भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु गरेको छ।
आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने।
उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ। यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटाङ बजारस्थित ८ मालपोत कार्यालयमा भर्चुअल माध्यमबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) शुभारम्भ गरिएका छन्।
गत वर्षसम्म १०८ मालपोत कार्यालयहरूमा अनलाईन प्रणाली सञ्चालन गरिएको थियो । बाँकि १८ वटा मालपोत कार्यालय चालु आवमा यो सेवा विस्तार गरिएको हो । २०७२ साल साउन २५ गते पहिलोपटक मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको अनलाइन सेवा बुधबारदेखि देशभर पुगेको छ।
घरबाटै जग्गा खरिद बिक्री गर्न विभागले एलआर आइएमएस प्रणालीलाई नागरिक एपसँग जोड्ने योजना बनाएको छ । त्यसपछि सबै जग्गा धनीको औंठा छाप र हस्ताक्षर संकलन गर्ने र संकलित औंठा छाप र हस्ताक्षरलाई अद्यावधिक गर्न विभागको तयारी छ। सबै जग्गाधनीको हस्ताक्षर र आंैठा छाप संकलन भइसके पछि जग्गा धनीले घरमै बसेर आफनो लिखत आफै तयार गर्न सक्छन्। सेवा ग्राहीहरूले आफ्नो लिखत आफैं तयार गर्न विभागले सबै सेवाग्राहीलाई भु सेवा केन्द्र उपलब्ध गराएको छ। आफनो लिखत आफैं तयार गर्न नसक्नेहरूकोलागि भने लेखापढी व्यवासायीहरूको भुमिका सहयोगी हुनेछ।
सेवाग्राहीले जग्गा खरिद विक्री या जग्गा सम्बन्धी कारोबार गर्न चाहेमा त्यस्ता सेवा ग्राहीहरूलाई मालपोत कार्यालयले आइडि र पासवर्ड उपलब्ध गराउछ। उक्त आइडि र पासवर्ड प्रयोग गरेर जग्गाधनीले आफनो सबै विवरण अनलाइनबाट फाराम भर्नसक्ने व्यवस्था गरिएको छ। जग्गाधनीले भरेको फाराम ठिक भएपछि घरमै बसेर जग्गाको काराबार गर्न मिल्ने गरी विभागले अभ्यास सुरु गरेको छ ।
देशभरकासबै मालपोत कार्यालय अनलाइन प्रणालीमा गए पछि सेवाग्राहीलाई अर्को पनि फाइदा हुने भएको छ । एउटा जिल्लाको जग्गा अर्को जिल्लाबाट बेचबिखन, नामसारी तथा कारोबार गर्न सकिन्छ । यसैगरी एउटा मालपोत कार्यालयबाट अर्को कार्यालयको जग्गा कारोबार गर्न सकिन्छ। तर यसकोलागि प्रदेश सरकारहरूले कानुनी बाटो खुला गर्नु पर्ने महानिर्देशक पौडेलले बताए। मालपोत कार्यालयले उठाएको राजस्व प्रदेश सरकारको कोषमा जम्मा हुने कानुनी व्यवस्था छ। त्यसैले एउटा जिल्लाको जग्गा अर्को जिल्लाबाट कारोबारो गर्न ७ वटै प्रदेश सरकारहरूले कानुनी रुपमा बाटो खुला गर्नु पर्ने पौडेलले बताए। ‘यसका लागि हामीले सात वटै प्रदेश सरकारले कानुन बनाउन सुझाव दिएका छौ । हामीले सुझाव मात्र दिने हो,’ पौडेलले भने, ‘७ वटै प्रदेश सरकारहरूले यस विषयमा कानुन बनाए भने तत्काल यो सेवा सुरु गर्छौं।’ देशभरका सबै मालपोत कार्यालय अनलाइनमा गए भने एक दिनमा देशभर कति जग्गा खरिद बिक्री भए, कति राजस्व उठ्यो, यसबारेमा सबै विवरण थाहा हुने विभागका भनाइ छ। यसैगरी जग्गाको हदबन्दी प्रभावकारी रुपमा लागु गर्न सजिलो हुने विभागको बुझाइ छ। देशभर कसको जग्गा कहाँ कति छ सबै प्रष्ट थाहा हुने भएकाले कसैले कसैले जग्गा लुकाउन नसक्ने विभागको भनाइ छ।
नापी विभागले पनि घरमै बसेर जग्गाको नक्सा प्रिन्ट्र निकाल्न सक्ने गरी हाल उपत्यका लगायत १० ठाउँमा अनलाइन प्रणााली लागु गरेको छ। आगामि वर्षदेखि देशभर लागु गर्ने विभागको योजना छ।