ममा विदेशी र स्वदेशी पर्यटक गरी १ लाख ५९ हजार ८८१ जना निकुञ्ज घुमेका छन्।




निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन्। ८२ हजार ५४२ पुरुष र ७७ हजार ३३९ महिलाले निकुञ्ज भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षको चैत महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

तर विदेशी पर्यटक भने वैशाखमा बढी आए। तिवारीका अनुसार, चैतमा २६ हजार २१८ जना निकुञ्ज घुमेका छन्। त्यसपछि वैशाखमा २५ हजार ३३९ जना पर्यटक निकुञ्ज आएका छन्। त्यस्तै पुसमा २३ हजार ९९५, फागुनमा २२ हजार ८४४, कात्तिकमा २१ हजार ५०६, मंसिरमा १९ हजार ८०, माघमा १० हजार १७१, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जना निकुञ्ज प्रवेश गरेका छन्।

निकुञ्ज प्रवेश गर्नेमा आन्तरिक पर्यटक नै बढी छन्। १० महिनाको अवधिमा १ लाख ३६ हजार ५२२ जना स्वदेशी पर्यटक छन्। विदेशी पर्यटक २३ हजार ३५९ जना मात्र रहेको तिवारीले जानकारी दिए। विदेशी पर्यटकमध्ये सार्क मुलुकका १० हजार ९३४ जना छन्। अन्य देशका १२ हजार ४२५ जना पर्यटक निकुञ्ज घुम्न आएका छन्।

कोरोना महामारी सुरु भएपछि चितवनमा विदेशी पर्यटक कम आएका छन्। तर फागुन महिना लागेपछि भने विस्तारै बढेको देखिन्छ। यो तीन महिनाको अवधिमा मात्रै १५ हजार ५८२ जना विदेशी पर्यटकले निकुञ्ज घुमेका छन्। ७ महिनामा ७ हजार ७७७ जना विदेशी पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका थिए। सबैभन्दा बढी वैशाख महिनामा ७ हजार ६२८ जना विदेशी पर्यटक निकुञ्ज प्रवेश गरेका छन्।

त्यस्तै चैतमा ५ हजार ३४९ र फागुनमा २ हजार ६०५ विदेशी पर्यटक आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।  गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्ज भ्रमण गरेका थिए। अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४४ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए।

कोरोना महामारी संक्रमण दर क्रमशः घट्दै गएपछि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको उनको भनाइ छ। चितवनमा पर्यटक भित्रिएसँगै पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। ‘अब पर्यटन जुन रूपमा भित्रिएका छन्, यसलाई हेर्ने हो भने सहज हुन्छ कि भन्ने लागेको छ’, नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामीले भने, ‘सन् २०१९ कै हाराहारीमा पर्यटक आइरहेका छन्।’

पर्यटकबाट निकुञ्जले चालु आवको हालसम्म ८ करोड ४ लाख २ हजार ३ सय रूपैयाँ राजस्व संकलन गरेको छ। यही वैशाख महिनामा सर्वाधिक १ करोड ९४ लाख २१ हजार ६५० रूपैयाँ राजस्व संकलन भएको छ। त्यसपछि चैत महिनामा १ करोड ६३ लाख ६५ हजार ३५० रूपैयाँ राजस्व उठेको छ।

सबैभन्दा कम साउन महिनामा ३ लाख ५४ हजार ३५० रूपैयाँ मात्र संकलन भएको छ। निकुञ्जले चालु आवमा पर्यटक, दण्ड जरिबाना, डुंगा सफारी र ढुंगा, गिटी र बालुवाबाट ९ करोड २४ लाख ८३ हजार ६९७ हजार राजस्व संकलन गरेको छ।
अर्को समाचार
दश महिनामा १ लाख ५९ हजार बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, आम्दानी ९ करोड नाघ्यो
२३ जेष्ठ २०७९
•
२ मिनेट पाठ
दश महिनामा १ लाख ५९ हजार बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, आम्दानी ९ करोड नाघ्यो
चालू आर्थिक वर्ष २०७८/७९ को दश महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। 




निकुञ्जका अनुसार, गएको साउनदेखि वैशाख मसान्तसम्ममा विदेशी र स्वदेशी पर्यटक गरि १ लाख ५९ हजार ८८१ जना निकुञ्ज घुमेका छन्। निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन्। ८२ हजार ५४२ पुरुष र ७७ हजार ३३९ महिलाले निकुञ्जको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।  

चालु आर्थिक वर्ष चैत्र महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। तर, विदेशी पर्यटकभने वैशाखमा बढी आएका छन्।  तिवारीका अनुसार, चैत्रमा २६ हजार २१८ जना निकुञ्ज घुमेका छन्।  त्यसपछि बैशाखमा २५ हजार ३३९ जना पर्यटक निकुञ्ज आएका छन्।  

त्यस्तै पुसमा २३ हजार ९९५, फागुनमा २२ हजार ८४४, कात्तिकमा २१ हजार ५०६, मंसीरमा १९ हजार ८०, माघमा १० हजार १७१, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जना  निकुञ्ज प्रवेश गरेका छन्।  

निकुञ्ज प्रवेश गर्नेमा आन्तरिक पर्यटक नै बढी छन्। दश महिनाको अवधिमा १ लाख ३६ हजार ५२२ जना स्वदेशी पर्यटक छन्। विदेशी पर्यटक २३ हजार ३५९ जना मात्र रहेको तिवारीले जानकारी दिए। विदेशी पर्यटक मध्ये सार्क मुलुकका १० हजार ९३४ जना छन्। अन्य देशका १२ हजार ४२५ जना पर्यटक निकुञ्ज घुम्न आएका छन्।  

कोरोनाको महामारी सुरुभएपछि चितवनमा विदेशी पर्यटक कम आएका छन्। तर, फागुन महिना लागेपछि भने विस्तारै बढेको देखिन्छ। यो तीन महिनाको अवधिमा मात्रै १५ हजार ५८२ जना विदेशी पर्यटकले निकुञ्ज घुमेका छन्। ७ महिनामा ७ हजार ७७७ जना विदेशी पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका थिए। सबैभन्दा बढी बैशाख महिनामा ७ हजार ६२८ जना विदेशी पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। त्यस्तै चैत्रमा ५ हजार ३४९ र फागुनमा २ हजार ६०५ विदेशी पर्यटक आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।  

गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए। अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए। कोरोना महामारीको संक्रमण दर क्रमशः घट्दै गएपछि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको उनको भनाई छ।  

चितवनमा पर्यटक भित्रिएसंगै पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। ‘अब पर्यटन जुन रुपमा भित्रिएका छन्। यसलाई हेर्ने हो भने सहज हुन्छ कि भन्ने लागेको छ,’ नेचर गाईड एशोसियसन चितवनका अध्यक्ष राजेन्द्र धामीले भने, ‘सन् २०१९कै हाराहारीमा पर्यटक आइरहेका छन्।’  

पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म ८ करोड ४ लाख २ हजार ३०० रुपैयाँ राजश्व संकलन गरेको छ। यही वैशाख महिनामा सर्वाधिक १ करोड ९४ लाख २१ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ। त्यसपछि चैत्र महिनामा १ करोड ६३ लाख ६५ हजार ३५० रुपैयाँ राजश्व उठेको छ। सबैभन्दा कम साउन महिनामा ३ लाख ५४ हजार ३५० रुपैयाँ मात्र संकलन भएको छ।  

निकुञ्जले चालु आवमा पर्यटक, दण्डजरिवाना, डुंगा सफारी र ढुंगा गिट्टी बालुवाबाट ९ करोड २४ लाख ८३ हजार ६९७ हजार राजश्व संकलन गरेको छ। 
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस