आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान
०१ चैत्र २०७८
•
२ मिनेट पाठ
आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान
आरोहीका लागि सडक सञ्जालमार्फत लगिएको समान ढुवानी गरिदैं। तस्बिर: सौजन्य इन्द्रसिंह शेरचन
कोरोनाले थलिएको पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ। म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको हो।




हिमाल आरोहणको सिजन सुरू भएसँगै म्याग्दीमो धवलागिरी गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणको लागि १३ जना विदेशी आरोहणी सहितको टोली प्रस्थान गरेको छ। 

इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी एवम् सामान ढुवानीकर्ता इन्द्रसिंह शेरचनले बताए। ‘सिजनकै सुरुमा यो राम्रो संकेत हो,‘कोरोनाकोबीचमा पनि आरोही आउन थालेका छन्,‘अहिले हेलिकप्टरबाट समान ढुवानी भइरहेको छ’ शेरचनले भने। ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांस पैदलमार्ग हुनै बेसक्याम्प सम्म पुग्ने गरेका छन्।

धौलागिरी हिमाल रघुगंगा गाउँपालिकाको सिमानासँग समेत जोडिएको भएपनि आरोहीको सिधा रुट नै मुदी लगायत आसपासका क्षेत्र हुदै बेसक्याम्प नै पुग्ने गर्दछन्। छिमेकी जिल्ला मुस्ताङबाट समेत हिमालमा पुग्ने गरिएपनि आरोहणका लागि पश्चिम म्याग्दी हुदै आधार शिविरमा सजिलो र सुन्दर रुट पर्छ। सन् १९६० मे महिनाको १३ तारिकमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरीको आरोहण गरेका थिए। कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन ब्यवसायी समेत उत्साहित भएका छन्।

स्थानीय भुधरातालमा भएको अग्लाईको आधारमा धौलागिरी जस्त अर्को हिमाल विश्वमै नभएकाले पनि आरोही आर्कषित हुने गरेका पर्यटन व्यवसायीको भनाई छ। ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल कालिगण्डकी गल्छीको वारीपारी रहेकाले पनि पर्यटकलाई अवलोकन तथा आरोहणको रोजाईमा पर्छन्। म्याग्दीमा रहेको हिमालको रोयल्टीको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ। आरोहीहरूले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण वापतको रोयल्टी तिर्नुपर्ने हुन्छ।  

त्यस्तै उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालको अवलोकनका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। त्यस्तै धवलागिरी गाउँपालिकामा रहेको गूर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च समेत ठूलो भएपनि जिल्लामा त्यसको फाईदा पुग्न सकेको छैन्। 

धवलागिरी गाउँपालिक वडा नं १ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गूर्जामा आरोहीको चहलपहल हुन सकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन्।
अर्को समाचार
धौलागिरी क्षेत्रबाट सेनाले बटुल्यो पाँच हजार किलो फोहर
०८ जेष्ठ २०७८
•
२ मिनेट पाठ
धौलागिरी क्षेत्रबाट सेनाले बटुल्यो पाँच हजार किलो फोहर
धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर धवलागिरी गाउँपालिका–७ ताकममा हस्तान्तरण गरिदैं । तस्विर सौजन्य: गोपाल आचार्य
संसारको सातौं अग्लो धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पका साथै पैदलमामार्गमा थुप्रिएको फोहर नेपाली सेनाले सुरु गरेको ‘सफा हिमाल अभियान’ का क्रममा संकलन गरिएको हो ।




अभियान अन्तर्गत ५ हजार २० किलो फोहर मध्ये कुहिनेखालको ३ सय किलो गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो फोहर ‘रिसाइकल’ गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले फोहर हस्तान्तरण गरेका थिए ।  

विश्वभरका पर्वतरोहीको आर्कषण मानिएको धौलागिरीमा फोहोरको थुप्रो व्यवस्थापनमा समस्या भइरहेको अवस्थामा नेपाली सेनाको एक टोली हिमालतर्फ प्रस्थान गरेको थियो । हिमालबाट संकलन गरिएको फोहर प्रभु हेलिकप्टरबाट धवलागिरी गाउँपालिका–७ ताकममा ल्याएर गाउँपालिकालाई बुझाइएको स्थानीय युवा गोपाल आचार्यले बताए । 

सफा हिमाल अभियान अन्तर्गत विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहरको उपलब्धता तथा कार्यप्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई जेठ ३ गते सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ ।  

फोहोर संकलन अभियानका क्रममा धौलागिरी बेसक्याम्पदेखि दुईसय मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्ट सहितका दुईवटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्याम्पतर्फ ९ एनएसीआर कलसाइनको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो । सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हेलिकप्टर हिमाली भेगमा भेटिएको भएपनि मृतकको पहिचान हुन सकेको थिएन् । दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।  

यता आरोहणमा जाने पर्यटकलाई समेत फोहोर नगर्न र फोहोर संकलन गरी ल्याउन स्थानीयले अनुरोध गर्ने गरेपनि आरोहण पुरा भएपछि अक्सिजन सिलिन्डर सहित आवश्यक सामान समेत फर्किने बेलामा छोडेर आउने गरेको स्थानीय पर्यटन ब्यवसायीको भनाई छ । 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस