मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो
२१ भदौ २०७८
•
४ मिनेट पाठ
मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ। सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से दुई हजार आठ सय वरिपरि झरेको छ।




साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो। सोही दिन नेप्से एक सय ४७ अंकसम्म घट्न पुगेको थियो। कारोबारको अन्तिम समयमा भने नेप्से केही सुधार भएर बन्द भयो।

सेयर लगानीकर्ता पुँजी बजार ओरालो लाग्नुमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज मुख्य दोषी रहेको आरोप लगाउँछन्। ठूला लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार सर्वसाधारणको लगानीमा नियामक निकाय मालिक बन्न खोज्दा पुँजी बजार ओरालो लागेको दाबी गर्छन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाइने व्यवस्था गरेपछि समस्या आएको हो,’ उनले भने, ‘त्यसैबेला धितोपत्र बोर्डले ५१ सूचीकृत संस्थालाई रातो सूचीमा राख्दा लगानीकर्ताको मनोबल थप खस्कियो।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि सेयर लगानीकर्ताले करिब चार खर्ब रूपैयाँ गुमाइसकेको उनको भनाइ छ। ‘जनसंख्याको करिब १५ प्रतिशत सहभागी सेयर बजारमा दिनहुँ गिरावट आउँदा लगानीकर्ता घर न घाटका हुने अवस्था आएको छ,’ उनले भने, ‘त्यसैले यसबारे नियामक निकायले सोच्न जरूरी छ।’

तीन साताअघि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै साना लगानीकर्ताले पनि कर्जा पाउन सकून् तथा बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा जाओस् भनेर सेयर कर्जामा कडाइ गर्ने नीति लिएको थियो। त्यसअघि लगानीकर्ताले जतिसुकै सेयर कर्जा लिन सक्ने व्यवस्था थियो। अहिले मौद्रिक नीतिमा लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ। त्यस्तै परिवारमा एकजनाले मात्र यस्तो कर्जा लिन पाउने व्यवस्था गरिएको छ। 

विगतमा तोकिएभन्दा बढी कर्जा लिएको भए एक वर्षभित्र त्यसलाई मिलाउनुपर्ने समेत नीति बनेपछि लगानीकर्तालाई समस्या परेको बताइन्छ। हालसम्म बैंक तथा वित्तीय संस्थाले करिब ९५ अर्ब रूपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। ठूलो रकम सेयरमा लगानी भएको भन्दै नियामक निकायले कडाइ गर्न खोजेको हो। राष्ट्र बैंकका अधिकारीहरू सेयर कर्जामा लगानी बढ्दा त्यसको असर उत्पादनमूलक क्षेत्रले पर्याप्त लगानी नपाउने आकलन गर्छन्।

साताको पहिलो कारोबारमा नेप्से परिसूचक ओरालो लाग्नुका साथै सेयर कारोबार रकम पनि खुम्चिएको छ। आइतबार ११ अर्ब २४ करोड रूपैयाँको सेयर किनबेच भयो। सबै समूह घट्न पुगे। सबभन्दा बढी जीवन र निर्जीवन बिमा समूहको कारोबार र मूल्य घट्यो।

बैंकिङ समूह ४४ अंकले घट्दा निर्जीवन बिमा पाँच सय १९, जीवन बिमा पाँच सय ११, विकास बैंक तीन सय ९४, फाइनान्स दुई सय ३९, होटल तथा पर्यटन एक सय ६१, जलविद्युत् दुई सय १६, उत्पादन समूह एक सय ७५, माइक्रोफाइनान्स एक सय ६२, व्यापार समूह दुई सय १६ अंकले घटे।

दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घट्यो। रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास, बेष्ट फाइनान्स,  

नारायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावरको मूल्य १० प्रतिशतले घट्यो।

त्यस्तै पञ्चकन्या माई हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपी पावर, माउन्टेन, ग्रिनलाइफ हाइड्रो, एभरेस्ट इन्स्योरेन्स संस्थापक समूह, पाँचथर पावर, दिव्येश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, र श्री इन्भेस्टमेन्ट फाइनान्सको मूल्य पनि करिब १० प्रतिशतले घट्यो।

राष्ट्र बैंकले साउन २९ मा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो। भदौ २ मा पुँजी बजारले सर्वाधिक नयाँ कीर्तिमान तीन हजार एक सय ९८ अंक कायम गरेको थियो। उच्च अंकको रेकर्डपछि त्यसयता पुँजी बजार १२ प्रतिशतले घटिसकेको छ। त्यस्तै भदौ ३ मा साढे २० अर्ब रूपैयाँको सर्वाधिक सेयर किनबेच भएको थियो। जुन रकम घटेर करिब आधामा झरिसकेको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पुँजी बजारको उकालो र ओरालो यात्रासँग केन्द्रीय बैंकलाई जोड्नुको कुनै अर्थ नहुने बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नुको उद्देश्य समग्र बैंकिङ प्रणालीमा सुधारका लागि हो,’ उनले भने, ‘यसले कसलाई हित हुन्छ/हुुँदैन भन्ने कुनै सवाल होइन।’ राष्ट्र बैंकको नीतिले पुँजी बजारमा असर पर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै उनले यसमा लगानीकर्ताको मनोविज्ञानले काम गर्ने बताए।

पछिल्लो समयमा सेयरप्रति आकर्षित हुने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ। एक वर्षको अवधिमा सेयर कारोबारका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या करिब दोब्बरले बढेर ४२ लाख पुगेको छ। त्यस्तै ३२ लाखले मेरो सेयर लिएका छन्। नौ लाखले हरेक दिनजसो अनलाइनमार्फत् सेयर कारोबार गर्छन्। गत वर्ष सेयर बजारबाट सरकारले १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। कुल ४४ खर्ब रूपैयाँ हाराहारीमा पुगेको पुँजी बजार तीन सातामै ४० खर्ब रूपैयाँमा झरिसकेको लगानीकर्ताको भनाइ छ।
अर्को समाचार
मौद्रिक नीतिपछि साताभरिमा समग्रमा १४१ अङ्कले बढ्यो सेयर बजार
२८ मंसिर २०८०
•
३ मिनेट पाठ
मौद्रिक नीतिपछि साताभरिमा समग्रमा १४१ अङ्कले बढ्यो सेयर बजार
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र  सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।




साताको पहिलो कारोबार दिन १११.२० अङ्कले बढेको नेप्से परिसूचक साताको अन्य तीन कारोबार दिन पनि बढ्यो। तर, साताको दोस्रो कारोबार दिन सोमबार भने १५.४० अङ्कले घटेको थियो। साताको तेस्रो कारोबार दिन मंगलबार पनि ३६.८६ अङ्कले बढेको थियो भने। बुधबार र बिहीबार भने नेप्से परिसूचक झिनो अङ्कले मात्रै बढ्यो।

साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक ६.५५ अङ्कले बढेर १९९४.६०  विन्दुमा पुगेको छ। बिहीबार दिनभरजसो उतारचढाव भइरहेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने बढ्यो। बिहीबार १४१ कम्पनीको सेयर बढ्यो भने ९१ कम्पनीको सेयर घट्यो।

१० कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १५ करोड १६ लाख ३५ हजार ७ सय ५० रुपैयाँको सेयर किनबेच भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीन वटै सूचक बढ्यो। सेन्सेटिभ सूचक १.०६ अङ्कले बढ्यो भने फ्लोट सूचक ०.३६ अङ्कले बढ्यो। त्यसैगरी सेन्सेटिभफ्लोट सूचक ०.३७ अङ्कले बढेको छ।

नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ८ उपसूचक बढ्यो भने ५ उपसूचक घट्यो। बिहीबार १० प्रतिशत भन्दा धेरै सेयर बढ्ने कम्पनीमा चार वटा कम्पनी रह्यो। बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर  र नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। त्यसैगरी बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा गुराँस लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ४.९८ प्रतिशतले घट्यो। त्यसैगरी मानुषी लघुवित्त कम्पनीको सेयर पनि ४.७८ प्रतिशत र सिवाईसी लघुवित्त कम्पनीको सेयर पनि ४.०४ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से १११.२० अङ्कले बढेर उछाल आएको थियो। सो दिन नेप्से १११.२० अङ्कले बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँको सेयर कारोबार भयो।

आइतबार २२७ कम्पनीको सेयर बढ्यो भने दुई कम्पनीको सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा उतारचढाव हुँदै १५.४० अङ्कले करेक्सन भएर १९४८.५७ विन्दुमा झरेको छ। सो दिन एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबार रकमको आधारमा भने सोमबार उच्च रकमको सेयर कारोबार भयो। आइतबार भने ४८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। सोमबार १५७ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढेको थियो। तीन कम्पनीको सेयर स्थिर रह्यो। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से ३६.८६ अङ्कले बढेको छ  सो दिन नेप्से ३६.८६ अङ्कले बढेर १९८५.४४ विन्दुमा पुगेको हो।  मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने २४ कम्पनीको घटेको छ। चार कम्पनीको स्थिर रहयो। मंगलबार एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँको सेयर किनबेच भयो। साताको चौथो कारोबार दिन नेप्से परिसूचक २.६० अङ्कले बढेर १९८८.०४ विन्दुमा पुगेको थियो। सो दिन १३५ कम्पनीको सेयर बढ्यो भने ९९ कम्पनीको सेयर घट्यो। ७ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० रुपैयाँको सेयर कारोबार भयो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस