जग्गामा बिचौलियाको बिगबिगीः सरकारी मूल्यभन्दा वास्तविक खरिद कयौं गुणा महँगो
२० मंसिर २०७८
•
४ मिनेट पाठ
जग्गामा बिचौलियाको बिगबिगीः सरकारी मूल्यभन्दा वास्तविक खरिद कयौं गुणा महँगो
नेपालगन्ज उपमहानगरपालिका–२० का विशाल थापाले आफ्नै घर नजिकै एक कट्ठा जग्गा छिमेकीसँग खरिद गरे। उनले चलनचल्तीको मूल्य अनुसार ३९ लाख रूपैयाँ प्रति कट्ठाका दरले उक्त जमिन खरिद गरे। तर उनले खरिद गरेको जग्गाको सरकारी दररेट भने जम्मा पाँच लाख ६५ हजार रूपैयाँ मात्रै छ।




जग्गाधनीलाई उनले ३९ लाख रूपैयाँ नै दिए पनि मालपोत कार्यालयमा भने पाँच लाख ६५ हजारमै खरिद गरेको लिखत तयार गरी सोही अनुसारको मालपोत दस्तुर तथा राजस्व बुझाए। उनले २२ हजार पाँच सय मात्रै राजस्व मालपोतमा बुझाए।

यदि आफूले खरिद गरेकै मूल्य बराबरको लिखत बनाएको भए एक लाख ७५ हजार पाँच सय रूपैयाँ मालपोत कार्यालयलाई राजस्व बुझाउनु पथ्र्यो।

खरिद गरेको मूल्य लिखतमा उल्लेख गर्दा बढी राजस्व तिर्नुपर्ने डरले उनले सरकारी मूल्य अनुसारकै मूल्य हालेर राजस्व तिरे। नेपालगन्जको मुटु मानिने सुर्खेत रोडमा सोमबार एक कट्ठा जमिन दुई करोड ३५ लाखमा खरिदबिक्री भयो।

तर सो जमिनको सरकारी मूल्याकंन अधिकतम ७२ लाख २१ हजार मात्रै छ। एक महिलाको नाममा खरिद गरिएको सो जमिनको पनि सरकारी मूल्याकंन अनुसार नै राजस्व तिरियो। महिलाको नाममा पाउने छुटसहित उनले जम्मा दुई लाख ४३ हजार सात सय आठ रूपैयाँ राजस्व तिरिन्।

सोही अनुसार बिक्रेर्ताले पनि तीन लाख ६१ हजार रूपैयाँ लाभांश कर तिरे। तर उनीहरूले खरिद बिक्री भएकै मूल्य बराबरको लिखत तयार गरी राजस्व तिरेको भए ९ लाख ४० हजार राजस्व र सोही बराबरको लाभांश कर उनीहरूले बुझाउनु पथ्र्यो। यी त मालपोत कार्यालयमा हुने गरेका प्रतिनिधिमूलक पात्र र घटनाहरू मात्रै हुन्।

राजस्व कम तिर्ने बहानामा सरकारी मूल्याकंन अनुसारै राजस्व तिर्ने परिपाटीका कारण दैनिक करोडौं राजस्व राज्यलाई घाटा भइरहेको छ भने कम मूल्यांकनका कारण खरिद बिक्री भएको जग्गामा मुद्दा मामिला पर्न सक्ने जोखिम पनि त्यत्तिकै बढेको देखिन्छ।

लेखापढी व्यवसायी राजेश भण्डारी भन्छन्, ‘राजस्व कम तिर्ने बहानामा कम मूल्याकंन हाल्दा एकातिर राज्यलाई राजस्व गुम्ने र अर्कोतिर जग्गाको हकवालाले हक सफाइ मुद्दा हालेको खण्डमा जग्गा फिर्ता गर्नुपर्ने र खरिदकर्ताको रकम डुब्न सक्ने जोखिम हुन्छ।’ मालपोत कार्यालय बाँकेको मूल्यांकन पुस्तिका अनुसार जिल्लामा अधिकतम मूल्य ७२ लाख २१ हजार प्रतिकट्ठा मात्रै छ।

जुन नेपालगन्ज उपमहानगरपालिकाको क वर्गमा पर्ने जग्गाहरू छन्। नेपालगन्जको सुर्खेतरोडमा दुई करोडदेखि तीन करोडसम्म प्रतिकट्ठाको चलनचल्तीको मूल्य भए पनि सरकारी मूल्यांकन ७२ लाख २१ हजार मात्रै छ। 

सरकारी मूल्यको १० गुणाभन्दा बढी मूल्यमा जग्गाको कारोबार हुने गरे पनि घरजग्गा कारोबारीले सरकारी मूल्यांकनकै आधारमा कर बुझाउँदै आएका छन्। यसतर्फ मालपोतका अधिकारीलाई पनि थाहा नभएको होइन, सरकारी मूल्यांकनभन्दा १० गुणा बढी मूल्यमा कारोबार भएको थाहाँ हुँदाहुँदै पनि आफूहरू केही नगर्न सक्ने अवस्थामा भएको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत छविलाल नेपाली बताउँछन्।

नियम कानुननै नै त्यस्तै छ हामीले चाहेर पनि केही गर्न सक्दैनौं, तर सरकारी मूल्यांकनभन्दा घटाएर कुनै पनि कर्मचारीले काम गराएको पाइएमा तत्काल कारबाही गरिने उनले बताए। कतिपय अवस्थामा वडाध्यक्षहरूले घर बाटो भए पनि कम राजस्व तिराउन घर बाटो नभएको प्रमाणित गरेर पठाउने गरेका कारण पनि समस्या आउने गरेको उनले बताए।

जग्गाको दररेट निर्धारण गर्दा नै सरकारले चलचल्तीको रेटलाई ध्यान दिएर निर्धारण गर्नुपर्ने कतिपयको भनाइ छ। चलनचल्तीभन्दा सरकारी दररेट थोरै तलमाथि हुनु स्वाभाविकै भएको भन्दै उनीहरूले यति धेरै फरक पर्नु आश्चर्यजनक भएको बताए।

मालपोतको मूल्यांकन पुस्तिका अनुसार नेपालगन्जको मुख्य क्षेत्रमा प्रतिकट्ठा अधिकतम ७२ लाख २१ हजार र न्यूनतम ६२ हजार मूल्य कायम गरिएको छ। तर नरैनापुर गाउँपालिका क्षेत्रमा भने अझै पनि न्यूनतम मूल्य २३ हजार प्रतिकट्ठा छ।

जहाँ सडकको दायाँ–बायाँ प्रतिकट्ठा २० देखि ३० लाख रूपैयाँमा कारोबार भइरहेको छ। मालपोत कार्यालयले उपमहानगरपालिका क्षेत्रका जग्गाबाट साढे चार प्रतिशत, नगरपालिकाबाट चार प्रतिशत र गाउँपालिकाबाट दुई प्रतिशतका दरले कर उठाउँदै आएको छ।

मालपोतमा रजिस्ट्रेसन दस्तुरबापत उठेको रकम पनि ६० प्रतिशत सम्बन्धित पालिकालाई र ४० प्रतिशत प्रदेश कार्यालयको सञ्चित खातामा पठाइने गरेको नेपालीले बताए। 

भूमिसुधार तथा मालपोत कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १८ करोड ७९ लाख ६० हजार तीन सय ८५ रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो भने ४५ लाख सात हजार तीन सय ४५ रूपैयाँ मालपोत राजस्व असुल गरेको थियो। त्यस्तै,आर्थिक वर्ष ०७६/७७ मा ११ करोड ९२ लाख ३४ हजार सात सय रूपैयाँ पूँजगत लाभकर संकलन गरेका थियो भने २८ लाख ७५ हजार ६ सय ५१ रूपैयाँ मालपोत असुल गरेको छ।
आर्थिक वर्ष ०७७/७८ मा पुँजीगत लाभकर २३ करोड ९९ लाख ८३ हजार चार सय ३१ रूपैयाँ संंकलन गरेको छ भने मालपोत ६० लाख ५४ हजार तीन सय ६ रूपैयाँ असुल गरेको छ।

आर्थिक वर्ष ०७८/७९ को आसोजसम्म पुँजीगत लाभकर १६ करोड ५५ लाख ७९ हजार तीन सय तीन रूपैयाँ संकलन गरेको छ भने मालपोत ३८ लाख ९२ हजार पाँच सय ६४ रूपैयाँ असुल गरेको छ। त्यस्तै, २६ करोड पाँच लाख ४६ हजार रजिस्ट्रेसन दस्तुर संकलन गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस