सिक्टा सिँचाइ आयोजना: समयमै सम्पन्न भएन पूर्वी नहर
२७ माघ २०७८
•
३ मिनेट पाठ
सिक्टा सिँचाइ आयोजना: समयमै सम्पन्न भएन पूर्वी नहर
सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन पूर्वी नहर। तस्बिर: नागरिक
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण कार्यमा ढिलासुस्ती भएको छ। चौथोपटक थपिएको म्यादभित्रै पनि नहर निर्माण सम्पन्न हुने अनिश्चित देखिएको छ।




२०७७ मंसिर २ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो। त्यसयता उक्त नहरका लागि चारपटक म्याद थपिएको छ। अब आयोजनाले २०७८ चैत ३० गतेसम्म नहर निर्माण सम्पन्न गर्नुपर्ने छ। २०७८ असार २७ गतेका लागि तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न नसकेपछि चैत मसान्तसम्मका लागि म्याद थपिएको सिक्टा सिँचाइ आयोजना नेपालगन्जले जनाएको छ। पूर्वी नहरको निर्माण जिम्मा कालीका कुमार जेभीले पाएको छ।

अहिले फिजिकलरुपमा ७९.३ प्रतिशत मात्र काम भएको छ। बाँकी काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई कठिन छ। सार्वजनिक खरिद ऐनको दफा ५६ बमोजिमको अवस्था परे खरिद सम्झौताबमोजिमको काम त्यस्तो सम्झौताको अवधिभित्र पूरा गर्न नसकिने भएमा सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले कारण खुलाइ खरिद सम्झौताको म्याद सकिनु कम्तिमा २१ दिन अगावै सम्बन्धित सार्वजनिक निकायमा अवधि थपको लागि निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। सोहीअनुसार पूर्वी नहर निर्माणका लागि चारपटकसम्म म्याद थप गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जनाए। ‘सार्वजनिक खरिद ऐनअनुसार नै निर्माण कार्यका लागि म्याद थपिएको हो,’ उनले भने, ‘पछिल्लो समय भने कोभिड–१९ (कोरोना भाइरस) का कारण आयोजनाको म्याद थपिएको हो।’ उनले अन्य कारण भए पनि खुलाउन भने चाहेनन्।

उपनियम (१) र (१क) बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित अधिकार प्राप्त अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न वा गराउन सक्नेछ। त्यसरी जाँचबुझ गर्दा वा गराउँदा निजले चारवटा कुरामा विचार गर्नेपर्नेछ। सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले खरिद सम्झौताबमोजिम काम समयमै सम्पन्न गर्न भरमग्दुर प्रयास गरेको थियो वा थिएन, सम्बन्धित सार्वजनिक निकायले निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदातालाई सम्झौताबमोजिम उपलब्ध गराउनु पर्ने कुरा उपलब्ध गराएको थियो वा थिएन, ऐनको दफा ६७क बमोजिम कागजात झिकाएको कारणबाट कामलाई ढिलाइ भएको हो वा होइन र काबुबाहिरको परिस्थितिको कारणबाट काममा ढिलाइ भएको हो वा होइनने भन्ने कुराको विचार गर्न सार्वजनिक खरिद ऐनमा उल्लेख गरिएको छ। तर सूचना अधिकारी यावदले यी कुराहरु बताउन चाहेनन्।

दफा६७ अनुसार तीन करोड रुपैयाँसम्मको राजपत्रांकित तृतीय श्रेणीको कार्यालय प्रमुख, सात करोड रुपैयाँसम्मको राजपत्रांकित द्वितीय श्रेणीको कार्यालय प्रमुख, १५ करोड रुपैयाँसम्मको राजपत्रांकित प्रथम श्रेणीको कार्यालय प्रमुख र १५ करोडभन्दा बढीको विभागीय प्रमुखले बोलपत्र स्वीकृत गर्ने अधिकारलाई हुन्छ।

राप्ती नदी पश्चिम (दायाँ) ३३ हजार सात सय ६६ हेक्टर र राप्तीपूर्व (बायाँ) नौ हजार हेक्टर गरी कूल ४२ हजार सात सय ६६ हेक्टरमा सिँचाइको लागि पानी उपलब्ध गराउन सकिने सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाका तत्कालीन ४३ गाउँ विकास समिति र नेपालगन्ज नगरपालिकाअन्तर्गतको ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना सुरु भएको थियो। जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ पुयाउने लक्ष्य लिएको छ भने पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुयाउने लक्ष्य राखिएको छ।

समयमै आयोजना सम्पन्न नहुँदा किसानका खेतबारी बाँझै छन्। आफूहरु सिँचाइ गर्नबाट वञ्चित रहेको यस क्षेत्रका किसानहरुको भनाइ छ। पश्चिम नहरमा भने पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी यादवले जनाए। उनले भने निर्माण जिम्मा लिएको कम्पनीले काम गरिरहेकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। ‘कोरोना भाइरस तथा अन्य प्रकोप र काममा बाधा नआउने परिस्थिति आएर असारसम्ममा पूर्वी नहरको काम सकिन्छ,’ उनले भने, ‘अहिले निर्माण जिम्मा लिएको कम्पनीले काम गरिरहेको छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस