मध्यपहाडी राजमार्ग कालोपत्रे: १३ वर्षमा १११३ किमि, एक वर्षमा ७६६ किमिको लक्ष्य
१५ भदौ २०७८
•
३ मिनेट पाठ
मध्यपहाडी राजमार्ग कालोपत्रे: १३ वर्षमा १११३ किमि,  एक वर्षमा ७६६ किमिको लक्ष्य
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दोर्पाचिउरी डाँडाको बानाचुङमा कालोपत्रे गनुअघि बेस पेल्दै रोलर ।
सरकारको संशोधित कार्यतालिका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग आर्थिक वर्ष २०७९/८० सम्म १८८७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । संशोधित कार्यतालिका अनुसार आयोजनाको म्याद अब एक वर्ष मात्रै बाँकी छ । प्रगतितर्फ अहिलेसम्म ११ सय १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । लक्ष्य अनुसार अझै ७ सय ६६ किलोमिटर सडक कालोपत्रे बाँकी छ । त्यति मात्रै होइन, आयोजनाअन्तर्गत पर्ने २३६ किलोमिटर खण्ड र २९ वटा पुलको ठेक्का व्यवस्थापन अझैसम्म भएको छैन । यस्तो अवस्थामा संशोधित कार्यतालिका अनुसार सम्पन्न नहुने लगभग निश्चित छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।  




सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले मध्यपहाडी राजमार्ग अन्तर्गत विभिन्न खण्डमा २३६ किलोमिटर खण्डको अझैसम्म ठेक्का व्यवस्थापन हुन नसकेको बताए । ‘कतिपय स्थानमा स्थानीयको अवरोधले आयोजनाको लक्ष्य अनुसार काम हुन सकेको छैन,’ उनले भने, ‘आयोजना अन्तर्गतका २९ वटा पुलको अझै पनि ठेक्का व्यवस्थापन हुन सकेको छैन ।’  

सरकारले आर्थिक वर्ष २०६४/६५ मा मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको थियो । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेका पालामा आयोजना निर्माण सुरु गरिएको हो । सुरुआती चरणमा यो आयोजना आव २०७४/७५ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर जिम्मेवार अधिकारीको अकर्मण्यता, ठेकेदार कम्पनीको ढिलासुस्ती, मुआब्जा विवाद र बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्न नसक्दा आयोजना निर्माण तोकिएको समयभन्दा ज्यादै ढिलो भएको छ । 

संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म यो राजमार्ग निर्माण सम्पन्न हुनेछ । सरकारले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २६ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ । आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान थियो । समयमै निर्माण सम्पन्न नहुँदा संशोधित लागत अहिले एक खर्ब एक अर्ब ५० करोड रूपैयाँ पुगेको छ ।  

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म मध्यपहाडी राजमार्गको समष्टिगत भौतिक प्रगति ५७.८४ प्रतिशत छ। वित्तीय प्रगति ६३.२५ प्रतिशत छ । यसमा ५३ अर्ब ३४ करोड रूपैयाँ खर्च भइसकेको छ। १८७९ किलोमिटरमध्ये आयोजनाबाट ६५१ किलोमिटर र अन्य निकायबाट ४६२ किलोमिटर कालोपत्रे भएको छ । हालसम्म ११ सय १३ किलोमिटर कालोपत्रे भएको छ ।  

आयोजना अन्तर्गत १३७ पुलमध्ये ९० वटा निर्माण भइसकेको छ । अहिले ५३० किलोमिटर सडक र १८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । सरकारले गत आर्थिक वर्षमा आयोजनाको लागि सात अर्ब ६५ करोड ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।  

आयोजनाले गत आर्थिक वर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा १९९ किलोमिटर कालोपत्रे भएको छ । गत आवमा ८२ किलोमिटर ग्राभेल भएको छ । ग्राभेल लक्ष्य अनुसारै भएको छ । चालु आवमा १४ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा ७ वटा तयार भएका छन् । गत आवमा ८२.५८ प्रतिशत भौतिक प्रगति र ९४.०७ वित्तीय प्रगति भएको छ । 

सडक विभागका अनुसार गत आवमा तीन सय किलोमिटर सडक कालोपत्रे भएको छ । गत आवमा १४ वटा पुल निर्माण भएको छ । सरकारले स्वदेशी पुँजीमा पूर्व–पश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइफलाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो ।  

यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङलाई पश्चिममा बैतडीको झुलाघाटलाई जोड्छ  । राजमार्ग तयार भएपछि २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा जोडिनेछन् । यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ ।

यसले ग्रामीण बस्तीबाट सहर बसाइँ सर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पु‍¥याउने अपेक्षा छ । एक हजार आठ सय ७९ किलोमिटर लामो पुष्पलाल (मध्यपहाडी) राजमार्ग बनेसँगै मुलुकको एक तिहाइ अर्थात एक करोड जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइन्छ । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस