मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता
११ भदौ २०७८
•
२ मिनेट पाठ
मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता
कार्य सम्पादन करार सम्झौताबीच मन्त्री श्रेष्ठसहित कर्मचारीहरु।
कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ र मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखबीच कार्य सम्पादन करार सम्झौता भएको छ। शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भयो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ।




‘मन्त्रालयले लिएको लक्ष्य र योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सचिव र १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग कार्य संपादन संझौता गरिएको हो,’ जलस्रोत तथा उर्जा मन्त्री श्रेष्ठले भने, ‘संझौता अनुसार काम सम्पन्न गर्ने कार्यालयलाई पुरस्कार र नगर्नेलाई सजायको व्यवस्था गरिएको छ।’

कार्यक्रममा मन्त्री श्रेष्ठले संझौताले जिम्मेवारी बोध गराउनुका साथै पुरस्कार र सजायको व्यवस्था हुने बताए। ‘संझौताको कार्यान्वयन गर्नु मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुख सबैको जिम्मेवारी र दायित्व हो,’ मन्त्री श्रेष्ठले भने, ‘कर्णालीकै उत्कृष्ट मन्त्रालय बनाउका लागि तपाईँहरु सबैको भूमिका महत्वपूर्ण रहन्छ।’

उनले दीर्घकालिन महत्वका योजनाहरुलाई संझौता अनुसार तोकिएकै समयमा मितव्ययिता, परदर्शिता, प्रभावकारी ढंगले पूरा गर्न पनि निर्देशन दिए। ‘यो सम्झौतालाई प्रक्रियागत ढंगले नबुझ्नुहोला,’ मन्त्री श्रेष्ठले भने, ‘कसरी परिणाममुखि बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रीत हुनुहोला।’ मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यक्रमहरु कार्यान्वयन गर्दा आइसर्ने समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए। ‘संझौतामा पुरस्कृत र कारवाही दुबैको व्यवस्था गरिएको छ,’ उनले भने।  

मन्त्री श्रेष्ठले जलविद्युतका कार्यक्रमहरुलाई अघि बढाउन र जनतालाई उज्यालो प्रदान गर्नेतर्फ ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए। ‘कर्णाली जलस्रोतको धनी छ, तर यहाँका नागरिकहरु अझै अध्याँरोमै छन्।’ उनले भने, ‘साना तथा लघु जलविद्युतको संभाव्यता अध्ययन गरेर जनतालाई अध्याँरोबाट मुक्ति दिनका लागि तपाईँहरु अघि बढ्नुहोस्।’  

मन्त्रालयका सचिव झाले कार्य सम्पादन करार सम्झौता अनुसार आफू र मातहतका कार्यालय प्रमुखहरुले काम गर्ने प्रतिवद्धता जनाए। ‘नयाँ कार्यालयबाट भएकाले शून्यबाट काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘उत्कृष्ट र उदाहरणीय मन्त्रालय बनाउनका लागि क्षमता, विवेक र कर्णालीको आवश्यकता अनुसार काम गर्छौ।’

सिनियर डिभिजनल इन्जिनियर (डिसिई) गोपाल शर्माले टार सिंचाई आयोजना, बस्ती उज्यालो कार्यक्रम, जलविद्युत आयोजना, सिंचाई, खानेपानीलगायतका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुलाई समयमै र प्रभावकारी ढंगले काम गर्न आफूहरु लागिरहेको बताए। 

उनले कामलाई सहज बनाउने, काम गरिसकेपछि मूल्याङ्कन गर्न सकिने सूचक र मानकहरु राखेर कार्य सम्पादन करार संझौता गरिएको बताए। ‘सम्झौतामा चालू आर्थिक वर्षभरी गरिने कामहरुको लिष्टिङ गरेका छौं,’ उनले भने, ‘तोकिएको समय र सीमाभित्र रहेर सम्झौता अनुसार कामहरु गर्नेछौं।’
अर्को समाचार
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्य सम्पादन सम्झौता
२० साउन २०७८
•
२ मिनेट पाठ
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्य सम्पादन सम्झौता
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबीच कार्य सम्पादन सम्झौता गरिएको छ। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तरगत पर्ने काम कारवाहीलाई तोकिएको समयमा नै सम्पन्न गरी सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने लक्ष्यका साथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्यसम्पादन सम्झौता गरिएको हो।  




नेपालको संविधानको अनुसूची ६, ७ र ९ तथा प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ५ सँग सम्बन्धित अनुसूची–२ को विषय संख्या ५ बमोजिमको सामाजिक विकास मन्त्रालयका शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, खानेपानी तथा सरसफाई, श्रम तथा रोजगार, भाषा तथा संस्कृति लगायतका ५८ वटा कार्यक्षेत्रको कार्ययोजना बनाएर कार्यसम्पादन गर्ने गरी कार्यसम्पादन सम्झौता गरिएको हो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा तथा प्रदेश सरकारको प्रथम आवधिक योजनामा उल्लिखित ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालीन सोच, प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पुरा गर्न, प्रदेश सरकार (कार्यसम्पादन) नियमावली बमोजिम विभागीय मन्त्रीको रूपमा कामको फर्छयौट गर्न तथा प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ र नियमावली, २०७७ को व्यवस्थालाई आत्मसात गर्दै मूख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता गरिएको सामाजिक विकास मन्त्री राईले बताइन्।  

कार्य सम्पादन सम्झौतामा आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको स्वीकृत नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा कार्यक्रममा सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका कार्यहरू कार्ययोजनामा निर्धारित कार्यतालिका बमोजिम सम्पन्न गर्न व्यवस्था मिलाउने, कानून निर्माण तथा प्रचलित कानूनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको क्षेत्राधिकार भित्रका विषयमा तर्जुमा गर्नुपर्ने कानून निर्माणको व्यवस्था मिलाउने तथा प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था मिलाउने, प्रशासन संयन्त्रको सवलीकरण तथा सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिका लागि मन्त्रालय र मातहतका निकायको प्रशासन संयन्त्रलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन तथा सेवा प्रवाहको प्रभावकारी नियमन, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनको व्यवस्था मिलाउने उल्लेख छ। 
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस