मध्यपहाडी सडक निर्माण कछुवा गतिमा
१८ माघ २०७८
•
४ मिनेट पाठ
मध्यपहाडी सडक निर्माण कछुवा गतिमा
सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी अघि सारेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग संशोधित कार्यतालिका बमोजिम पनि निर्माण सम्पन्न नहुने लगभग निश्चित भएको छ।




सरकारले संशोधित कार्यतालिका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग आर्थिक वर्ष २०७९/८० सम्म १८ सय ७९ किलोमिटर कालोपत्रे गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। संशोधित कार्यतालिका अनुसार आयोजनाको म्याद सकिन डेढ वर्ष मात्रै बाँकी छ।

अहिलेसम्म ११ सय ४७ किलोमिटर मात्रै कालोपत्रे भएको छ। अब ७ सय ३२ किलोमिटर कालोपत्रे गरेमात्रै लक्ष्य हासिल हुन्छ। यही आयोजना मातहत पर्ने २ सय ३६ किलोमिटर सडक र २५ वटा पुलको ठेक्का समेत लागेको छैन। तोकिएको समयमा निर्माण नहुँदा यो आयोजना एक दशकदेखि अलपत्र छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयका प्रवक्ता तथा इन्जिनियर सुरजहरि अधिकारीले आयोजनाको समष्टिगत भौतिक प्रगति पुस मसान्तसम्म ५९.४२ प्रतिशत र वित्तीय प्रगति ६५.४५ प्रतिशत भएको बताए। ‘अहिलेसम्म आयोजना मातहत ११ सय ४७ किलोमिटर सडक कालोपत्रे भएको छ,’ उनले भने, ‘९१ वटा पुल पनि बनिसके ।’ तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०६४/६५ मा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेका थिए।

पछि यो आयोजना आव २०७४/७५ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती, सडकको मुआब्जा विवाद र बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्न नहुँदा सुरुमा लक्षित समय सकिइसक्दा पनि आयोजना निर्माणले गति लिन सकेको छैन।

संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म यो राजमार्ग निर्माण सम्पन्न हुनेछ। सरकारले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २६ जिल्ला र २ सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ।

आयोजना सुरु गर्दा प्रारम्भिक चरणमा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो। सुरुआती चरणमा यो आयोजना आव २०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। समयमै निर्माण सम्पन्न नहुँदा आयोजनाको संशोधित लागत अहिले १ खर्ब १ अर्ब ५० करोड रूपैयाँ पुगेको छ।

निर्देशनालय मातहतको आयोजनाबाट आव ०७७/७८ सम्म ६ सय ५१ किलोमिटर सडक कालोपत्रे भएको छ। सडकका अन्य निकायले ४ सय ६२ किलोमिटर कालोपत्रे गरेका छन्। चालु आवको ६ महिनामा ३३.५ किलोमिटर सडक कालोपत्रे भएको छ। बाँकी रहेको ७३२ किलोमिटरमध्ये २३६ किलोमिटरको ठेक्का व्यवस्थापनको काम नै बाँकी छ। ४९६ किलोमिटर निर्माणाधीन अवस्थामा छ। ३० देखि ३१ किलोमिटर सडक टेन्डरको प्रक्रियामा छ।

प्रवक्ता अधिकारीले सरकारले तोकेको लक्ष्य अनुसार सडक निर्माणको काम सम्पन्न गर्न गाह्रो हुने बताए। ‘बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा र पोखराको मणिपाल अस्पताल पछाडिको क्षेत्रको एलाइनमेन्टमा समेत समस्या भएकाले आयोजना तोकिएको समयभित्रै सम्पन्न गराउन कठिन हुने देखिन्छ,’ उनले भने। यो आयोजना अन्तर्गत १३७ पुलमध्ये ९१ पुल निर्माण सम्पन्न भइसकेको छ। २१ वटा पुल निर्माणाधीन अवस्थामा छन् भने बाँकी २५ वटाको ठेक्का लाग्न बाँकी छ। 

६ महिनामा साढे ३३ किलोमिटर कालोपत्रे

चालु आर्थिक वर्षको ६ महिना अवधिमा उक्त राजमार्गको साढे ३३ किलोमिटर कालोपत्रे भएको छ। बहुवर्षे ठेक्का अनुसार सञ्चालित यो आयोजनाको चालु आवमा ३ सय ४० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य थियो। पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक हरिकुमार पोखरेलले चालु आवको ६ महिनामा १९.३६ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘सरकारले चालु आवको बजेटमा आयोजनाको लागि ८ अर्ब ३ करोड ४५ लाख रूपैयाँ विनियोजन गरेको थियो। 

अहिलेसम्म एक अर्ब ९२ करोड रूपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘वर्षात् र कोभिड १९ को कारण लक्ष्यअनुसार खर्च नभएको हो। अब निर्माणको मुख्य सिजन आएकाले लक्ष्य अनुसार सडक पूर्वाधार तथा पुल निर्माणको कामले गति लिनेछ ।’ चालु आवमा आयोजनाको ३४ प्रतिशत वित्तीय प्रगति भएको छ।

यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङबाट पश्चिममा बैतडीको झुलाघाट छुनेछ। यो सडक तयार भएसँगै २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा जोडिनेछन्। यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ। 

यो सडकले ग्रामीण बस्तीबाट सहर बसाइँसराइ गर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पु‍र्‍याउने अपेक्षा छ। १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल (मध्यपहाडी) राजमार्ग बनेसँगै मुलुकको एक तिहाइ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ। यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्ती जोड्नेछ।
अर्को समाचार
रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित
०९ चैत्र २०८०
•
२ मिनेट पाठ
रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित
निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ।




बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रूत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए।

‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम रु ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ’, निर्देशक निरौलाले भने।

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ। शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब रु.५८ करोड ८९ लाख  मुआब्जा रकम बाँड्नुपर्ने भएको छ। ‘सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन’,निर्देशक निरौलाले भने।

चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई रु.७५ करोड ४८ लाख  विनियोजन गरेको छ। यसमध्ये मुआब्जाका लागि रु. १३ करोड ४० लाख मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए।

‘आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको तेत्तीस हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिव नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ’, सूचना अधिकारी पौडेलले भने, ‘आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको छ।’

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो। २०६२/०६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९÷९० मा सम्पन्न गर्ने लक्ष्य छ। संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रु. ५२ अर्ब ८९ करोड हो। रासस
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस