नेपाल मुद्रण उद्योग महासंघले पाठ्यक्रम विकास केन्द्रले पूर्ववत् छपाईसम्बन्धी व्यवस्थासमेतलाई खुम्च्याउने गरी आगमाी शैक्षिक सत्र २०७९ का लागि सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक मात्र छपाई तथा वितरण गर्ने व्यवस्थाप्रति आपत्ति व्यक्त गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै विगतमा निजी क्षेत्रले मुद्रण गर्दै आएका कक्षासमेत कटौती गरेर आफ्नै क्षमताले मुद्रण गरी तयारी गर्न नसक्ने सरकारी स्वामित्वको मुद्रण संस्था जनक शिक्षा सामाग्री केन्द्रलाई सामुदायिक विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक छपाई तथा वितरणका लागि कक्षा थप गरी एकाधिकार जिम्मेवारी दिएकोमा विरोध गरेको हो। राज्यका तर्फबाट भएको विभेदपूर्ण व्यवहारको विरोध गर्दै आफूहरू पाठ्यक्रम विकास केन्द्रले दर्ता तथा नवीकरणका लागि गरेको प्रक्रियामा सहभागी नभएको बताएको छ।
जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमा नै छपाई तथा वितरण गर्न नसकेका कारण शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न नसक्ने अवस्थालाई लिएर २०६४ सालबाट कक्षा एकदेखि आठसम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो। तर, निजी क्षेत्रले मुद्रण गर्दै आएका सामुदायिक विद्यालयका तहगत पाठ्यपुस्तकको जिम्मेवारी क्रमशः घटाउँदै कक्षा ८ बाट कक्षा ५ मा र कक्षा ५ बाट शैक्षिक सत्र २०७८ मा कक्षा ४ मा घटाइएकोेमा शैक्षिक सत्र २०७९मा पुनः एक कक्षा घटाई कक्षा तीनसम्ममा सीमित गर्न खोज्नु कुनै पनि ढंगबाट युक्ति संगत नभएको पनि महासंघले बताएको छ।