चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन
०७ असोज २०७८
•
२ मिनेट पाठ
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए।




“नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ”, मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, “म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला।”

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो। बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे।

उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे। “सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ”, मन्त्री खाँडले भने।

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो। उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे।

बर्सातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैँ अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने उनले बताए। जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको उल्लेख गर्दै बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलबाड गर्न नपाइनेतर्फ सचेत गराए। उनले बजारमा खेलबाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले अनुगमनमा मूल्यसूची जस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सिद्धिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना बनाएको बताए।
अर्को समाचार
चाडपर्वप्रतिका चिन्तन
१४ चैत्र २०८०
•
३ मिनेट पाठ
चाडपर्वप्रतिका चिन्तन
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्। एकसरो गतिलो कपडाको चाहना चाडपर्वमा पूरा हुन्छ। एकोहोरो कामले थाकेकाहरूका निम्ति मनोरञ्जन मिल्छ। यस अर्थमा नेपालका प्रत्येक चाडपर्व महोत्सव हुन्। जसले सबैलाई पुनर्ताजगी गराउँछन्। अझ सबैभन्दा मुख्य कुरा यिनले संस्कृतिको जगेर्ना गर्छन् र सनातनी गतिविधिलाई निरन्तरता दिन्छन्। त्यसैले हाम्रा पर्व महान् छन्। अनुशरणीय छन्।  




तर पछिल्लो समय यस्ता पर्वका नाममा भइरहेका विकृति टाउको दुखाइ बन्न पुगेका छन्। भर्खरै सकिएको फागु पर्वका क्रममा भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यानै गएको छ। अर्कोतर्फ कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता छन्। अन्यत्र पनि झडपका दर्जनौँ घटना भएका छन्। जसले फागु पर्वलाई विकृत तुल्याउँदै लगेको प्रष्ट हुन्छ।

फागु आपसमा रङ दलेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ। तर आफू–आफूबाहेक अपरिचितलाई पनि इच्छाविपरित रङ दल्ने, उसका कपडा र शरीर बिटुल्याइदिने, पानी खन्याइदिने, रङ हालिएका बेलुन, प्लास्टिक आदि पोका प्रहारबाट कतिपय अवस्थामा घाउचोट लगाइदिने जस्ता कामसमेत यतिबेला हुँदै आएका छन्। त्यति मात्र हैन, मादक पदार्थ सेवन गर्ने, ठूलो ठूलो स्वरमा संगीत बजाएर अरूलाई अवरोध पुर्‍याउने जस्ता काम हुने गरेको छ। हेलमेट नलगाइ मोटरसाइकल चलाउने, चार–पाँच जना चढ्ने, तीव्र गतिमा कुदाउने गतिविधिसमेत फागु पर्वका बेला हुने गरेका छन्। यस्तै कार्य गरेको अभियोगमा दुई सय ७७ जना पक्राउ पर्नुले पनि विकृतिको आकार कति ठूलो छ भन्ने थाहा पाउन सघाउँछ।

पर्व मनाउन पाइन्छ। यो अधिकारकै कुरा हो। तर आफूले कुनै पनि अधिकार प्रयोग गर्दा अरूलाई अवरोध पुर्‍याउन पाइन्न भन्नेचाहिँ थाहा नहुनु विडम्बनाकै कुरा हो। पर्वमा सामेल नभएकालाई जबर्जस्ती गर्नु, होहल्ला मच्चाउनु, रिसइवी फेर्ने मौकाका रूपमा दुरूपयोग गर्नु, मौलिकता रक्षा गर्नुको बदला हिंसात्मक र भयमय बनाउनु दुःखद पक्ष हुन्। जसले हाम्रो चेतनाको स्तर झन् झन् खस्केको प्रमाणित गर्छ भने पर्वहरूप्रति पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना गराउँछ।

मौलिकता हाम्रो सम्पदा हो। संस्कृति हाम्रो पहिचान हो। जात्रा, पर्व र मेला÷भेला हाम्रा संस्कार हुन्। यस्ता सम्पदा र संस्कार सबै शिक्षाप्रद् छन् जसबाट केही न केही शिक्षा अनुशरण गर्न सकिन्छ। हाम्रा पुर्खाले सुरु गरेका कुनै पर्व यस्ता छैनन् जसमा सिक्नलायक कुरा नहुन्। ती स्वास्थ्य, सफासुग्घर, अनुशासन, ममता र सम्मानसँग कुनै न कुनै रूपमा जोडिएकै छन्। मात्र यिनलाई अनुशरण कसरी गर्ने भन्ने विषय फरक हो। तर हामीले यी पक्षमा भन्दा पर्वलाई तडकभडक बनाउन बढी ध्यान दियौँ जसका कारण माथि उल्लिखित दुर्घटना हुन पुगे। यसले पक्कै पनि समाजमा राम्रो सन्देश गएको छैन।  

पर्वहरूलाई निरन्तरता दिनुको मतलब यी कालजयी रहून् भन्ने पनि हो। प्रत्येक नयाँ पुस्ताले यसलाई आत्मसात गरुन् भन्ने पनि हो। अनि यसका राम्रा पक्षबाट भरपुर फाइदा लिन सकून् भन्ने पनि हो। यस्तो कार्यले नेपालीपनलाई युगौँसम्म जीवित राख्न सक्छ। तर पछिल्लो समय पर्व मनाउने नाममा जे÷जस्ता हर्कत भइरहेका छन्, ती भत्र्सनायोग्य छन्। यस्ता घटनामा संलग्नले आफूलाई त डुबाए डुबाए, अन्यलाई पनि पीडा दिएका छन्। र, समग्रमा पर्वप्रति नै वितृष्ण फैलाउन मद्दत गरेका छन्। यो कार्य कुनै पनि दृष्टिकोणबाट सही मान्न सकिन्न।

नेपाल यस्तो मुलुक हो जहाँ वर्षको तीन सय ६५ दिन नै कुनै न कुनै पर्व परिरहेका हुन्छन्। कुनै दिन यस्तो हुन्न जुन दिन कुनै न कुनै जातको, कुनै न कुनै धर्मावलम्बीको, कुनै न कुनै भूगोलमा जात्रा÷पर्व परेको नहोस्। त्यसैले विशेषगरी यस्ता पर्वका नाममा हुन सक्ने विकृति तथा दुर्घटनाबाट सबैलाई सुरक्षित तुल्याउन र स्थिति भड्किन नदिन सुरक्षा निकायबाट यस्ता पर्वको तिथिमितिअघि नै आवश्यक तयारी गर्नु आवश्यक छ। घटना सुरक्षा निकायसँग मात्र सम्बन्धित छैन। पर्व मनाउनेहरूले पनि आफ्नो अधिकार प्रयोग गर्दा संयम अपनाउनु उत्तिकै आवश्यक छ। त्यसबाहेक पर्व मनाउने तरिका, यस क्रममा हुन सक्ने घटना र त्यसमा संलग्न भएमा हुने कारबाहीबारे अग्रिम जानकारी गराउन पनि उत्तिकै आवश्यक छ। खासमा यो राज्यको दायित्व पनि हो। 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस