अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट
१७ असोज २०७८
•
५ मिनेट पाठ
अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट
अन्नपूर्णमा आधारशिविरका होटल । तस्बिर सौजन्यः दिलीप गुरुङ
कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुने संकेत देखिएको छ । कोरोना संक्रमणको त्रासले उत्तिसारो विदेशी पाहुना आउन नसकेपनि स्वदेशीका कारण अहिले पर्यटकीय गन्तव्यमा केही चहलपहल सुरु भएको छ । पाहुनाविहीन अवस्थामा लामो समय ढोका लगाएर बसेका स्थानीय व्यवसायी आन्तरिक पाहुना पाउँदा केही हौसिएका पनि छन । पाहुना आकर्षण गर्न ४० प्रतिशतसम्म छुट पनि व्यवसायीले दिएका छन् ।  




पछिल्लो समय अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आन्तरिक पाहुनाको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । आधारशिविरसम्मै पाहुना पुगेपछि त्यहाँ संचालनमा रहेका सबै होटल खुलेका छन । त्यस्तै पदमार्गमा पर्ने माछापुच्छे« आधारशिविर (एमबिसी), हिमालयन, देउराली, ब्याम्बो, छोमरोङ लगायतका गन्तव्यका होटल पनि पहिलेकै आकारमा खुलेका छन् । असोज एकदेखि एबिसी पदमार्गका होटल खुलेका थिए ।

अहिले दिनमा १०–१५ जनाको दरले आन्तरिक पाहुना एबिसीसम्म उक्लिरहेको स्थानीयको भनाई छ । छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार स्थानीय पाहुना आउन थालेपछि लामो समय सुस्ताएको पर्यटन क्षेत्रले फेरि आशाको संकेत पलाएको बताए । 

‘हामी व्यवसायी आशावादी भएका छौं । अब पनि कोरोना संक्रमण नफैलिने हो भने केही आकारमा आन्तरिक पाहुना पक्कै आउनेछन, त्यसले हामीलाई राहत दिनेछ,’ उनले भने, ‘अहिले पनि पाहु्ना आउन थालिसकेका छन । कम्तिमा पदमार्गका होटल खुल्ने आधार आन्तरिक पाहुनाका कारण बनेको छ ।’
उनका अनुसार पाहुना आउन थालेपछि एबिसीसम्मको पदमार्ग सरसफाई गरिएको छ । लामो समय हिडडुल नहुँदा र वर्षाको भेलले बिगारेको सडक स्थानीयले मर्मत गरेका छन् । सडक दायाँबायाँको झाडि फ्याकेर सफा पारिएको छ । गुरुङका अनुसार अन्नपूर्ण गेष्ट हाउस, अन्नपूर्ण सेन्चुरी, स्नोल्याण्ड र प्याराडाइज गार्डेन गरि चारवटा होटल एबिसीमा छन । त्यहाँ एकरातमा झन्डै २५० जना पाहुना अट्छन् । त्यस्तै फिस्टेल र शंकर गेष्टहाउस, गुरुङ को–अपरेटिभ, माछापुच्छ्रे गेष्टहाउस र गंगापूर्ण भ्यू गरि पाँचवटा होटल एमबिसीमा संचालित छन् । एमबिसीमा पनि एकरातमा झन्डै २५० जना पाहुना अट्छन् ।

‘सामान्य अवस्थामा यो बेला निकै नै व्यस्त हुने सिजन हो । तर अहिले सोचेजति नभएपनि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको छ । चाँडबाँड सुरु भएकोले अबका केही दिनपछि आन्तरिक पाहुना थप आउनेमा आशावादी छौं,’उनले भने, ‘आन्तरिक पाहुनाको अग्रिम बुकिङ पनि आएको छ । तिहारसम्मको समयका लागि आन्तरिक पाहुनाले अग्रिम बुकिङ गरेका छन् ।’ स्थानीय व्यवसायीका अनुसार कोरोना अघि यो सिजनमा स्वदेशी र विदेशी गरि दिनमा झन्डै ३ सयको हाराहारीमा पाहुना एबिसी उक्लिन्थे । अहिले त्यसको सानो अंश मात्र आउन थालेको उनीहरुको भनाई छ ।  

सानो आकारमा विदेशी पाहुनाको पनि सोधपुछ रहेको उनले सुनाए । ‘यो बेला हामीलाई आराम गर्ने फुर्सद हुँदैनथ्यो । किनभने पदमार्गमा विदेशी र स्वदेशी पाहुनाका कारण हामीलाई सेवा दिँदैमा भ्याई नभ्याई हुन्थ्यो,’ उनले भने, ‘तर, कोरोनाले गर्दा झन्डै डेढवर्षदेखि पदमार्ग सुनसान छ । पोहोर केही समय खुलेपनि पछि पुनः सुनसान बन्यो ।’ लामो समयदेखि पाहुनाविहीन अवस्थामा ढोका थुनेका व्यवसायी आन्तरिक पाहुनालाई स्वागत गर्न पाउँदा हौसिएको उनलेब बताए । पदमार्गको छोमरोङदेखि एबिसीसम्म झन्डै ६५ होटल रहेका छन् ।  

पदमार्गका स्थानीय व्यवसायीले आन्तरिक पाहुनालाई आकर्षण गर्न केही सस्तोमा प्याकेज पनि ल्याएका छन् । कोरोना अघिको सामान्य अवस्थाको भन्दा झन्डै ४० प्रतिशत सस्तो पर्नेगरि प्याकेज ल्याएको पनि उनले बताए । उनका अनुसार आन्तरिक पाहुना लक्षित गरेर छोमरोङदेखि एबिसीसम्मको चारवटा प्याकेज बनाइएको छ । पदमार्गको पर्ने छोमरोङमा प्रतिव्यक्ति ११ सय, बाम्बो र दोभानमा १४ सय, हिमालय–देउरालीमा १५ सय र एमबिसी–एबिसीमा १७ सय रुपैयाँको प्याकेज आन्तरिक पाहुनाका लागि तोकिएको छ ।  

यो प्याकेजमा बिहानको नास्ता, बेलुकीको खाना र कोठाको मूल्य समावेश गरिएको छ । त्यसबाहेक वाईफाई, तातोपानी पनि निःशुल्क पाउनेछन् । अरुबेला यो शुल्क २५ सय रुपैयाँ हाराहारीमा पर्दथ्यो । ‘आन्तरिक पाहुनालाई एबिसीसम्म उकाल्न सकियो भने सबै व्यवसायीलाई लाभ पुग्छ भनेर छुट सहितको प्याकेज ल्याएका हौ । आन्तरिक पाहुना थप आकर्षित गर्न सकिने अपेक्षा छ,’ उनले भने । त्यसबाहेक व्यवसायीले बढी मूल्य असुल्न नपाउन भनेर ठाउँ अनुसार बिहानको खानाको मूल्य पनि तोकिएको छ ।  

पाहुना जान थालेपछि लामो समयदेखि ढोका थुनेका व्यवसायीले होटल खुलाएका छन् । होटल खोल्नका लागि कामदार पनि घरबाट फिर्ता बोलाएका छन् । होटलमा उत्तिसारो पाहुनाको भीड नभएकोले अहिले कम्तिमा २ जना कामदार राखेर कामचलाउ गरिएको छ । लामो समय बन्द रहेका होटललाई सामान्य मर्मतसम्भार र सरसफाई गरेर पुनः संचालनमा ल्याइएको छ ।  
एबिसीमा होटल संचालन गरिरहेका जेबी गुरुङ पनि आन्तरिक पाहुना आउन थालेको भन्दै हौसिएको बताउँछन् । एबिसीमा अन्नपूर्ण सेन्चुरी होटल चलाएका उनले कोरोनाको पहिलो लहर कमजोर भएको बेला आन्तरिक पाहुना आएपनि दोश्रो पछि रोकिएकोमा अब आउनेमा आशावादी भएको बताए । ‘असोज १ देखि होटल खुलेका छन् । आन्तरिक पाहुना केही आकारमा आउन थाले, यसले हामीलाई हौसला मिलेको छ,’ उनले भने, ‘लामो समय बन्द रहेको व्यवसाय पहिलेकै आकारमा फर्किनेमा आशावादी छौं ।’  

छोमरोङ पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका अर्का व्यवसायी जगनराज गुरुङ पनि पदमार्ग क्षेत्र थोरै भएपनि चलायमान बनेको बताउँछन् । पाहुना आउने आशमा आधारशिविरसम्मको पदमार्ग मर्मत र सरसफाई गरेको पनि उनले बताए । ‘धेरथोर पाहुना आउन थालेका छन् । अब बिदा पर्ने हुँदा अझै आन्तरिक पाहुना आउने सम्भावना छ,’ उनले भने, ‘त्यही अनुसार तयारी पनि गरेका छौ ।’ उनले यो पटक भने पाहुना ढुक्क भएर आउने देखेका छन् । कोरोना विरुद्धको खोप पाहुना र व्यवसायी सबैले लगाएकोले पनि पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले सुनाए ।  
अर्को समाचार
गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय
१३ कार्तिक २०८०
•
२ मिनेट पाठ
गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय
पोखराको पुरानो विमानस्थलमा सोमबार दिउँसो सेनाको जहाजबाट ओर्लिएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः उमेश पुन/नागरिक
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाँदैछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर। आधारशिविर समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईमा छ। यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरि चारसय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन्।  




आधारशिविरि जानेगरि सोमबार मध्यान्ह सेनाको हेलिकप्टर चढेर गुटेरेस पोखरा आएका छन्। पोखराबाट मंगलबार बिहान साढे ६ बजे नै आधारशिविरका लागि उड्नेछन्। हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्ने र स्थानीयसँग प्रत्यक्ष छलफल गर्नका लागि महासचिव गुटेरेस आधारशिविर पुग्ने र त्यही अनुसार महासचिवलाई ब्रिफिङ गर्ने तयारी अन्नपूर्ण गाउँपालिकाको छ।  

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी भन्छन, ‘संयुक्त राष्ट्रसंघका महासचिव जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न र प्रत्यक्ष अवलोक गर्नका लागि यहाँ (आधारशिविर) आउँदै हुनुहुन्छ। हामीले पनि त्यही अनुसार उहाँ (गुटेरेस)लाई जानकारी दिँदैछौ।’ तीनदशक अघिको आधारशिविर क्षेत्र अहिले निकै नै फेरिएको र त्यसको एकमात्र कारक जलवायु परिवर्तन रहेको केसीले बताए।  

गाउँपालिकाले जलवायु परिवर्तनले अन्नपूर्ण आधारशिविर क्षेत्रमा पारेको असरबारे लिखित रुपमै पनि जानकारी गराउने तयारी गरेको अध्यक्ष केसीले बताए। अध्यक्ष केसीका अनुसार महासचिव गुटेरेसको स्वागतका लागि आधारशिविरमा भव्य तयारी भएको छ। गुटेरेस करिब ३५ मिनेटमात्र आधारशिविर क्षेत्रमा रहने उनले बताए।  
पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङ पनि जलवायु परिवर्तनको वास्तविक अवस्थाबारे यो तहका पदाधिकारीलाई पहिलो पटक जानकारी दिन पाउँदा खुसी लागेको बताउँछन्। ‘जलवायु परिवर्तनको असरबारे हामीले नेपाल सरकारलाई त जानकारी गराएकै छौ। तर, संयुक्त राष्ट्रसंघलाई सिधै देखाउने र बुझाउने अवसर हामीलाई आएको छ। विकसित मुलुकका कारण हामी अहिले मारमा छौ। यो समस्या बुझाउन पाउनु हाम्रा लागि अवसर हो,’ उनले भने। पर्यटकीय क्षेत्रमा यो तहका उच्च पाहुना पहिलो पटक जान थालेकोले महासचिव गुटेरेसको भ्रमणले पर्यटन प्रवद्र्धनमा पनि सघाउने उनले बताए।  

अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए। उनै हर्जोग समूहले अन्नपूर्ण नर्थ वेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टी रहेको कास्कीको अन्नपूर्ण बेसक्याम्प बढी चर्चामा रहेको थियो। त्यही आधारशिविर अहिले वर्षेनी हजारांै स्वदेशी र विदेशी पाहुना घुम्न जाने महत्वपूर्ण गन्तव्य बनेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस