‘कृषि क्षेत्रमा कम बजेट’
०६ पौष २०७८
•
२ मिनेट पाठ
‘कृषि क्षेत्रमा कम बजेट’
धान, गहुँ, तरकारी उत्पादनमा ठूलो सम्भावना बोकेको कपिलवस्तुका पालिकाहरूले न्यून बजेट विनियोजन गरेको गुनासो गरिएको छ।




मुलुक संघीयतामा जानुअघि जिविस, नगरपालिका र गाविसमा कुल बजेटको १५ प्रतिशत अनिवार्य रूपमा छुट्ट्याउनुपर्ने नियम बनाइएको थियो। अहिले पालिकाहरूले कपिलस्तुमा न्यून बजेट विनियोजन गरेका छन्। चालु आर्थिक वर्ष ०७८/७९ मा कपिलवस्तुका अधिकांश पालिकाले कृषि क्षेत्रमा नाम मात्रको बजेट नियोजन गरेका  हुन्।

कृषि ज्ञान केन्द्रले तौलिहवामा स्थानीय तहका कृषि प्राविधिकसँग राखेको गोष्ठीमा पालिकाका कृषि शाखा प्रमुखहरूले यस्तो गुनासो गरेका हुन्। सो अवसरमा सुदीप मौर्यले मुलुक संघीयतामा जानुअघि कृषि क्षेत्रका लागि १५ प्रतिशत बजेट विनियोजन गरिएको भए पनि अहिले भने कृषि क्षेत्रलाई सौताको छोरा जस्तै व्यवहार गरिएको बताए। ‘अहिले कृषि क्षेत्रका लागि बजेटको कुनै सुनिश्चितता छैन, कसरी कृषि क्षेत्रको विकास हुन्छ?’ उनले भने। ११ वटा वडा भएको कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ का लागि कृषि क्षेत्रमा ५० हजार बजेट छ।

पालिकाका कृषि प्रमुख उदयराज पासीले आफूहरूले विभिन्न कृषिका योजना र कार्यक्रम पेस गरे पनि पालिकाले ५० हजार मात्र बजेट दिएको बताए। सो पालिकामा लुम्बिनी प्रदेश सरकारबाट ५० हजार र संघीय सरकरबाट २८ लाखको कृषि कार्यक्रम आएको उनले बताए।

१२ वडा रहेको कपिलवस्तु नगरपालिकाले पनि चालु आर्थिक वर्षका लागि कृषिमा २० लाख बजेट विनियोजन गरेको नगरपालिकाका कृषि शाखा प्रमुख भगवनदास गुप्ताले बताए। ‘डेढ करोड बढीका योजना र कार्यक्रम पेस गरेका थियौ, २० लाख बजेट विनियोजन भएको छ,’ उनले भने।

सो नगरपालिकामा संघीय सरकरबाट ३ वटा कार्यक्रमका लागि ४० लाख र प्रदेशबाट ५० हजार बजेट आएको छ। सुद्धोधन गाउँपालिकामा २० लाख विनियोजन गरिएको छ। सो पालिकामा संघीय सरकारबाट ६० लाख र प्रदेशबाट ५० हजार आएको छ। विजयनगर गाउँपालिकामा २३ लाख बजेट छ भने प्रदेश सरकरबाट ५ लाख ४४ हजार र संघीय सरकरबाट १६ लाख आएको छ।

मायादेवी गाउँपालिकामा २७ लाख ८० हजार बजेट छ। यसमा प्रदेशबाट ४ लाख ५० हजार र संघीय सरकारबाट ४८ लाख बजेट आएको छ। कृष्णनगर नगरपालिकामा ३० लाख बजेट छ। प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख ५० हजार आएको छ। यशोधरा गाउँपालिकाले भने कृषिमा ८३ लाख बजेट विनियोजन गरेको छ। सो पालिकामा प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख बजेट छ।

जिल्लाका उत्तरी भेगमा रहेका २ पालिकाले भने कृषि क्षेत्रका लागि १ करोडभन्दा बढी बिजेट विनियोजन गरेका छन्। सबैभन्दा बढी बाणगंगा नगरपालिकाले १ करोड २२ लाख बजेट विनियोजन गरेको छ। संघबाट ८५ लाख र प्रदेशबाट ५० हजार आएको छ। शिवराज नगरपालिकाले १ करोड १० लाख बजेट दिएको छ।

सो पालिकामा प्रदेशबाट ४ लाख ९५ हजार र संघीय सरकारबाट ६५ लाख तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि ४ लाख ९५ हजार आएको छ। बुद्धभूमि नगरपालिकामा ७५ लाख विनियोजन गरिएको छ। प्रदेशबाट ५० हजार र संघीय सरकारबाट ८७ लाख आएको छ।
अर्को समाचार
कृषि र सिँचाइमा बजेट बढ्यो
१६ जेष्ठ २०७७
•
६ मिनेट पाठ
कृषि र सिँचाइमा बजेट बढ्यो
सरकारले आगामी वर्षको लागि कृषि तथा सिँचाइको क्षेत्रमा ६९ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को अनुमानित आयव्यय विवरण (बजेट)मा कृषि तथा सिँचाइ क्षेत्रलाई क्रमशः ४१ अर्ब ४० करोड र २७ अर्ब ९६ करोड विनियोजन गरेको उल्लेख गरे ।




उनले कृषि भूमिको अधिकतम सदुपयोग गर्दै बाली सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणको उत्पादनमा प्रोत्साहन गर्ने व्यवस्था मिलाइने बताए । यसका लागि सरकारले सिँचाइ, मल, बीउ, पुँजी, प्रविधि तथा बजारको सुनिश्चतता गर्नेछ । बजेट वक्तव्यमा गरिब, विपन्न तथा साना किसानलाई लक्षित गरी कृषि उद्यम प्रवद्र्धनको लागि ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

मन्त्री खतिवडाले स्थानीय तहमा एक गाउँ एक पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने बताए । उनले भने, ‘आगामी वर्ष कृषि तथा पशुपालनका २५० पकेट क्षेत्र विकास गरी हरेक स्थानीय तहका कम्तीमा एक पकेट क्षेत्र सुनिश्चित गर्ने गरी तीन अर्ब २२ करोड बजेट विनियोजन गरेको छु ।’

बजेट वक्तव्यमा खाद्य स्वच्छता प्रवद्र्धन तथा नियमन गर्न कानुनी संरचना तयार गर्ने र आगामी वर्ष कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला सञ्चालनमा ल्याइने उल्लेख छ । सरकारले खेतीबाली लगाउने समयअगावै रासायनिक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न रासायनिक मलमा अनुदानका लागि ११ अर्ब बजेट विनियोजन गरेको छ ।  

काठमाडौंको चोभारमा निर्माणाधीन फलफूल तथा हाट बजार सञ्चालनमा ल्याउने र सबै प्रदेशमा गरी ७८ कृषि थोक बजार निर्माणका लागि स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न तथा प्रदेश स्तरीय कृषि उपजको ‘हब मार्केट’ स्थापना गर्न बजेट व्यवस्था गरिएको छ ।

कृषि भूमिमा कृषकको पहुँच विस्तार गर्न करार खेती, चक्लाबन्दी र सामुदायिक सहकारी खेतीलाई प्रोत्साहन गर्ने र आगामी वर्षदेखि स्थानीय तह, सहकारी संघ संस्था एवं भूमि बैंकमार्फत हुने खेती र सामूहिक खेती गर्ने समूहलाई मात्र शीत भण्डार निर्माण अनुदान दिइने मन्त्री खतिवडाले बताए ।

सबै स्थानीय तहमा कम्तीमा एक कृषि र एक पशु सेवा प्राविधिकको व्यवस्था मिलाउन ५० करोड बजेट व्यवस्था गरिएको छ । कृषि बाली तथा पशुपक्षी बिमाको प्रिमियम अनुदान रकममा वृद्धि गर्दै बाली बिमा गर्दा प्रिमियम बापत कृषकले तिर्नुपर्ने रकम बाली उत्पादन भएपछि तिर्न पाउने सुविधा दिने उल्लेख छ ।  

आगामी वर्ष कृषितर्फ थप ५० लाख र वनतर्फका कार्यक्रमबाट थप ५५ लाख फलफूलका बिरुवा उत्पादन गरी वितरण गर्ने र प्रत्येक स्थानीय तहमा नर्सरी स्थापना गरी कम्तीमा १० हजार फलफूलको बिरुवा उत्पादन गर्न प्राविधिक सहयोग उपलब्ध गराइने बताइएको छ । उपयोगविहीन सार्वजनिक जग्गा, सडक तथा राजमार्गका किनारा र नदी उकासबाट प्राप्त हुने जमिनमा अभियानको रूपमा फलफूल र अन्य उपयुक्त खेती गर्न निजी, सहकारी र सामुदायिक संघ–संस्थालाई प्रोत्साहित गरिने मन्त्री खतिवडाले बताए ।

उनले सहकारी संघ–संस्थामार्फत कपास, रेशम, ऊन र अन्य धागोजन्य उत्पादन एवं प्रशोधनको लागि अनुदानको व्यवस्था गर्ने र उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा प्रदान गरिने अनुदानलाई निरन्तरता दिन ९५ करोड विनियोजन गरिएको उल्लेख गरे । कृषि ऋणमा सहज पहुँच पु¥याउन किसान क्रेडिट कार्डको सुरुवात गर्ने मन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले कृषियोग्य जमीनमा तत्काल सिँचाइ सुविधा पुर्याई उत्पादन बढाउन आगामी वर्ष तराई र भित्री मधेसका २५ जिल्लामा पाँच हजार स्यालो ट्युबवेल तथा २४७ डिप ट्युबवेल जडान गरी थप २२ हजार हेक्टर कृषियोग्य जमीनमा भूमिगत सिँचाइ सुविधा पु¥याउन दुई अर्ब ३२ करोड विनियोजन गरेको बताए ।    

बजेट वक्तव्यमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्यान्वयन गर्ने र महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गरी १० अर्ब २५ करोड  विनियोजन गरेको उल्लेख छ ।

त्यस्तै, सरकारले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण आगामी वर्ष सुरु गर्न दुई अर्ब ४६ करोड विनियोजन गरेको छ । पहाडी तथा हिमाली क्षेत्रका नदी छेउछाउका कृषियोग्य जमीनमा सौर्य ऊर्जाको उपयोग गरी लिफ्ट सिँचाइ कार्यक्रम सञ्चालन गर्न एक अर्ब ३१ करोड विनियोजन गरिएको मन्त्री खतिवडाले बताए । खतिवडाले जनताको तटबन्ध कार्यक्रम अन्तर्गत विभिन्न नदीमा तटबन्ध निर्माण गर्न ६ अर्ब २० करोड विनियोजन गरेको बताए ।  

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा आगामी वर्ष तीन सय स्थानीय तहमा भूमि बैंकका एकाइ स्थापना गरिने बताए । उनले भने ‘भूमि बैंकले जग्गा धनीबाट लिजमा लिएको जमीन, सरकारी स्वामित्वको उपयोगमा नरहेको जमीन र नदी नियन्त्रणबाट उकास भएको जमीन कृषि कार्यको लागि उपयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई निश्चित समयसम्म लिजमा उपलब्ध गराउनेछ ।’  

उनले जमीन लिजमा लिई उत्पादन गर्नेलाई प्रोत्साहनस्वरूप कृषि सामग्रीमा सहुलियत दिइने गरी भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड व्यवस्था गरेको बताए ।  

बजेटमा महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने व्यवस्था मिलाइने र भूमिसम्बन्धी समस्या समाधान गर्न गठन भएको आयोगमार्फत आगामी वर्ष सुकुमबासीको व्यवस्थापन तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सय स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री खतिवडाले सूचना प्रविधिमा आधारित घरजग्गा रजिस्ट्रेसन प्रणाली कार्यान्वयनमा ल्याई सबै जिल्लामा मालपोतसम्बन्धी सेवालाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइने बताए ।

सबै स्थानीय तहको भू–उपयोग नक्सा तथा डाटाबेस तयार गर्ने कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने र नापजाँच गर्न छुट भएका गाउँ ब्लक लगायत बाँकी जग्गाको कित्ता नापी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न एक अर्ब ७३ करोड विनियोजन गरेको मन्त्री खतिवडाले बताए ।    

सबै प्रकारका उत्पादन, संकलन, भण्डारण र वितरणसम्मका सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाकै सेयर लगानीमा थोक उपभोक्ता सहकारी संस्था स्थापना गरिने उल्लेख छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई एक हजार सहकारी संस्थामार्फत कर्जा प्रवाह गरी कृषि तथा साना व्यवसाय प्रवद्र्धन गर्न तीन अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको मन्त्री खतिवडाले बताए । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई एक अर्कामा गाभिन तथा नविन प्रविधिको प्रयोग बढाउँदै नगदरहित कारोबार गर्न प्रेरित गर्ने खतिवडाले बताए ।  

जडीबुटीको व्यावसायिक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्रान्डिङ गरी निर्यात प्रवद्र्धन गर्ने बजेटमा उल्लेख छ ।

मन्त्री खतिवडाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको एक अर्ब ५५ करोड विनियोजन गरेको बताए । उनले प्रदेश तथा स्थानीय तहको सहकार्यमा जलवायुजन्य जोखिम न्यूनीकरण तथा अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछ । वन क्षेत्रबाट कार्बन व्यापारको लाभ लिन रेडप्लस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस