गत साताभर गिरावट आएको सेयर कारोबारमा आइतबार अचानक उछाल आएको छ। स्टक एक्सचेञ्जका अनुसार आइतबार एकै दिन ९५.४२ बिन्दुले नेप्से परिसूचक बढेको हो। सेयर कारोबार ४.११ प्रतिशतले बढेर नेप्से २४२०.९६ बिन्दुमा आएको छ।
एक्सचेञ्जका अनुसार आइतबार २३३२ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। दिनभरको कारेबारमा नेप्से एक दुई पटकबाहेक लगातार बढिरहेको थियो। दिनभरको कारोबारमा नेप्से अधिकतम २४३० बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा भने केही तल झरेर नेप्से २३२० मा रोकिएको हो।
एक्सचेञ्जका अनुसार आइतबार नेप्से बाहेकका अन्य तीनै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सूचकमा सुधार आएको छ। सेन्सेटिभ सूचक १७.७४ बिन्दुले बढेको छ भने फ्लोट सूचकमा ६.५८ बिन्दुले सुधार आएको छ। यस्तै सेन्सेटिभ फ्लोट ५.९३ बिन्दुले बढेको छ। यी तीनै सूचक ४ प्रतिशत भन्दा बढीले बढेका हुन्।
यस्तै आइतबारको कारोबारबाट सेयरका अन्य १३ उपसूचक सबै बढेका छन्। कारोबारमा सुधार आउने १३ उपसूचकमध्ये सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूह परेको छ।
यो उपसूचक ४३४ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा उपसमूह पनि ४२३ बिन्दुले बढेको छ। अर्को कारोबारमा धेरै बिन्दुले बढ्नेमा विकास बैंक उपसमूह पनि परेको छ। यो उपसमूहमा २६२ बिन्दुले सुधार आएको हो। एकसय भन्दा बढी बिन्दुले बढ्ने उपसमूहहरूमा जलविद्युत् १८९, लघुवित्त १७९, उत्पादन तथा प्रशोधन १५६ र फाइनान्स १२३ रहेका छन्। सबैभन्दा कम बिन्दुले बढ्नेमा सामूहिक लगानी कोष उपसमूह ०.३१ छ।
एक्सचेञ्जका अनुसार आइतबारको कारोबारमा १० वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा बढीले प्रतिसेयर मूल्य बढ्ने कम्पनीमा खानीखोला जलविद्युत् परेको छ। यस्तै प्रतिसेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनी २६ वटा परेका छन्।
आइतबारको कारोबारमा सबैभन्दा बढी प्रतिसेयर मूल्य घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर परेको छ। यसको प्रतिसेयर मूल्य ९.८९ प्रतिशतले घटेको हो।
एक्सचेञ्जका अनुसार रकमको आधारमा सबैभन्दा धेरै कारोबार हुनेमा सानीमा बैंकको प्रमोटर सेयर रहेको छ। यसको २२ करोड १० हजार रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै सबैभन्दा धेरै कित्ता सेयर बिक्री हुने कम्पनीमा सानीमा बैंकको प्रमोटर सेयर रहेको छ। यसको १० लाख कित्ता सेयर खरिद बिक्री भएको हो।
एक्सचेञ्जका अनुसार आइतबार २३८ कम्पनीका ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ५३ करोड १२ लाख रूपैयाँ बराबरको कारोबार भएको हो। करिव एक सय बिन्दुले नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन। आइतबार बजार पुँजीकरण ३४ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ।