नेपाली सेना र रोटरी क्लबअफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउण्डेसनले सहकार्य गर्दैछ। अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊण्डेसन प्रमुख कर्पोरेट साझेदार हो। यो अभियान थालनी भएको तेश्रो वर्ष भयो।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो। पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्माभएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ। सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी आठ हजार मिटरभन्दा अग्लाहिमाल सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोला सहितथुप्रै सरोकारवाला निकायहरू पनि सहभागि छन्।