किसानको बगैँचामा कृषि प्राविधिक
१५ फागुन २०७८
•
३ मिनेट पाठ
किसानको बगैँचामा कृषि प्राविधिक
जुम्लामा स्याउ बगैँचाको व्यवस्थापन तथा विरुवा काँटछाँट गर्न सिकाउने हेतुले कृषि प्राविधिक किसानको स्याउ बगैँचामा पुगेका छन्। बगैँचामै पुगेर उनीहरुले स्याउको उत्पादन बृद्धि गर्नको लागि बगैँचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्याउनको लागि आग्रह गरेका हुन्।  




स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांस किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेको हो। स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत गंगा पोखरेल किसानलाई स्याउ बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यवहारीक अभ्यास गर्न थालिएको बताउँछिन्।

उनले भनिन्,‘बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन। एक आपसमा बगैँचाको व्यवस्थापन बारेको अनुभव आदानप्रदान गर्छन्। गुणस्तरीय स्याउ उत्पादनको लागि जोड दिन्छन्। बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको छ। ’  चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यवहारीक अभ्यास गरिएको हो। जुम्ला संगै कालिकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका हुन्।

यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यवहारीक ज्ञान दिएका हुन। किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउदा निकै लाभान्वित भएका हुन। विरुवा लगाउने देखि काँटछाँट,मलखाद्यको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिइन्।

प्रशिक्षक रामबहादुर खत्री किसानले स्याउ लगाएपछि विरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिदा हुने हानीका बिषयमा छलफल हुने गरेको बताउँछन्। अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउदै आएका छौँ। किसान पनि निकै जागरुक भइसकेका छन्। उनले भने,‘बगैँचा भित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन्। कृषि प्राविधिकले समस्या समाधानको लागि गर्नु पर्ने कार्यका बारेमा सुझाव दिने गरेका छन्। यो कार्यले किसान र कृषि प्राविधिक बीचको सम्बन्ध निकै प्रगाढ हुने गरेको छ।’

एउटा विरुवाले कसरी गुणस्तरीय फल दिन्छ भन्ने बारेमा सीप सिकाइन्छ। विरुवा व्यस्थापनका चरणहरु समेत बताउने गरिएको छ। जति राम्रो बगैँचा व्यवस्थापन हुन सक्यो। उत्तिनै राम्रो स्याउले उत्पादन दिने हो,प्रशिक्षक खत्रीले भने,गुणस्तरीय स्याउ फलाउने गरी व्यवस्थापन गर्न सकेको खण्डमा बजारको अभाव हुदैन। उनले भने,‘व्यापारी बगैँचामै पुगेर स्याउ उठाएर लैजान्छन। किसानले राम्रो आम्दानी गर्न सक्छन्। बगैँचा व्यवस्थापन र काँटछाँटको मर्म पनि यही हो।’

कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि किसान उत्साहित बनेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा बताउँछन्। उनले भने,‘किसानको जीवन स्तरमा परिवर्तन ल्याउन यो सीप निकै प्रभावकारी छ। स्याउ खेतिमा किसानको आकर्षण समेत बढाउने गरेको छ।’

उनले स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफै परिपक्क हुनु पर्नेमा जोड दिए। उपप्रमुख बुढाले भने,‘जुम्ला स्याउ खेतिको निकै संभावना बोकेको क्षेत्र हो। सही रुपमा स्याउ बगैँचाको व्यवस्थापन र काँटछाँटमा प्राथमिकता दिनुपर्छ। स्याउ नै यहाँको आर्थिक समृद्धिको आधार बन्ने निश्चित छ।

स्याउ सुपरजोन परियोजना जुम्लामा लागु भएपछि स्याउ खेतिमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने भएका छन्। चन्दननाथ नगरपालिका ३ की बाटुली सार्की स्याउ खेतिले परिवारमा खुसी ल्याएको बताइन्। कृषि प्राविधिकले ज्ञान सीप दिएपछि एकसय स्याउ विरुवा काँटछाँट र व्यवस्थापन गरेको बताइन्। सधैं कृषि प्राविधिक बगैँचामा पुग्न सक्ने अवस्था रहदैन्, उनले भनिन्,‘सम्बन्धित किसानले सीप सिकेमा निकै उपलब्धिपूर्ण हुन्छ। बगैँचालाई कस्तो स्वरुप दिने स्वयम किसानले नै जानेको हुनुपर्छ। यो एक व्यवसायिक किसानको जिम्मेवारी पनि हो।' 
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१० मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस