सीमामा उस्तै छ तस्करी
०६ कार्तिक २०७८
•
३ मिनेट पाठ
सीमामा उस्तै छ तस्करी
नेपाल–भारत सीमा क्षेत्र जमुनाह । तस्बिरः गणेश/नागरिक
तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान गर्‍यो। सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ। तस्करी न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्षेत्रबाट हुने चोरीपैठारी र तस्करीका घटनामा न्यूनीकरण हुन सकेका छैन।




दैनिकरूपमा घरायसी सामान ओसारपसार गर्नेहरुलाई सीमा क्षेत्रका प्रहरी, भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने गरेका छन् भने ठूला तस्करीले मूल नाका प्रयोग नगरि भित्री नाकाहरु प्रयोग गर्दा सीसी क्यामेराको प्रभावकारी भूमिका देखिन सकेका छैन। उसोतः सीसी क्यामेरा जडान भएको यति लामो समयसम्म पनि एक जना तस्करीलाई प्रहरीले शंकाको घेरामा समेत ल्याएको देखिँदैन।

सीमा क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएका प्रहरी, भन्सारका कर्मचारी आफैँ पैसा असुलीमा लाग्ने गरेको सर्वसाधारणहरुको आरोप छ। दसैंभन्दा केही दिन अघि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारी सर्वसाधारणको भेषमा छड्के निरीक्षणमा जाँदा त्यहाँ परिचालन गरिएका प्रहरी नेतृत्वदेखि सबै प्रहरीको सुरुवा भयो। सीमा क्षेत्रका प्रहरीले सर्वसाधारणलाई दुःख दिन खोजेको, पैसा संकलन गर्ने गरेको देखिएपछि एसपीले त्यहाँ परिचालन गरिएका प्रहरी नेतृत्वदेखि जवानसम्मको सरुवा गरेको बुझिएको छ।

एक जना सशस्त्र प्रहरीका अनुसार नेपाल–भारत क्षेत्र जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणबाट पैसा असुली गर्दा उनीहरु पनि कारबाहीमा परेका थिए। ति सशस्त्र प्रहरीका अनुसार चारजना सशस्त्र प्रहरीलाई कारबाही गरिएको थियो। यी घटनाले पनि सीमा क्षेत्रमा तस्करीलाई प्रसय दिने गरी सुरक्षाकर्मी आफैँ रकम असुलीमा लागेको उदाहरण पुष्टि गर्छ।

यतिबेला चाडपर्व सुरु भएकाले पनि सीमा क्षेत्रमा तस्करी बढ्दो छ। दैनिक घरायसी सामानदेखि, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, मासुजन्य सामग्रीलगायत सीमा क्षेत्रमा भन्सार छलि गरेर तस्करीले सामान नेपाल प्रवेश गराउँछन्। ‘कुन तस्करीले कुन बाटो प्रयोग गर्छ त्यो प्रहरीलाई थाहा हुन्छ,’ एकजना सर्वसाधारणले प्रहरीलाई आरोप लगाउँदै भने, ‘तर प्रहरी देखेर नदेखेझैं गर्न विवश छ।’ सीमा क्षेत्रमा आउँदा ठूलो धनराशी खर्च गरेर आउने प्रचलन भएको भन्दै उनले भने, ‘आफ्नो लगानी उठाउन पनि तस्करीका अगाडि प्रहरी चुपचाप बस्नुपर्ने अवस्था छ।’

यदी सीमा क्षेत्रमा पैसा नलिइ इमान्दार र कर्तव्यनिष्ठ प्रहरीलाई परिचालन गरे तस्करी आफैँ न्यूनीकरण हुने उनको भनाइ छ।

सीमामा सीसी क्यामेरा तस्करी नियन्त्रणभन्दा तस्करीलाई धम्क्याउन जडान गरिएको अर्का एक सर्वसाधारणले बताए। ‘सीसी क्यामेरा जडान भएदेखि तस्करी नियन्त्रणमा आएको छैन,’ उनी भन्छन्, ‘तस्करी मूल बाटोभन्दा भित्री बाटोबाट प्रवेश गर्छन्। यहाँ त धम्क्याउन मात्र क्यामेरा जडान गरिएको हो।’

यता सीमा सुरक्षा प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर बिष्टले आरोपको खण्डन गरे। उनले पुष्टि नभएका आरोपको औचित्य नहुने भन्दै बाहिर मानिसले लगाएको आरोप जस्तो अवस्था नभएको बताए। दसैंयता उक्त सीसी क्यामेराको आधारमा प्रहरीले ५/६ जना युवायुवतीलाई नियन्त्रणमा लिएको छ। शंकास्पद हिसाबले नेपालबाट भारत जाँदै गर्दा उनीहरुलाई पक्राउ गरेको सीमा सुरक्षा प्रहरीले जनाएको छ। उनीहरु तस्करीभन्दा केटी भगाएर जान लागेको शंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

तस्करीभन्दा सीमा क्षेत्रमा आएका नागरिकको सामान सुरक्षा, बालबालिका, महिलाहरुको तस्करी नियन्त्रणमा सीसी क्यामेराले महत्वपूर्ण भूमिका निर्वाह गरेको सीमा सुरक्षा प्रहरी जमुनाहका सइ बिष्टले बताए। ‘नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी सीमा क्षेत्रमा परिचालन भएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा तस्करी सम्भव छैन।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस