हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनबाट प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षः कविता गुरूड, उपाध्यक्ष सुमन थापा महासचिव अर्जुन गौचन, सचिव भेषमनी श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, सहकोषाध्यक्ष करूण श्रेष्ठ रहेका छन्।
त्यसैगरी सदस्यहरूमा सुरज श्रेष्ठ, सन्तोषकुमार गुरूड, ज्ञानेन्द्र थापा र अनिता गुरूड रहेका छन्। बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोक निवासी पुन प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन्। नेपाल र हङकङको व्यापार प्रवर्द्धनमा सक्रिय रहेको संघको अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदय राना मगरले नेपाली उत्पादनलाई बजारीकरणमा सहज हुने बताए।
अधिवेशनको अवसरमा नेपाल एयरलाइसका कन्ट्री मैनेजर नवराज उपाध्याय, एनआरएएनका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघका अध्यक्ष रिता गुरूड, चेम्बर अफ कर्मस अध्यक्ष डासुराम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ हङकङका सदस्य कृष्ण पाण्डे, मगर संघका अध्यक्ष हेम थापा, थकाली सेवा समितिका अध्यक्ष हर्क नारायण तुलाचन, तमाडःघेदुडका अध्यक्ष रमेश मुक्तान, अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला नेपाली महिला संघका महासचिव अनु राई, क्षेत्री समाजका राजेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए।
अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका पुनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन यस अगाडि समेत विभिन्न अभियान सञ्चालन गरिएको बताए। उनले व्यापार मेलासहित विभिन्न कार्यक्रम गरेर समेत नेपाली उत्पादनलाई यस अगाडि बजारीकरणमा खेलेको भूमिकालाई आफ्नो दोस्रो कार्यकालमा समेत निरन्तरता दिने बताए।