प्लान्ट क्वारेन्टिन स्थापना नहुँदा मासिक १२ करोढ बाढी राजस्व संकलन हुने कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार सुनसान बनेको छ। प्लान्ट क्वारेन्टिन नहुँदा आईतबारबाट कृषिजन्य सामग्री आयात रोकिएपछि चहलपलह हुने सुठौली नाका सुनसान बनेको हो।
वार्षिक डेढ अर्ब राजस्व संकलन भएको सुठौली नाकामा ९० प्रतिशत बढी राजस्वको हिस्सा कृषिजन्य बस्तुको आयात हो। क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको भन्सार प्रमुख रमेश खड्काले बताए। स्त्तोरन्नती भई ठूलो भन्सार भएको ३ वर्ष हुँदा समेत अहिलेसम्म यहाँ प्लान्ट क्वारेन्टिन कार्यालय स्थापना हुन सकेको छैन।
भन्सार संचालन भएपछि काम चलाउ रुपमा कृष्णनगरमा रहेको प्लान्ट क्वारेन्टिनका कर्मचारीहरुले चेकजाँच गरी कागजात बनाउँदै आएका थिए। तर भन्सार विभागले साउन २० गतेदेखि नेपाल नेशनल सिङगल बिन्डो सिस्टम संचालनमा ल्याएपछि भने भन्सारमा ठूलो समस्या आएको सुठौली भन्सारका प्रमुख रमेश खड्काले बताए।
कृषिजन्य बस्तुको प्रज्ञापन पत्र बनाउँदा क्वारेन्टिन प्रतिवेदन अनिवार्य गरिएकाले समस्या आएको हो। क्वारेन्टिन कार्यालयले प्रतिवेदन अनलाईन सिस्टममा राख्ने गरेको छ। त्यो प्रतिवेदन नआएसम्म भन्सारको प्रज्ञापन पत्र नै भर्न नमिल्ने भएकाले करोवारमा समस्या आएको भन्सार प्रमुख खड्काले बताए। कृष्णनगरमा रहेको क्वारेन्टिनको कार्यालयबाट ईन्ट्री प्वाईन्ट देखाएर भए पनि भन्सारमा कृषिजन्य सामग्री आयात हुँदै आएको थियो। तर त्यो पनि आइतबारबाट रोकिएपछि भन्सारमा कारोवार ठप्प प्रायः भएको प्रमुख खड्काकाे भनाइ छ।
‘कृषिजन्य बस्तुको आयात क्वारेन्टिन नहुँदा रोकिएपछि यो भन्सार छोटी भन्सार जस्तै बनेको छ', उनले भने। मुख्य आम्दानी हुने बस्तु नै भित्र्याउन नपाइएपछि यो भन्सार स्थापना गर्नुको औचित्य समेत सकिएको उनले बताए।
साउन २० गतेदेखि सो सिस्टममा ल्याउँदा ३ दिनसम्म भन्सार प्रभावित भएको थियो। ब्यापारीहरुको तरकारी, फलफूल समेत धेरै सडेर खेर समेत गएको थियो। क्वारेन्टिन कार्यालयमा आग्रह गरेपछि यहाँबाट भित्रिने कृषि सामग्रीहरुको प्रतिवेदन कृष्णनगरबाट ईन्ट्री प्वाईन्ट भनेर देखाउने गरिएको थियो। ‘सुठौली भन्सारको मुख्य आम्दानी नै कृषिजन्य बस्तु हो त्यसैले यहा जति सक्दो चाँडो क्वारेन्टिन कार्यालय स्थापना गर्नु पर्छ।’
नेपालभर ३९ वटा ठूला भन्सार कार्यालय छन्। जसमध्ये १५ स्थानमा मात्र क्वारेन्टिन कार्यालय छन्। सुठौली भन्सारमा क्वारेन्टिन कार्यालय नराखिएकाले भन्सार सुनसान भएको ब्यापारीहरु बताउँछन्। रुपन्देहीको बेलहीया र कपिलवस्तुको कृष्णनगर नाकाको बीचमा पर्ने यो नाका पायक पर्ने भएकाले ब्यापारीहरु यही भन्सारबाट कारोवार गर्ने गरेका छन्। क्वारेन्टिन कार्यालय नहुँदा ब्यापारीहरु भने बिस्तारै निरुत्साही हुँदै गएका छन्। त्यस क्षेत्रका ब्यापारी हबीबुल्लाह मुसलमानले प्लान्ट क्वारेन्टिन नहुँदासम्म यो नाका अब नाम मात्रको बनेको बताउँछन्। ‘ मुख्य आम्दानी हुने चिज नै ल्याउन नपाएपछि केका लागि भन्सार कार्यालय भन्दै उनी प्रश्न गर्छन्।
सुठौलीमा क्वारेन्टिन कार्यालय स्थापना गर्न माग गरिएको खड्काले बताए। तर मन्त्रिपरिषदले निर्णय गरी क्वारेन्टिन कार्यालय स्थापना नहुँदासम्म यो नाका अब नाम मात्रको रहने उनले बताए। यसका लागि ठोस पहल गरीदिन उनले सबैमा अपील गरेका छन्। भन्सारमा खाद्यान्न, तरकारी फलफूल आयात हुने गरेका छन्।