तथ्यहरु भन्छन्ः मुलुकको अर्थतन्त्र जोखिममा छैन
२९ चैत्र २०७८
•
८ मिनेट पाठ
तथ्यहरु भन्छन्ः मुलुकको अर्थतन्त्र जोखिममा छैन
पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ। यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ।




अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)  सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन नै गरेर सरकारमाथि औँला ठड्याए। यसबीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए।

अघिल्लो सरकारले शैक्षिक योग्यतासम्बन्धी विवादका बीचमा लगानी बोर्डका प्रमुख कार्यकारी रहेकै अवस्थामा अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो। प्रमुख प्रतिपक्षीले गभर्नरको प्रसङ्ग जोड्दै सरकारमाथि अर्थतन्त्र बिगारेको आरोप लगाएको हो।

यसबीचमा सरोकारवाला निकायले पनि अर्थतन्त्रका बारेमा चासो व्यक्त गरिरहेका छन्। जिज्ञासा छ– के हामी श्रीलङ्का जस्तै सङ्कटमा फस्दै छाैँ? तथ्यहरु भन्छन्– अवस्था बिल्कुल त्यस्तो छैन। स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सरकारविरुद्ध जनमत बनाउने उद्देश्यका साथ गलत प्रचार गरिएको सत्तारूढ गठबन्धनको निष्कर्ष छ।

गठबन्धनको बैठकमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै सरकारको काम कारबाहीमा असहयोग भएपछि गभर्नरमाथि छानबिन समिति गठन गरिएको बताइसकेका छन्। राज्यका कुनै पनि निकाय कानुनभन्दा माथि रहँदैछ र हुन सक्दैन। प्रश्न उठेपछि छानबिन हुन्छ र गलत नभएको अवस्थामा पुनः पदमा फर्किने अवस्था पनि रहन्छ।

अर्थतन्त्रमा समस्या देखिएको भए त्यसको समाधान गर्ने दायित्व सरकारको मात्रै होइन। नेतृत्वकर्ताको हिसाबले सरकारको जिम्मेवारी महत्वपूर्ण भए पनि प्रमुख प्रतिपक्षीको पनि उत्तिकै भूमिका रहन्छ। किनकि साढे तीन वर्ष सरकारको नेतृत्वमा रहेको एमाले यतिबेला अर्थतन्त्र समस्यामा पार्न सरकार मात्रै लागेको जसरी प्रस्तुत भइरहेको टिप्पणी भइरहेको छ।

अर्थतन्त्रको प्रमुख साझेदारका रुपमा रहेको निजी क्षेत्रले भने अर्थतन्त्रमा जोखिमका लक्षण देखिएको भए पनि हल्ला गरिएको जस्तो अवस्था नभएको स्पष्ट पारेको छ। आइतबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७१औँ वार्षिकउत्सव मनायो। सोमबार नेपालका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले ४५औँ वार्षिक साधारणसभाको आयोजना गर्‍यो।

उद्योगी–व्यवसायीका प्रमुख दुई संस्थाले अर्थतन्त्रको अवस्थाका बारेमा चासो व्यक्त गरे पनि ‘बजारिया हल्ला’ का आधारमा अर्थतन्त्रमा भयावह सङ्कट नै देखापरेको भन्ने अवस्था नरहेको निष्कर्ष निकालेका छन्। उनीहरुको एकै मत छ – समस्या छ, तर भयावह हुने अवस्थामा छैन। अर्थ मन्त्रालयका अनुसार चैत २८ गतेसम्म  आन्तरिक ऋण रु आठ खर्ब ७३ अर्ब १९ करोड बराबर छ। यस्तै बाह्य ऋण रू नौ खर्ब ८० अर्ब ८० करोड गरी कूल सार्वजनिक ऋण रू १८ खर्ब ५४ अर्ब बराबर छ।

जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब ४३.४ प्रतिशत बराबर जान्छ। कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एसिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून छ। नेपाल श्रीलङ्का जस्तै आर्थिक सङ्कटमा पर्न लागेको अनावश्यक हल्ला गरिएको सन्दर्भमा सरकारले पछिल्लो विवरण सार्वजनिक गरेको हो।

जिडिपीको ४३ प्रतिशत मात्रै ऋण

विवरणहरुमा जनाइएअनुसार श्रीलङ्काले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा झन्डै १०५ प्रतिशत बराबरको ऋण लिएको देखिन्छ। अल्पकालीन रुपमा भुक्तानी गर्नुपर्ने ऋणको मात्रा बढी देखिन्छ। चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ रू १९ अर्ब १३ करोड र आन्तरिक ऋणतर्फ रू ५१ अर्ब तीन करोड गरी जम्मा रू ७० अर्ब १६ करोड बराबरको सावाँ र ब्याज भुक्तानी गरिएको छ। यस विवरणका आधारमा देशले भुक्तानी गर्नुपर्ने ठूलो दायित्वसमेत छैन। जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब ४३.४ प्रतिशत हुन जान्छ।

सीमाभित्रै आन्तरिक तथा बाह्य ऋण रहेकाले आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको अर्थमन्त्री शर्माको भनाइ छ। सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि अर्थमन्त्रीले अर्थतन्त्रमा तथ्याङ्कको हिसाब हुने भएकाले विवरण नै नहेरी गलत प्रचार गरिएको बताएका थिए। चालु आर्थिक वर्षमा रु दुई खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य छ । त्यसमध्ये हालसम्म रु एक खर्ब करोड बराबर मात्रै आन्तरिक ऋण उठाइएको छ।

हालसम्म रु एक खर्ब १६ अर्ब बराबरको बाह्य ऋण तथा रू १३ अर्ब ८८ करोड बराबरको वैदेशिक अनुदान गरी जम्मा रू एक खर्ब २९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको पनि यो विवरणबाट प्रस्ट देखिन जान्छ।

अर्थमन्त्री शर्माले राजनीतिक उद्देश्य पूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको उल्लेख गर्दै भने, 'अर्थतन्त्र ठीक दिशातर्फ जाँदैछ। अनावश्यक हल्ला नगरौँ। त्यसले कोही कसैलाई पनि फाइदा गर्दैन।' कोरोना कहरका कारण समस्यामा परेको अर्थतन्त्र सामान्य अवस्थामा फर्किंदै छ।

रुस र युक्रेनको सङ्घर्षका बाबजुद अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएको छ । यसले केही प्रभाव पारेको छ। वैदेशिक मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कंदैछ। गत फागुन मसान्तसम्म रु ९१ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ। उद्योगधन्दा ठीक ढङ्गले सञ्चालनमा छन्।  राजश्व पनि लक्षित सीमाभन्दा बढी उठिरहेको छ।

लयमै छ राजश्व सङ्कलन

अर्थमन्त्रालयका अनुसार यही चैत २६ गतेसम्ममा अघिल्लो  वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले राजश्व वृद्धि भएका छ। सो अवधिमा रु सात खर्ब ५० अर्ब ३४ करोड बराबरको राजश्व सङ्कलन भएको छ।  जुन राजश्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशत बढी। यस अवधिमा कर राजश्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर रु छ खर्ब ९० अर्ब ३५ करोड बराबर पुगेको छ। गैरकर राजश्व २८.४२ प्रतिशतले बढेर रु ५९ अर्ब ९९ करोड पुगेको छ।

सरकारले अनेकन प्रयास गर्दा पनि विकास निर्माणको खर्च भने प्रभावकारी देखिन सकेको छैन। यद्यपि निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानीको मात्रा बढी भएकाले त्यो मिल्ने बित्तिकै पूँजीगत खर्चको अवस्था पनि सकारात्मक देखिने विश्वास सरकारको छ।  नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक देखिन्छ।

निजी क्षेत्र भन्छः हामी श्रीलङ्का होइन नेपाल नै हुन्छौँ  

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काको उदाहरण यतिखेर नेपालमा धेरै दिन थालिएको सन्दर्भमा महासङ्घका  अध्यक्ष शेखरले भने, 'हामी श्रीलङ्का जस्तो हुँदैनाैँ, तर अहिले चनाखो भएनौँ भने केही वर्षपछि खराब अवस्थामा भने पकै पुग्नेछाैँ।' बजार हल्लाले निम्त्याएको आशङ्कालाई यहाँका उद्योगी, व्यवसायीले पनि नजिकबाट हेरेको बताउँछन् गोल्छा। अर्थतन्त्रमा ७७ प्रतिशत हिस्सा र ७५ प्रतिशतभन्दा बढी रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ। चालु आवको सात महिनाको विवरणका आधारमा आत्तिनुपर्ने अवस्था नभएको अध्यक्ष गोल्छाको भनाइ छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यसबीचमा अर्थतन्त्रका जोखिमका बारेमा धेरै सुन्नुपरेको छ। उनले निरन्तर भन्दै आएका छन्, नेपाल कुनै पनि हालतमा श्रीलङ्का बन्नै सक्दैन। उनले भने, 'समस्या छन् तर समाधान नै गर्न नसकिने अवस्थामा पुग्यो भन्ने होइन। त्यसका लागि हामी सबै सचेत हुनुपर्छ।' उनले समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुनेमा जोड दिँदै आएका छन्।

निजी क्षेत्रमा साझा संस्थाका कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले पनि नियमित रुपमा आथित्यता ग्रहण गरेका छन्। नेपाल श्रीलङ्का बन्न लागेको, जोखिम बढेको जस्ता अनेकन हल्ला पनि यसबीचमा भएका छन्। तर उनले देशको अवस्था खराब नभएको र हल्ला भएजस्तो समस्यामा नपरेको दृढताका साथ बताउँदै आएका छन्। उनले भने, 'जोखिमका केही लक्षण देखिएका छन्। हामी सबै मिलेर त्यसको समाधान निकाल्नुपर्छ। हामी खुला हृदयका साथ छलफल गर्छौं र समाधानको उपाय पनि निकाल्छौँ।'

वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय सञ्चालनमा भएका बढोत्तरी, कम उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रका वस्तु आयात निरुत्साहनले सकारात्मक नतिजा निकाल्दैछ।  यस्तै, सुन आयातमा कटौती, बैंकमार्फत विप्रेषण आप्रवाहमा थप ब्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिबद्धता समेतबाट अर्थतन्त्रको बाह्य दबाबको उपयुक्त व्यवस्थापन हुँदै जाने देखिन्छ।

विदेशी मुद्रा सञ्चितिको अवस्था सामान्य नै रहे पनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंकमार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पूँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेजस्ता विषयमा विश्लेषण तथा विमर्श गरी सोही अनुसार नीति निर्माण र कार्यान्वयन गराउन अर्थ मन्त्रालय अग्रसर छ।

विगत तीन वर्षको औसत मुद्रास्फीति ५.१८ प्रतिशत रहेकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत बराबर छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण त्यसको प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकाले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता भनेछ।

त्यसो त पूर्वगभर्नर चिरञ्जीवी नेपालका अनुसार हल्ला गरिएजस्तो सम्हाल्नै नसकिने अवस्थामा अर्थतन्त्र पुगेको छैन। जोखिम बढेको भए पनि समस्या समाधान गर्नै नसकिने अवस्थामा भने नरहेको उल्लेख गर्दै उनले सम्बद्ध सरोकार भएका सबै क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको मत छ। रासस
अर्को समाचार
देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।




नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए।

“मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री दाहालले भने, यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जन पक्षीय कामहरू भएका छन्।”

सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दै छ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए।

“शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ,” प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ।”

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।

सरकारले चालेको सुशासनका कार्यहरूबारे प्रधानमन्त्री दाहालले भने, “नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास भएको छ ।”

मिटर ब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले  राहदानी, सवारी चालक अनुमति पत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताए।

उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यस पटक पनि समयअगावै पाठ्यपुस्तक पुर्‍याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, विपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शय्या तथा गैर आवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्ज्वल रहेको छ भन्ने स्पष्ट भएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस