कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई
२३ भदौ २०७८
•
२ मिनेट पाठ
कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई
प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको लोकल रक्सीको औधोगिकरणले आर्थिक समृद्धिको मूलढोका खुल्ने बताएकी छन्।




प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्। ‘हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्तचन्दन जस्ता ब्राण्डिङ गर्नुपर्ने चिज धेरै छन्। त्यसमध्ये लोकल रक्सीबाट ब्राण्डिङ सुरु गर्ने प्रयास सुरु भएको छ,’ पूर्व सामाजिक विकास मन्त्री राईले भनिन्, ‘कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान बहुआयामिक छ। यसकारण कृषि र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ। विदेसिएका युवालाई गाउँमै फर्काउन सकिन्छ। यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिन आवश्यक छ।’

घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी पूर्व सामाजिक विकास मन्त्री राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदोको खेतीले व्यापकता पाउने दावी गरिन्। ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाले हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रुपमा स्वरोजगार बनाउने तथा हाल बाँझिएका, नांगो भएका डाँडाकाँडालाई कोदोको खेतीले ढाक्ने पूर्व सामाजिक विकास मन्त्री राईको भनाइ थियो। ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको तथा आवश्यक कानून निर्माणका लागि चालू आर्थिक वर्ष एक करोड बजेट विनियोजन भइसकेको राईले जानकारी दिइन्।

‘कोदोको लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गर्दै उत्पादन, ब्राण्डिङ तथा बजारीकरण गर्ने वातावरण बनेलगत्तै विभिन्न जिल्लामा कोदोको पकेट क्षेत्रको विकास हुन्छ। बाँझिएको, झारपात उम्रेका जग्गामा दोकोको खेती सुरु हुने छन्। डाँडाकाँडा हरियो कोदो बालीले ढाक्ने छन्। त्यो हरियालीले पर्यटक आकर्षण गर्ने छन्,’ पूर्व सामाजिक विकास मन्त्री राईले भनिन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा आकर्षण गर्न सकिन्छ। विदेसी भूमिमा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै फर्काउन सकिन्छ भन्ने अवधारणा छ।’ राईले १५६ दिन मन्त्रीका रुपमा गरेका काम र उपलब्धिका बारेमा पनि जानकारी दिएकी छन्।

पूर्व मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन्। गत वर्ष प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दासमेत राईले बिरोध जनाएकी थिइन्। २०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औद्योगिकरण गर्न सके सिंगो देशको आर्थिक समृृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन्। लोकल रक्सीलाई व्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने पूर्व मन्त्री राईको भनाइ छ। 
अर्को समाचार
कोदोको रक्सीलाई 'ब्राण्ड' बनाउन कार्यदल गठन
१३ वैशाख २०७८
•
३ मिनेट पाठ
कोदोको रक्सीलाई 'ब्राण्ड' बनाउन कार्यदल गठन
‘व्यान्ड होईन ब्राण्ड’को सम्भाव्यता अध्ययनका क्रममा गठित कार्यदलका सदस्यलाई जिम्मेवारी प्रदान गर्दै सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर : मन्त्री उषाकला राईको सचिवालय
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो ।




नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी श्रृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सकिने तथा अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

कार्यदललाई सामाजिक विकास मन्त्री राईको अवधारणा कार्यान्वयन सम्भाव्यताका लागि आर्थिक, सामाजिक–सांस्कृतिक, वातावरणीय तथा कानूनी पक्षहरुको अध्ययन गरी कार्यान्वयनको प्रारम्भिक ढाँचा तयार पार्ने जिम्मेवारी दिइएको छ । कोदोको रक्सीको वैधानिक तथा व्यावसायिक उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ, बजारीकरण र प्रवद्र्धन गर्दै आन्तरिक खपतमा व्यापकता प्रदान गर्न सके आयात प्रतिस्थापनका साथै विदेशमा समेत निकासी गर्ने सम्भावना रहेकाले घरेलु मदिरालाई ‘व्याण्ड (प्रतिबन्ध) होईन ब्राण्ड’ बनाइनुपर्ने पक्षमा मन्त्री राईले वकालत गर्दै आएकी छन् ।  

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका सम्बन्धमा मन्त्री राईले अघि सारेको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलका लागि कार्य क्षेत्रगत शर्त समेत तोकिएको छ । कार्य दललाई पहिलो बैठक बसेको मितिबाट ४५ दिनभित्र अध्ययन सम्पन्न गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।  

कार्यदलले नेपाली घरेलु मदिराको व्यावसायिक उत्पादनको लागि विद्यमान कानूनी प्रावधानमा संशोधन गर्नु पर्ने विषयको पहिचान, ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनको आर्थिक, सामाजिक, सांकृतिक र वातावरणीय प्रभावको पहिचान, प्रदेशभित्र कोदो उत्पादनको सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका सम्बन्धमा समेट्नु पर्ने नीतिगत पक्षको पहिचान गरेर प्रतिबेदन पेश गर्नुपर्ने छ । यस्तै, कार्यदललाई घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण प्रारुपको पहिचान, घरेलु मदिराको प्रवद्र्धनमा तिन वटै तहका सरकार तथा अन्य विषयगत निकाय र सरकार बाहेकका अन्य क्षेत्रको भूमिकाको पहिचान, अवधारणा कार्यान्वयन गर्दा स्थानीय श्रमको उपयोग तथा रोजगारी श्रृजना, जीविकोपार्जन तथा आर्थिक क्रियाकलापमा पार्ने प्रभाव लगायतको पहिचान गरेर सुझाव पेश गर्न भनिएको सामाजिक विकास मन्त्री राईले बताईन् ।  

मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिवन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन् । लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गरेर औधोगीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘व्याण्ड भर्सेस ब्राण्ड’ले साकार रुप लिने धेरैको अपेक्षा छ । केही समयअघि प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । उसो त चैत १३ गते पदभार ग्रहण लगत्तै मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने बिश्वास व्यक्त गरेकी थिईन् । 

२०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने मन्त्री राईको भनाई छ ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस