लुम्बिनी प्रदेशको बजेट: असारमा मात्रै ३१ प्रतिशत खर्च
१२ साउन २०७८
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशको बजेट: असारमा मात्रै ३१ प्रतिशत खर्च
लुम्बिनी प्रदेशमा यसपटक पनि असारे विकासको चाप घटेन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोश्रो सातादेखि बल्ल तातेका थिए। गत आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको ३०.९६ प्रतिशत असारमा मात्रै खर्च भएको छ।




गत आर्थिक वर्षमा प्रदेश सरकारले ८८.७६ प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले पूँजीगत खर्चतर्फ ९९.४२ प्रतिशत र चालु खर्चतर्फ ७७.५६ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए। प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २५ लाख हो। असार मसान्तसम्म कुल ३२ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ। त्यसमध्ये ११ अर्ब २५ करोड ७० लाख रुपैयाँ असार महिनामा मात्रै खर्च गरीएको छ।  

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सत प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५५.८७ प्रतिशत, उद्योग पर्यटन, वन वातावरण मन्त्रालयले ८५.१३ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७९.४९ प्रतिशत बजेट खर्च गरेका छन्।

गत वैशाखमा अल्पमतमा परेपछि अश्विासको प्रस्ताव छल्न राजीनामा दिएर उसैदिन एकल बहुमतको सरकारको मुख्यमन्त्री बनेका शंकर पोखरेलले अल्पमतको दोष टार्न जसपाका ४ जना थपेर मन्त्रिपरिषद विस्तार गर्दा ६ वटा मन्त्रालय फुटाएर ९ वटा बनाएका थिए। अल्पमतका पोखरेलको कुर्सी जोगाउन थपिएका तीन वटा मन्त्रालयका मन्त्रीले कुर्सी र सेवा सुविधा पाएपनि तीनले खटनपटन गर्न पाउने गरी बजेट भने पाएनन्। वैशाख यता प्रदेशमा ९ वटा मन्त्रालय रहेपनि पुरानै ६ वटा मन्त्रालय अन्तर्गत बजेट परिचालन गरीएको थियो।

असारे भुक्तानीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सबैभन्दा अग्रपक्तिमा छ। यो मन्त्रालयले कार्यान्वयन गरेको वार्षिक बजेट मध्ये ३३ प्रतिशत भुक्तानी असार महिनामा गरेको छ। मन्त्रालयको वार्षिक खर्च बजेट ४ अर्ब  ७२ लाख हो। प्रदेश लेखा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्क अनुसार उसले जेठ मसान्तसम्म जम्मा ८८ करोड ४ लाख खर्च गर्यो। तर असार महिनामा यो मन्त्रालयले १ अर्ब ३५ करोड ८३ लाख भुक्तानी गरेको छ। मन्त्रालयले जेठ असारमा अनुदान र कार्यक्रमका नाममा भटाभट बजेट बाँडेको थियो।

भौतिक पूर्वाधार मन्त्रालयको कुल १६ अर्ब ४६ करोड मध्ये झण्डै झण्डै आधा अर्थात ६ अर्ब ६२ करोड रुपैयाँ असारको भुक्तानी छ। सामाजिक विकास मन्त्रालयको अवस्था पनि उस्तै छ। उसको वार्षिक कुल खर्च ४ अर्ब ४५ करोड मध्ये १ अर्ब ४२ करोड असारमा खर्च गरेको हो। ११ महिनामा १ अर्ब ६२ करोड खर्च गरेको उद्योग, पर्यटन वन वातावरण मन्त्रालयले असारमा मात्रै ७६ करोड ३६ लाख खर्च गरेको छ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेट खर्च दर बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा ७० प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश सरकारले २०७७/७८ मा ८९ प्रतिशत बजेट कार्यान्वयन गरेको हो। बजेट कार्यान्वयनमा प्रगति देखिएपनि असारे विकासले भने झन तीव्रता पायो। कामको प्रगति देखाउन वर्षको अन्त्यमा हतारमा अनुदान वितरण, सभा गोष्ठि, छलफलका कार्यक्रम गरेर रकम भुक्तानी गरीएका छन्। सडक, सिँचाइ खानेपानीका योजनाहरुमा जेठ पछि ठेकेदार जुरमुराएर लागे। जसका कारण कतीपय अनुदानका कार्यक्रममा भ्रष्टाचार भएका उजुरी र गुनासा बढेका छन्। कतिपय सडकका योजना ठेक्केदारको लापरबाही कम गुणस्तर हुँदा पिच गरी नसक्दै भत्कीएका छन्।  

केही क्रमागत योजनामा निकासा क्रमिक रुपमा भएपनि सडकका आयोजनाहरुमा ठेक्का म्याद अनुरुप कामको अन्त्यसँगै वर्षकै अन्त्यमा भुक्तानी लैजाने परम्पराले असारे भुक्तानी धेरै देखिएको दावी मन्त्रीहरुको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस