सात महिनामा साढे ६ लाख पर्यटक
१७ साउन २०८२
•
३ मिनेट पाठ
सात महिनामा साढे ६ लाख पर्यटक
सन् २०२५ को सातमहिना अवधि (जनवरी–जुलाई) मा झन्डै साढे ६ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन। नेपाल पर्यटन बोर्डका अनुसार हवाई माध्यमबाट मात्र यो अवधिमा ६ लाख ४७ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यो जुलाईमा मात्र नेपालमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक भित्रिएका छन्।




पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए। बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ।

बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछानेले अन्तर्राष्ट्रिय गन्तव्यको प्रवर्द्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या हुँदा पाहुना आगमना उत्साहजनक हुन नसकेको बताए। नेपालसम्म आउजाउ गर्ने पर्यटकले तिर्नुपरेको महंगो हवाई भाडा, विभिन्न मुलुकमा चर्किएको युद्ध, नेपालमा भएका केही घटनाक्रम लगायतले गर्दा पाहुना आगमन उत्साहजनक हुन नसकेको उनले बताए।  

लामिछानेका अनुसार नेपालमा सन् २०१९ मा सबैभन्दा बढी संख्यामा पाहुना आएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले असर गर्दा पर्यटक आगमन खस्किदै गएको थियो।

कोरोना असर कम हुँदै जाँदा सन् २०२४ पछि बल्ल नेपालमा पर्यटक आगमनले गति लिन थालेको थियो। कोरोनाले थलिएको पर्यटन बजारमा वर्षेनी ६ देखि ८ प्रतिशत वृद्धि हुने अनुमान अनुसार विश्वभर पर्यटक आगमनमा सुधार भएको उनले बताए। त्यही अपेक्षा अनुसार बोर्डले अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशत वृद्धि हुनसक्ने अनुमान गरेको उनको भनाई छ।
‘अहिले पनि नेपालसम्मको पर्यटनमा पहुँचमा समस्या छ । सोचेजस्तो आकारमा पाहुना आउन सहज पनि छैन,’ लामिछानेले भने, ‘हवाईभाडा महंगो भएकोले पाहुना आउन हच्केका छन।’ कतिपय मुलुकका विदेशी पर्यटक आउजाउको हवाई भाडा महंगो परेकोले पर्यटक आगमन सोचेजति हुन नसकेको र नेपालसम्मको हवाई भाडा महंगो परेका कारण नेपाल आउन चाहेका पर्यटक पनि अन्यत्र गएको उनले बताए। नेपालसम्मको गन्तव्य महंगो भएका कारण विदेशी पर्यटकहरु अरु सस्ता र नजिकका गन्तव्यमा डाइभर्ट भएको पनि उनले बताए।  

बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। जुलाई महिनामा भने नेपालमा ७० हजार १ सय ९३ जना विदेशी भित्रिएका छन।  

बोर्डका अनुसार जुलाई महिनाको आगमन भने अघिल्लो वर्षको जुलाईको भन्दा केही बढी रहेको छ। लामिछानेका अनुसार सन् २०२४ जुलाई महिनामा नेपालमा ६४ हजार ५ सय ९८ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ जुलाईमा भने नेपालमा ७० हजार ९ सय १६ जना विदेशी पाहुना भित्रिएका थिए।  

‘अघिल्लो वर्षको भन्दा यो पटक आगमन भने वृद्धि भएको छ। पर्यटन क्षेत्रमा यो सकारात्मक पक्ष हो,’ लामिछानेले भने, ‘आगमनमा सुधार भएको छ। अघिल्लो वर्षको जुलाईमा भन्दा यो जुलाईमा आगमनमा झन्डै ९ प्रतिशत वृिद्ध भएको छ।’ सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष २०१९ को तुलनामा भने अझै आगमन केही कमजोर छ। २०१९ को जुलाईमा नेपालमा ७० हजार ९ सय १६ जना विदेशी नेपाल आएका थिए।  

जुलाई महिनामा नेपाल भित्रिने सबैभन्दा बढी विदेशी पर्यटक भारतीय छन। जुलाई महिनामा मात्र नेपालमा २७ हजार १ सय ५२ जना भारतीय पाहुना भित्रिएका थिए। नेपालमा भित्रिएका विदेशी पर्यटकमध्ये झन्डै ३९ प्रतिशत हिस्सा भारतीयले ओगटेका छन।  

आगमन संख्याको आधारमा दोश्रो नम्बरमा चिनियाँ पाहुना भित्रिएका थिए। चिनियाँ पाहुनाको संख्या ६ हजार ८ सय ९० (झन्डै ९ प्रतिशत) रहेको छ। तेश्रो नम्बरमा अमेरिकी पर्यटकको संख्या ६ हजार ६ सय २६ (९ प्रतिशत) रहेको छ । बंगलादेशी पाहुनाको आकार भने चौथो नम्बरमा छ। जुलाई महिनामा ४ हजार ४ सय १३ जना बंगलादेशी पाहुना भित्रिएका थिए। ६ प्रतिशत बढी बंगालदेशी पाहुना नेपाल भित्रिएका थिए। पछिल्लो समय बंगलादेशी पाहुनाका लागि नेपाल गतिलो गन्तव्य बनेसँगै आगमन पनि वृद्धि भईरहेको व्यावसायीले बताएका छन।
अर्को समाचार
गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति पर्यटक ?
१८ पौष २०८१
•
२ मिनेट पाठ
गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति पर्यटक ?
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।  




बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए।

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ। कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो।

उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ। संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ।

निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ। विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए। अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए। डिसेम्बरमा ८९ हजार सात सय ६५, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस