घरखर्च जुटाउन महुवा संकलन गर्दै गेलबारवासी
२९ चैत्र २०७८
•
२ मिनेट पाठ
घरखर्च जुटाउन महुवा संकलन गर्दै गेलबारवासी
कपिलवस्तुको बुद्धुभूमि नगरपालिका–४ गेलबार गाउँका स्थानीय यति बेला घरखर्च जुटाउन भन्दै गाउँछेउमा रहेको वनमा महुवा संकलनमा व्यस्त छन्। गाउँकै छेउमा रहेका वनमा रहेका महुवाको रुखमुनि सामूहिक महुवा संकलन गर्ने गरेका छन्। महुवा वनमा पाइने एक प्रकारको जटीबुटी हो। खास गरी यो रक्सी बनाउन प्रयोग गरिने स्थानीय बताउँछन्।  




महुवाको रुखमा फुलेका फूल पाकेपछि आफैं झर्ने गर्दछ। त्यही काँचो फूल नै संकलन गर्ने गरिन्छ। सामूहिक महुवा संकलनमा जुटेका स्थानीय तिलकराम खनालले चैत दोस्रो सातादेखि नै गाउँका १ सय ३० जनाको समूहले महुवाको संकलन गर्दै आएको बताए। महुवाको फूल चैत र वैशाखमा झर्ने गर्दछ। त्यही झरेको फूल नै आफूहरूले संकलन गर्ने गरेको खनाल बताउँछन्। गेलबारनजिक रहेको महुवाको रुखमुनि बिहानको समयमा एकै साथ महुवा संकलन गर्ने गरिएको छ।  

स्थानीय रूपमा घरमै बनाइने महुवाको रक्सीको माग गाउँबजारमा उच्च रहेकाले ठेकेदारहरू महुवा किन्न घरमै आउने गरको खनालले बताए। ‘महुवा संकलन गर्न मात्र गाह्रो छ, बेच्न भने निकै सजिलो छ,’ उनले भने, ‘ठेकेदारहरूले घरमै आएर महुवा किनेर लागने गर्छन्। झरेको महुवाको फूललाई घाममा सुकाएपछि बेच्ने गरिन्छ। खनालका अनुसार सुकेका महुवा प्रतिकिलो सयका दरले बिक्री हुने गरेको छ। स्थानीय सम्झना थारुले सामूहिक महुवा संकलनमा अधिकांश थारु समुदाय छन् भने पहाडिया समुदाय पनि यो समूहमा रहेको बताइन्। घर खर्चका लागि आफूहरूले प्रत्येक वर्ष चैत र वैशाख महिनामा महुवा सकलन गर्ने गरेको बताइन्।  

संकलन गरेको महुवालाई एक ठाउँमा जम्मा गरिन्छ। संकलन भएको महुवा १ सय ३० जना लाइन नै भाग लगाएर बाँड्ने गरिन्छ। एक दिनमा ३० देखि ५० किलोसम्म काँचो महुवा संकलन हुने गरेको उनले बताइन्। एक महिनामा संकलन मिहिनेतबाट प्रत्येकले चारदेखि पाँच हजार आम्दानी गर्ने गरेको सम्झनाले बताइन्। ‘महुवा बेचेर आएको कमाइले तेल, नुन, मसलालगायत घरखर्च जुटाउँछौं,’ उनले भनिन्। घरखर्च जुटाउन महुवा आफूहरूका लागि सहयोगी बनेको उनले बताइन्। वनमा महुवा संकलन गरेबापत आफूहरूले गाउँमा गठित टोल सुधार समितिलाई दुई सय रूपैयाँ चन्दासमेत दिने गरेका गाउँहरू बताउँछन्।  

अध्ययन खर्च जुटाउन महुवा संकलन  

गेलबारमै विद्यालयमा अध्ययनरत बालबालिकाले पढाइखर्च जुटाउन महुवा संकलन गर्ने गरेका छन्। गाउँकै आदर्श बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययरत रोशन थारुले आफूहरूले पढाइखर्च जुटाउन महुवाको फल संकलन गर्ने गरेको बताए। आफूहरू जस्तै थुप्रै बालबालिकाले पढाइखर्चका लागि २ सातादेखि महुवा संकलन गरिहरेको उनले बताए। ‘१५/२० दिन बिहान गरेको मिहिनेतले तीन/चार हजार कमाइन्छ,’ रोशनले भने, ‘त्यही पैसाले कापी कलम, ड्रेस किन्ने गरेका छौं,’ उनले भने। आफूहरूले गरेको यो सानो मिहिनेतले बुवाआमालई सघाउने गरेको उनले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस