पर्यटन क्षेत्रमा फेरि संक्रमणको प्रभाव
०६ माघ २०७८
•
३ मिनेट पाठ
पर्यटन क्षेत्रमा फेरि संक्रमणको प्रभाव
पछिल्लो समय बुकिङ समेत पाउन मुस्किल राजधानीका होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरू बढ्दो कोरोना संक्रमणसँगै सुनसान हुन थालेका छन्। गत हप्तादेखि कोरोना संक्रमण दर बढेसँगै होटल तथा रेस्टुरेन्टको भिडभाड कम हुँदै गएको छ।




केही समय पहिले विभिन्न राजनीतिक दलका महाधिवेशनले भरिभराउ बनेका राजधानीसहित मोफसलका होटलहरूमा अहिले आएका बुकिङसमेत रद्द हुन थालेका छन्।

कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव काठमाडौंका मझौला तथा तारे होटलसम्मै पुगेको छ। नेपालमा संक्रमण दर बढेसँगै बाह्य मुलुकबाट आउने पर्यटकले समेत होटल बुकिङ रद्द गर्न थालेका छन्। कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले आदेश जारीगरेपछि गोष्ठी, सेमिनार, बैठक, साधारणसभा र पार्टीका लागि आएका बुकिङ समेत रद्द भएका छन्।

सबैभन्दा बढी कोभिडको प्रभाव खेपेको पर्यटन क्षेत्रमा पुनः प्रभाव देखिन सुरु भएपछि व्यवसायीहरू विकल्प सोच्न थालेका छन्। स्रोतका अनुसार पछिल्लो समय भुटान, ताइवान, भारत, कोरिया जर्मनी तथा युरोपियन मुलुकबाट आएका बुकिङ समेत रद्द हुन थालेका छन्।

एउटा विदेशीको समूह नेपाल आउँदा १० देखि १५ कोठा बुक हुने गरेकोमा पुनः बिजोग हुने भयो भन्दै व्यवसायी आत्तिएका छन्। देशभर झण्डै १२ लाख श्रमिक पर्यटन प्रतिष्ठानमा आश्रित रहँदै आए पनि होटलले मात्र २ लाखभन्दा बढीलाई रोजगारी दिएको सरकारी आँकडा छ। त्यसो त देशभित्र रोजगारी सिर्जना गर्न होटल क्षेत्रलाई प्रमुख रूपमा लिने गरिन्छ।

तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य पर्यटकस्तरीय होटलहरू कोरोनाकै कारण बन्द हुँदा मजदुर मात्रै होइन व्यवसायीसमेत यसको मारमा पर्न थालेका छन्। पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कर्मचारीलाई वार्षिक बिदादेखि आन्तरिक पर्यटन प्रवद्र्धन र सहुलियतका विषयमा सरकार गम्भीर नहुँदा थप मार पर्ने व्यवसायीको धारणा छ।

पर्यटनमा क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल क्षेत्र समूहमा आउने पर्यटक रोकिँदा जोखिमपूर्ण अवस्थामा छन्। वसन्त ऋतुको पर्खाइमा रहेका पर्यटन व्यवसायी समेत आगामी ट्रेकिङ सिजनको बारेमा चिन्तित हुन थालेका छन्।

विदेशी पाहुनामा निर्भर पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै प्रशासनले जारी गरेको प्रोटोकलका कारण व्यवसायी थप सशंकित छन्।

दसैंयता होटल क्षेत्र विस्तारै चलायमान हुन थालेपछि श्रमिकको समेत माग बढ्दै गएको थियो। होटल बुकिङको अनुपात हेर्दा यो क्षेत्र पुरानै अवस्थामा फर्केको हो कि भन्ने लाग्न थाल्दा सुरु भएको संक्रमणको तेस्रो लहरले पर्यटन बजार प्रभावित भएको छ।

‘विश्व पर्यटन बजार पूर्ण रूपमा पुरानै लयमा फर्किन अझै केही वर्ष लाग्ने प्रक्षेपण गरे पनि नेपालको पर्यटन क्षेत्रमा आएको गतिशीलताले सकारात्मक सन्देश दिन खोजेको थियो,’ एक होटल व्यवसायीले भने, ‘सबै व्यवसायी र मजदुरले कोरोनाविरुद्धको पूर्ण खोप लिइसकेका थिए। तर पछिल्लो संक्रमणले ट्राभल, पदयात्रा, होटल, पर्वतारोहण, ¥याफ्टिङ क्षेत्रमा आएको पुनर्जीवन हराउँदै गएको छ।

आन्तरिक पर्यटकको चहलपहलसँगै विदेशी पाहुनाको संख्यासमेत बढ्दै जाने अपेक्षामा रहेका व्यवसायीमा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता सुरु भएको ती व्यवसायीको भनाइ छ।

कोरोना संक्रमण बढेसँगै चलायमान भएको बजार प्रभावित हुन थालिसकेको छ। संक्रमण दर बढेसँगै व्यापारिक केन्द्र तथा सपिङ कम्प्लेक्सहरू सुनसान देखिन थालेका छन्।

बढ्दो संक्रमणले हवाई क्षेत्रमा समेत सुरक्षा मापदण्डमा कडाइ गर्न थालिएको छ।

पछिल्लो समय सामान्य रहेको हवाई यातायातमा तेस्रो लहरसँगै स्वास्थ्य मापदण्डमा कडाइ सुरु भएको छ। विमानस्थल कार्यालयले यात्रु बाहेकका नागरिकलाई सकेसम्म विमानस्थन नआउन आग्रह गरिसकेको छ भने हवाई यात्रा गर्दा यात्रुले फेरि अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने, फेससिल्ड लगाउनुपर्ने जस्ता नियम सुरु भएका छन्।

हवाईजहाजभित्र अनिवार्य सेनिटाइजर राख्न, जहाज र ब्यागेजलाई निसंक्रमित गराउन, चेक–इन, बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्य लगायत मापदण्ड लागू गरिएको छ। यसअघि सरकारले हवाई यात्राअघि सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा आन्तरिकतर्फ यात्रुको एन्टिजेट परीक्षण गराउने तयारी गरे पनि हवाई कम्पनीहरूले उक्त प्रस्ताव सहज नरहेको भन्दै हाललाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणको आधारमा सेवा दिने तयारी छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस