व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित
२० पौष २०७८
•
१ मिनेट पाठ
व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित
नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।




संघको नयाँ कार्य समितिका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जना गरी जम्मा १६ जनाले मात्रै उम्मेदवारी दर्ता गरेको संघको निर्वाचन अधिकृत अधिवक्ता पुनम गुप्ताले बताए। यसरी अन्तिम समयसम्म पनि अरु कसैको पनि उम्मेदवारी दर्ता नभएपछि १६ जनालाई निर्विरोध निर्वाचित घोषाण गरिएको गुप्ताले जनाकारी दिए।  

यसरी निर्वाचित हुनेहरुमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिलकुमार साह, विनीत सिंघानिया, सुशील सुराना, राजेश अग्रवाल रहेका छन्। यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दीपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकासकुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन्।

नयाँ कार्य समिति सहमति अनुरुप निर्विरोध भएको र पदाधिकारी पनि सहमतिमै चयन हुने बताइएको छ। हाल संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका नवीन रिजाललाई सर्वसम्मत अध्यक्ष बनाउने र अन्य पदाधिकरीमा पनि सर्वसम्मत गर्ने तयारी भइरहेको छ। व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १–१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहने छन्। कार्य समितिले मनोनित गर्ने अन्य सदस्यसहित संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ।
अर्को समाचार
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध
२८ भदौ २०८३
•
१ मिनेट पाठ
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन्।




नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योगतर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन भए। 

त्यस्तै, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानीया तथा सह कोषाध्यक्षमा मनिष मारु चयन भएका छन्। प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन्। कार्य समिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिस गोल्छा, वेदान्त जाजु, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहत र ओमप्रकाश शर्मा चयन भए।

आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएका छन्। संघअन्तर्गतको महिला उद्यम समितिको संयोजकमा साधना झा र सहसंयोजकमा जीना श्रेष्ठ चयन भए। 
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस