नेपालगन्जका दुई डिलरमा राजस्व अनुसन्धान विभागको केन्द्रीय टोलीले छापा मारेको छ। नेपालगन्ज उपमहानगरपालिका–१, स्थित खजुरा रोटमा रहेको रामकुमार राठौरले सञ्चालन गरेको राठौर जनरल स्टार र हरिश अग्रवालले सञ्चालन गरेको खाद्य सप्लायर्समा उक्त टोलीले मंगलबार बिहान छापा मारेको हो।
ति डिलरहरुले राजस्व छली गरेको उजुरीका आधारमा राजस्व अनुसन्धान विभागले छापा मारेको स्रोतले जनाएको छ। स्रोतका अनुसार डिलरहरुमा छापा मार्न राजस्व अनुसन्धान विभागको टोली काठमाडौंबाट नेपालगन्ज आएको थियो। भारतमा सुर्तीजन्य पदार्थको उत्पादन प्रतिबन्ध भएकाले नेपालबाट अवैधरुपमा गुट्खाहरु निर्यात हुने गरेको छ। नेपालबाट भारत निर्यात हुने सुर्तीजन्य पदार्थमा राजस्व विभागको स्टीकर प्रयोग गरिएको हुँदैन। ‘अवैधरुपमा कर ठगी गरेर भारत निर्यात गर्ने सुर्तीजन्य पदार्थमा करको स्टीकर हुँदैन,’ स्रोतले भन्यो, ‘कर ठगी गरेर भारत निर्यात हुँदै आएको छ।’
यति मात्र होइन बाँकेका कतिपय व्यापारीले कर छली गरेर भारतमा सुर्तीजन्य पदार्थ निर्यात गर्दै आएका छन्। यसले राजस्वमा ठूलो घाटा व्यहोर्नु परेको छ। बिहान आएर छापा मारेको राठौर जनरल स्टोरका सञ्चालक रामकुमार राठौरले जनाए। ‘कसैले उजुरी गर्यो होला,’ उनले भने, ‘राजस्व अनुसन्धान विभाग आएर अनुसन्धान गर्यो गयो।’ अनुसन्धान टोलीले एक थान ल्यापटप र स्टक बुक लिएको उनले बताए। अहिले निर्वाधरुपमा काम भइरको उनी बताउँछन्। उनले मेगा श्री, चाउचाउ, बिस्कुट, सरब र साबुन बिक्री गर्दै आएका थिए।
कोभिड–१९ (कोरोना भाइरस) बाट प्रभावित बनेको व्यापार व्यवसायीको मनोबल कमजोर पार्ने गरी हुने अनुसन्धानले व्यापारलाई घाटामा पुर्याउने उनको भनाइ छ। राजस्व अनुसन्धान विभागको अधिकार क्षेत्रभित्र पर्ने भएकाले छापा मारेकोप्रति आफ्नो कुनै गुनासो नभएको उनी बताउँछन्।