जुम्ला विमानस्थल स्तरउन्नतीका बारेमा दुई मन्त्रीबीच छलफल
०२ फागुन २०७८
•
२ मिनेट पाठ
जुम्ला विमानस्थल स्तरउन्नतीका बारेमा दुई मन्त्रीबीच छलफल
जुम्ला विमानस्थल स्तरउन्नतीका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच भेटवार्ता भएको छ। भेटमा दुइमन्त्री बीच जुम्ला विमानस्थलको धावनमार्ग स्तरउन्नती गरेर ठुलाजहाज अवतरण गर्ने बिषयमा छलफल भएको थियो।  




दुइमन्त्रीबीच धावनमार्ग विस्तारका बारेमा पहिलो चरण छलफल भयो। कर्णालीका भौतिक पुर्वाधार तथा सहरीविकास मन्त्री रोकायाका स्वकीय सचिव अमर रोकायाले भने,‘विमानस्थलको धावनमार्ग विस्तार बारेमा पर्यटनमन्त्री आले सकरात्मक देखिनुभएको छ। दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाउनु भएको छ। ’

पर्यटनमन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिएको स्वकीय सचिव रोकायाले जानकारी दिए। उनले भने,‘ठूलो जहाज अहिले बस्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ। विमास्थल स्तरउन्नती गरेर ठुलो जहाज चल्न सकेको खण्डमा निकै सहज हुने देखिन्छ। जसका लागि संघीय सरकार सकरात्मक छ। कर्णाली प्रदेश सरकार पनि प्रतिबद्ध देखिन्छ। ’

पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाउने बताएका छन्। प्राविधिक टोलीको प्रतिवेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुइमन्त्रीबीच छलफल भएको थियो।   ‘कर्णालीबासीको माग र आवश्यकतालाई हेरेर ठुला जहाज अवतरण गराउने उद्धेश्यका साथ विमानस्थल स्तोरोन्नतीको पहल भइरहेको छ’ कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाले भने, ‘तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तोरोन्नतीको प्रक्रिया क्रमश अघि बढ्नेछ।’

रोकाया कर्णालीको पुर्वाधार मन्त्री भएपछि जुम्ला विमानस्थल विस्तारका लागि पहल गर्न थालेका हुन्। मन्त्री रोकायाले थपे,‘कर्णालीमा ठुला जहाज चल्न सक्ने विमानस्थल छैनन्। त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त हो। अब विमानस्थल विस्तार गरेर ठुला जहाज अवतरण गरेर हवाइ सेवा सहज बनाउन पहल भइरहेको छ। यसमा सबैको साथ र सहयोग चाहिने देखिएको छ। ’

हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ। जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हुँदै आएका छन्। विमानस्थलको धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्नसके ठुला जहाज सजिलै अवतरण गर्न सकिने सम्भावना छ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले जुम्लामै पुगेर जुम्ला विमानस्थलमा मध्यम खाले जहाज अवतरण गर्ने गरि पहल थाल्ने बताएका थिए। तर उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपनि विमानस्थल विस्तारको कुनै पहल हुन सकेको थिएन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस