ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड
०७ वैशाख २०७९
•
२ मिनेट पाठ
ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड
नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो।




ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका माध्यमबाट आज यहाँ भएको उक्त बैठकमा बिम्स्टेक मुलुकका करिब एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताइन्।

आजको हाम्रो विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने बताइन्।

सदस्य राष्ट्रका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविकरुपमा अगाडि बढाउन मद्दत मिल्ने उनले बताइन्। काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनमा बिम्स्टेक ‘ग्रिड इन्टरकनेक्सन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै उनले भनिन्, 'ऊर्जा व्यापार एउटा महत्वपूर्ण विषय हो यसले हाम्रा देशहरूमा बिजुलीको बर्बादी र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ।'

ऊर्जा सधैँ बिम्स्टेक प्रक्रियाको महत्वपूर्ण प्राथमिकताको क्षेत्रका रुपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रर्वद्धनका निम्ति निरन्तर प्रयास भएका बताउँदै ऊर्जा मन्त्री भुसालले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासहरूलाई प्रर्वद्धन गरेर ऊर्जा क्षेत्रमा सहकार्र्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। जलवायु अनुकूलनका निम्ति छ किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताए। 'यसनिम्ति ऊर्जामा बलियो र नवीकृत क्षेत्रीय साझेदारी महत्वपूर्ण हुनेछ,' उनले भने।
अर्को समाचार
बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग
०६ चैत्र २०८०
•
१ मिनेट पाठ
बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।




बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) वडापत्रमाथिको छलफलका क्रममा सांसदले बिमस्टेकलाई मात्र नभई दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)लाई पनि सँगसँगै अगाडि बढाउन सकेमात्र हामीले विकासको गति अघि बढाउन सक्ने धारणा राखेका थिए।

एमालेका सचिव सांसद योगेश भट्टराईले सार्कको विकल्पको रूपमा बिम्स्टेक अगाडि बढाउने नभई सार्कको सम्मेलन पनि छिट्टै गर्नुपर्ने बताए। बिम्स्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव बढाउनुपर्ने र लाभ लिनुपर्ने उनले बताए। तर सार्कको विकल्पको रूपमा हामीले बिम्स्टेकलाई मात्र अघि बढाउन नहुने उनको भनाइ थियो।

एमालेका नेता रघुजी पन्तले पनि बिम्स्टेकलाई अघि बढाउँदा सार्कलाई पनि अघि बढाउनुपर्ने तर्क गरे। उनले बिम्स्टेकमा पाकिस्तान सदस्य छैन, तर सार्कमा सदस्य राष्ट्र छ भन्दै पाकिस्तान सदस्य भएको सार्कलाई पनि सँगै लैजानु अहिलेको आवश्यकता रहेको तर्क गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्क आन्दोलनलाई ओझेलमा पार्न नहुने बताउँदै बिम्स्टेकलाई भन्दा सार्कलाई बढी महत्त्व दिनुपर्ने बताए। कांग्रेसका प्रदीप पौडेलले बिम्स्टेकलगायतका संगठनहरूबाट नेपालले लाभ लिन नसकेको बताए। 
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस