चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा बढी पर्यटन क्षेत्रमा
१२ पौष २०७८
•
४ मिनेट पाठ
चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा 
बढी पर्यटन क्षेत्रमा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।




यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ। राष्ट्र बैंकका अनुसार चार महिनामा चार अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो उक्त अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

पर्यटनपछि धेरै पुनर्कर्जा उत्पादनमूलक क्षेत्रमा (२०.४३ प्रतिशत) गएको छ। चार महिनाको अवधिमा जलविद्युत् क्षेत्रमा १६.२३, यातायातमा २.७३, शिक्षामा २.७२, अस्पतालमा २.२२ र कपडा उद्योगमा ०.६१ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको हो।

प्रदेशगत हिसाबले सोही अवधिमा सबभन्दा धेरै पुनर्कर्जा संघीय राजधानी रहेको बागमती प्रदेशमा गएको छ। चार महिनामा प्रवाह भएको कुल पुनर्कर्जामध्ये बागमतीमा करिब ४७ प्रतिशत लगानी भएको छ भने गण्डकीमा २६.२७, लुम्बिनीमा १३.५४, प्रदेश २ मा ५.४८ र प्रदेश १ मा ७.२७ प्रतिशत प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग, व्यवसायलाई सहयोग पुग्ने गरी गत वर्ष पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको चार गुनासम्म कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएको थियो।

गत वर्ष साढे एक खर्ब पुनर्कर्जा

कोरोना प्रभावित उद्योग, व्यवसायलाई गत वर्ष एक खर्ब ४९ करोड रूपैयाँ लगानी गरिएको थियो। राष्ट्र बैंकका अनुसार त्यस वर्ष करिब ४८ हजार नौ सयले पुनर्कर्जा लिएका थिए। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउने व्यवस्था छ।

त्यस्तै, राष्ट्र बैंकले २० प्रतिशत (४२ अर्ब ५० करोड रूपैयाँ) सिधै ग्राहक पुनर्कर्जा शीर्षकमा लगानी गर्न पाउँछ। लघुवित्त वित्तीय संस्थाले बाँकी २१ अर्ब २५ करोड रूपैयाँ एकमुष्ठ रूपमा आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ।

पुनर्कर्जा कार्यक्रमको सुरुताका बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नगरेपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी सिधै पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो। त्यसपछि एकातिर राष्ट्र बैंकले ठूला व्यवसायीलाई ग्राहक मूल्यांकनको आधारमा लगानी गर्न थाल्यो भने त्यसपछि बैंक तथा वित्तीय संस्थाले पनि लगानीलाई तीव्रता दिए।

पुनर्कर्जा सुविधाका लागि कार्यविधि बनाइएको छ। कर्जा पाउन तोकिएका मापदण्ड पूरा गर्नुपर्छ। मापदण्ड पूरा गर्न कोरोना महामारीबाट अति र मध्यमस्तरको पीडित हुनुपर्छ। कार्यविधिअनुसार ग्राहकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन्। यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो।

गत वर्ष पनि धेरै पुनर्कर्जा पर्यटन क्षेत्रमा

गत वर्ष पनि धेरै पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रले पाएको छ। राष्ट्र बैंकका अनुसार त्यस वर्ष कुल कर्जामध्ये पर्यटन क्षेत्रले ४७.२६ प्रतिशत पुनर्कर्जा उपयोग गरेको थियो।

कोरोना संक्रमणबाट बच्न पटक–पटकको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र अति प्रभावित भएको छ। निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना महामारीअघिको अवस्थामा फर्किन यो क्षेत्रलाई धेरै समय लाग्ने देखिन्छ। कोभिड–१९ को जोखिमबाट सबैभन्दा धेरै प्रभावित भएकै कारण पर्यटन क्षेत्रले पुनर्कर्जामा प्राथमिकता पाएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। पर्यटनसँगै होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायात लगायत अति प्रभावित क्षेत्रले पनि पुनर्कर्जाको सुविधा पाएको राष्ट्र बैंकले जनाएको छ।

एक महिनाभित्र ९२ अर्ब जाँदै

यसैबीच, राष्ट्र बैंकले एक महिनाभित्र पुनः ९२ अर्ब रूपैयाँ पुनर्कर्जा दिने तयारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले एक हप्ताभित्र ५२ अर्ब र एक महिनाभित्र बाँकी ४० अर्ब रूपैयाँ पुनर्कर्जा सबै बैंकमा पठाउने जानकारी दिए।

पुनर्कर्जाको सुविधाले अहिले देखिएको तरलता अभाव कम गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोरोना महामारीले उद्योग व्यवसाय प्रभावित भएपछि केन्द्रीय बैंकले गत वर्षदेखि पुनर्कर्जा दिन थालेको हो। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको पाँच गुणा अर्थात दुई खर्ब १२ अर्ब रूपैयाँसम्म पुनर्कर्जा दिन सकिने बताइएको छ।
अर्को समाचार
पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा
२३ पौष २०७८
•
४ मिनेट पाठ
पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ।




राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

पर्यटनपछि धेरै पुनर्कर्जा उत्पादनमूलक क्षेत्रमा (२०.४३ प्रतिशत) गएको छ। ४ महिनाको अवधिमा जलविद्युत् क्षेत्रमा १६.२३, यातायातमा २.७३, शिक्षामा २.७२, अस्पतालमा २.२२ र कपडा उद्योगमा ०.६१ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको हो।

प्रदेशगत हिसाबले सोही अवधिमा सबभन्दा धेरै पुनर्कर्जा संघीय राजधानी रहेको वाग्मती प्रदेशमा गएको छ। ४ महिनामा प्रवाह भएको कुल पुनर्कर्जामध्ये वाग्मतीमा करिब ४७ प्रतिशत लगानी भएको छ भने गण्डकीमा २६.२७, लुम्बिनीमा १३.५४, प्रदेश २ मा ५.४८ र प्रदेश १ मा ७.२७ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग, व्यवसायीलाई सहयोग पुग्ने गरी गत वर्ष पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको चार गुनासम्म कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएको थियो।

गत वर्ष साढे एक खर्ब पुनर्कर्जा

कोरोना प्रभावित उद्योगी, व्यवसायीलाई गत वर्ष १ खर्ब ४९ करोड रूपैयाँ लगानी गरिएको थियो। राष्ट्र बैंकका अनुसार सो वर्ष करिब ४८ हजार ९ सयले पुनर्कर्जा लिएका थिए। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा लगानी गर्न पाउने व्यवस्था छ।

त्यस्तै राष्ट्र बैंकले २० प्रतिशत (४२ अर्ब ५० करोड रूपैयाँ) सिधैं ग्राहक पुनर्कर्जा शीर्षकमा लगानी गर्न पाउँछ। लघुवित्त वित्तीय संस्थाले बाँकी २१ अर्ब २५ करोड रूपैयाँ एकमुष्ट रूपमा आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ।

पुनर्कर्जा कार्यक्रमको सुरुताका बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नगरेपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी सिधै पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो। त्यसपछि एकातिर राष्ट्र बैंकले ठूला व्यवसायीलाई ग्राहक मूल्यांकनको आधारमा लगानी गर्न थाल्यो भने त्यसपछि बैंक तथा वित्तीय संस्थाले पनि लगानीलाई तीव्रता दिए।

पुनर्कर्जा सुविधाका लागि कार्यविधि बनाइएको छ। कर्जा पाउन तोकिएका मापदण्ड पूरा गर्नुपर्छ। मापदण्ड पूरा गर्न कोरोना महामारीबाट अति र मध्यमस्तरको पीडित हुनुपर्छ। कार्यविधि अनुसार ग्राहकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन्। यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो।

गत वर्ष पनि धेरै पुनर्कर्जा पर्यटन क्षेत्रमा

गत वर्ष पनि धेरै पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रले पाएको छ। राष्ट्र बैंकका अनुसार त्यस वर्ष कुल कर्जामध्ये पर्यटन क्षेत्रले ४७.२६ प्रतिशत पुनर्कर्जा उपयोग गरेको थियो।

कोरोना संक्रमणबाट बँच्न पटक–पटकको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र अति प्रभावित भएको छ। निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना महामारीअघिको अवस्थामा फर्किन यो क्षेत्रलाई धेरै समय लाग्ने देखिन्छ।

कोभिड–१९ को जोखिमबाट सबैभन्दा धेरै प्रभावित भएकै कारण पर्यटन क्षेत्रले पुनर्कर्जामा प्राथमिकता पाएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। पर्यटनसँगै होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायातलगायत अति प्रभावित क्षेत्रले पनि पुनर्कर्जाको सुविधा पाएको राष्ट्र बैंकले जनाएको छ।

एक महिनाभित्र ९२ अर्ब जाँदै

यसैबीच राष्ट्र बैंकले १ महिनाभित्र पुनः ९२ अर्ब रूपैयाँ पुनर्कर्जा दिने तयारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले एक हप्ताभित्र ५२ अर्ब र १ महिनाभित्र बाँकी ४० अर्ब रूपैयाँ पुनर्कर्जा सबै बैंकमा पठाउने जानकारी दिए।

पुनर्कर्जाको सुविधाले अहिले देखिएको तरलता अभाव कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोरोना महामारीले उद्योग व्यवसाय प्रभावित भएपछि केन्द्रीय बैंकले गत वर्षदेखि पुनर्कर्जा दिन थालेको हो। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको पाँच गुणा अर्थात् २ खर्ब १२ अर्ब रूपैयाँसम्म पुनर्कर्जा दिन सकिने बताइएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस