पश्चिम म्याग्दीमा निर्माणधिन पक्की पुलको ढलान गर्ने क्रममा लापरबाही हुँदा दायाँ र बायाँ दुबै तर्फको असर गरेको छ।
बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्न म्याग्दी नदीमाथि बन्दै गरेको मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको हो। तीन वटा स्पाममध्ये पखेरातर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाही हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भागमा असर गरेको स्थानीय यूवा कुमार केसीले बताए।
‘निर्माणधिन पुलको ढलान दबिएको छ,‘ढलान गर्दा प्रयोग गरिएको टेका बलियो नहुदाँ असर गरेको छ’ केसीले भने। ढलानको क्रममा देखिएको समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराएपछि बिहीवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको नेतृत्वमा प्राविधिकहरू सहितको टोली स्थलगत अनुगमनमा गएको थियो।
अनुगमनको क्रममा ३ देखि साढे ६ सेन्टिमिटर सम्म पुलको ढलान दबिएको भेटिएको टोलीले जनाएको छ। पुलको पहिलो ढलान ३० सेन्टीमिटर बाख्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाईएको हो। ‘ढलानको क्रममा कमजोरी देखिएको छ,‘तत्काल सुधार नगरे भविस्यमा क्षती हुनसक्छ’जिसस प्रमुख केसीले भने।
सडक डिभिजनका प्राविधिक टोलीलाई ढलानको लेवल तलमाथि भएको अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गरि उपलब्ध गराउन सुझाब दिएको र प्राविधिक रुपमा टुंगोमा नपुग्दासम्म तेस्रो स्पामको थप कामलाई रोक्न निर्देशन दिइएको छ। अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रुपमा थप नापजाँच गरि वास्तविकता पत्ता नलाग्दा सम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरि तिब्रता दिने समझदारी समेत गरेका छन्।
सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक बर्ष २०७३/०७४ मा लुम्बिनी–प्राकृतिक जेभीसँग भ्याट बाहेक ९ करोड ३९ लाख ९३ हजार २७७ मा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। ३५/३५ मिटरका तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो स्पामको ढलानको सटिङमा भएको लापरबाहिले पुलको ६ ठाउँमा दविएको देखिएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईएको तातोपानीकाका अगुवा विरेन्द्रमान शाक्यले बताए। सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले ढलानको लेवल नापचाँज गरी विज्ञहरु समेतको सल्लाह लिएर कार्यालयले आबश्यक निर्णय लिने बताए।
‘पुलमा ठूलो समस्या छैन, सवारीसाधन गुड्नेकेही फरक पदैन्,छेउछेउको भागमा पुगेको असर मर्मत पछि सहज हुन्छ’ उनले भने। लेवल थप १० सेन्टीमिटर ढलान गर्ने काममा मिलाउन सकिने पोखरेलले बताए। ३० सेन्टीमिर बाख्लो ढलानमा थप १० सेन्टीमिटर फिनिसिङ ढलान गर्न बाँकी रहेको छ। अनुगमन टोलीमा जिसस सदस्य शेरबहादुर केसी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुवास श्रेष्ठ लगायत तातोपानी र पखेरका स्थानीय सरोकारवालाहरुको समेत सहभागीता रहेको थियो।
चार वटा पिलर र तीन स्पाम रहेको यस पुलको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। आगामी चैत मसान्तसम्म म्याद थप भएको पुलको तीन वटै सेल्याब ढलानको काम सकिएको छ भने अन्य काम बाँकी रहेको छ। ११ मिटर चौडाइ रहेको फापरखेत–पखरे जोड्ने पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै बरंजा र अर्मन सीधा सडक सञ्जालमा जोडिनेछन्।
सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा– ५ अर्मनको मसानघाटमा समेत अर्को मोटरेवल पुल निर्माण गरिरहेको छ। लुम्बिनी–प्राकृतिक जेभीले नै ठेक्का लिएर निर्माण गरिरहेको उक्त ८० मिटर लामो पुलको समेत एउटा स्पाम ढलान गरी अर्को स्पामको ढलान गर्ने तयारी गरिएको छ। पुल निर्माण भएपछि मंगला गाउँपालिका वडा नं ३, ५ र ५ का साथै छिमेकी जिल्ला बागलुङको ताराखोला, काठेखोला गाउँपालिकाबासीलाई समेत सहज हुने छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...