प्रारम्भिक जनगणना–२०७८: १० वर्षमा ३२ जनामात्रै वृद्धि
१४ माघ २०७८
•
२ मिनेट पाठ
प्रारम्भिक जनगणना–२०७८: १० वर्षमा ३२ जनामात्रै वृद्धि
दार्मा गाउँपालिकाको मुख्य केन्द्र फारुला बजार। तस्बिर सौजन्यः दार्मा गाउँपालिका सल्यान
२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसंख्या १९ हजार नौ सय ६६ थियो। २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसंख्या मात्र ३२ जनाले बढेको छ। यसभन्दा अघि गाउँपालिका आफैँले गणना गर्दा २३ हजार चार सय १८ जनसंख्या रहेको तथ्यांक निकालेको थियो।




१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसंख्या ३२ जनाले मात्रै बढ्नु प्रारम्भिक गणनानै त्रुटिपूर्ण भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा उल्लेख्य बसाइँसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकले त्रुटिपूर्ण तथ्यांक संकलन गर्दा आफ्नो पालिकाको यर्थात जनसंख्या आउन नसकेको बताएको छ। गाउँपालिकामा जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए। 

गाउँपालिकाका अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन्। रोजगारीका लागि पालिका बाहिर भएका र विदेश गएकाको तथ्यांक संकलन नहुँदा पनि वास्तविक जनसंख्या नआएको उनी बताउँछन्। ‘विदेश र रोजगारी तथा अध्ययन र अन्य कामका लागि पालिका बाहिर भएकाको तथ्यांक संकलन गरिएको रहेनछ,’ उनले भने, ‘उनीहरुको तथ्यांक नहुँदा पनि यतिधेरै नघट्नु पर्ने हो।’

गणकमा तथ्यांक शुद्धता र विश्लेषण गर्न सक्ने क्षमता नहुँदा पनि अस्वाभाविक कम जनसंख्या देखिएको गाउँपालिकाका सूचना अधिकारी शेरप्रसाद ढकालले बताए। सरकारले अनलाइनमार्फत गणनको फाराम संकलन गरेको थियो। यसभन्दा पहिला सरकारले शिक्षकहरुलाई गणकका रुपमा परिचालन गर्दै आएको थियो। ‘पहिलो अनुभवी र बौद्धिक व्यक्तित्वहरुले गणकका रुपमा काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘तर यसपालि भौगोलिक अवस्थाको ज्ञान नभएका र तथ्यांकलाई विश्लेषण तथा शुद्धता गर्न सक्ने गणक भएनन्।’ यो गम्भीररुपमा तथ्यांक संकलन नहुँदा त्रुटिपूर्ण तथ्यांक आएको उनको भनाइ छ।

शैक्षिक सुधार सुझाव कार्यदलबाट शिक्षक तथा बौद्धिक व्यक्ति परिचालन गर्दा आएको तथ्यांकभन्दा धेरै कम तथ्यांक सार्वजनिक भएको गाउँपालिकाले जनाएको छ। ‘हामीले गणना गर्दा चार हजार एक सय २९ घरमा २३ हजार चार सय १८ जनसंख्या थियो,’ उनले भने, ‘अहिले त धेरै कम भयो।’ दुई वर्षपछि गणना हुँदा त जनसंख्या बढ्नु पर्ने भन्दै उनी भन्छन्, ‘तर गाउँपालिकाको त जनसंख्या घट्यो।’

भौगोलिक विकटताका कारण पहाडी बस्तीमा फिजिएर बनेका घरहरु हुन्छन्। एक घरबाट अर्काे घर पुग्न समय लाग्ने हुँदा गणकहरुले गणनानै गर्न छुटाएको जस्तो पनि देखिएको सर्वसाधारणहरुको भनाइ छ।

प्रारम्भिक जनसंख्याअनुसार दार्मा गाउँपालिकामा चार हजार ६ घर संख्या छ। जो दुई वर्ष अगाडि गाउँपालिका आफैँले गणना गर्दा चार हजार एक सय २९ थियो। चार हजार दुई सय २० परिवार संख्या रहेको दार्मा गाउँपालिकामा नौ हजार ६ सय ९९ पुरुष र १० हजार दुई सय ९९ महिला रहेको प्रारम्भिक जनसंख्या सार्वजनिक भएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस