फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
१२ जेष्ठ २०७९
•
१ मिनेट पाठ
फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन्।




नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्। 'मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले', त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भने।

कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको  त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मी बताए । त्रियुगा–११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताए । साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन्।

त्रियुगा–१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन्। ६ वर्षयता  त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो। समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन्।
अर्को समाचार
जताततै अमेरिकन फौजी किराको प्रकोप
०९ जेष्ठ २०७७
•
१० मिनेट पाठ
जताततै अमेरिकन फौजी किराको प्रकोप
ऐसेलुखर्क गाउँपालिकामा विषादि हाल्दै कृषि श्रोतव्यक्ति । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा किसानसँग फौजी किरा मार्दै कृषि प्राविधिक । तस्बिर : नागरिक
खोटाङका अधिकांश स्थानीय तहमा अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोप फैलिएको छ । अघिल्ला वर्षसम्म केही नगरपालिका र गाउँपालिकाको बेँसी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।  




गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका ठाउँमा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको अमेरिकन फौजी किराले यसपल्ट अधिकांश गाउँपालिकाको बेँसी क्षेत्रका मकै सखाप पार्न थालेको छ । तीन/चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि उत्पादन घट्नेमा किसान चिन्तित छन् । दुई नगरपालिका र आठ गाउँपालिकामध्ये जन्तेढुंगा गाउँपालिकामा अमेरिकन फौजी किराको प्रकोप अलि कम देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।  

फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । प्रकोप देखिएको क्षेत्रमा विषादि हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फौजी किरा फैलिने गरेको निमित्त प्रमुख राईले बताए । बेँसी क्षेत्रका खेत र बारीमा लगाइएको मकैमा फौजी किरा अधिक देखिएको लेकाली क्षेत्रमा भने नदेखिएको किसान बताउँछन् । ‘यस पल्ट सबै पालिकाका फौजी किराको प्रकोप देखिएको छ, कुनै पनि पालिका अछुतो रहेन,’ निमित्त प्रमुख राईले भने, ‘उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना गरेको छ ।’  

हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडामा मकैमा फौजी किराको प्रकोप फैलिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा लगायतका ठाउँमा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सबै वडाको बेँसी क्षेत्रमा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी, लिच्कीराम्चेको तल्लो क्षेत्रमा, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, महेश्वरी, माक्पा लगायतका वडामा फौजी किराको प्रकोप फैलिएको छ । रावाबेँसी गाउँपालिकाको तल्लो भेगमा पनि फौजी किरा फैलिएको छ ।  

फौजी किरा नियन्त्रण गर्ने यस्तो छ प्रयास
जताततै फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङका स्थानीयतहले आ–आफ्नै प्रयास सुरु गरेको छ । अधिकांश स्थानीय तहमा किटनाशक विषादि ल्याएर कृषि प्राविधिकमार्फत फौजी किराबाट बढि संक्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको छ । कतिपय स्थानीय सरकारले किसानलाई विषादि निःशुल्क उपलव्ध गराएको छ । कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई विषादि उपलव्ध गराएको जनाएको छ ।  

खोटेहाङ गाउँपालिकाले विषादि ल्याएर कृषि प्राविधिक अध्ययन गरेका स्थानीय व्यक्तिलाई पाँच दिनका लागि परिचालन गरेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेको छ । मकैमा विषादि छर्नका लागि प्रभावित वडामा दुई÷दुई जना व्यक्तीलाई श्रोत परिचालन शिर्षकबाट काममा लगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘कृषि पढेर आएका व्यक्तिलाई श्रोत परिचालन शिर्षकबाट पाँच दिनका लागि औषधि छर्कने काममा लगाएका छौँ,’ अध्यक्ष राईले भने, ‘उनीहरु बढि प्रभावित क्षेत्रमा गएर किसानको सहयोगमा मकैको बिरुवामा विषादि हाल्छन्, हाल्न सिकाउँछन् र विषादि दिएर फर्कन्छन् ।’  

ऐसेलुखर्क गाउँपालिकाले पनि आफैले तालिम दिएर तयार पारेको कृषि श्रोतव्यक्तिलाई फौजी किरा नियन्त्रणमा उपयोग गरिरहेको छ । सानो वडामा कृषि शाखाका कृषि प्राविधिक र दुई जना श्रोतव्यक्तिलाई तथा ठूला वडामा तीन जना श्रोतव्यक्तिलाई खटाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘गत वर्ष हामीले तालिम दिएर वडा–वडामा कृषि श्रोत व्यक्ति तयार पारेका थियौँ,’ अध्यक्ष निरौलाले भने, ‘अहिले त्यही श्रोतव्यक्तिलाई फौजी किरा नियन्त्रणमा विषादि छर्ने काममा परिचालन गरेका छौँ ।’  

हलेसी तुवाचुङ नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि विषादि वितरण गरिरहेको जनाएको छ । सुरुका चरण निःशुल्क विषादि उपलव्ध गराइएकामा अव सशुल्क उपलव्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पनि कृषि प्राविधिक खटाएर विषादि हाल्ने काम भइरहेको छ । ऐसेलुखर्क, दिप्रुङ गाउँपालिका लगातका किसानलाई निःशुल्क विषादि उपलव्ध गराइएको छ । रातका समयमा सक्रिया हुने भएकाले साँझपख विषादि हाल्दा फौजी किरा भस्याक–भुसुक हुने गरेको कृषि प्राविधिक बताउँछन् । ‘साँझ परेपछि फौजी किरा सक्रिया हुने भएकाले त्यही बेला विषादि छर्नु उपयुक्त हुन्छ,’ कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले भने, ‘लार्भावस्थामै उपचार गर्न सकियो भने राम्रो हुन्छ, प्यूपा र पुतलीको अवस्थामा पुगेपछि फौजी किरा नियन्त्रण गर्न गार्‍हो हुन्छ ।’  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस