खाडीबाट रित्तै फर्केका श्रीषको खोरमा करोडको बोएर
१५ असार २०७८
•
३ मिनेट पाठ
खाडीबाट रित्तै फर्केका श्रीषको खोरमा करोडको बोएर
बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे तीन लाख मूल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मूल्य एक करोडभन्दा बढी छ। श्रीषको पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा शतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन्। एक दशकअघि खाडीबाट फर्किंदा श्रीष रित्तै थिए। उनले अन्तर्राष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रशस्त कमाइ गर्न सकेनन्। श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खरिद गरे।




सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जुट्न सकेन। स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्रसम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्। ‘डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन, अब बल्ल कमाइ हुन थालेको छ,’ श्रीषले भने। उनले गत वर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यस वर्ष करिब ५० लाखको बेच्ने लक्ष्य रहेको बताए।

‘बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ,’ श्रीषले भने। नेपाल व्यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन्। एक वर्षमा सयभन्दा बढी बोएर पुर्‍याउने र आधा दशकभित्र वार्षिक करोड आम्दानीनजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ–संस्था र किसानहरू आउने गरेका छन्। उनले माग अनुसार पूरा गर्न नसकेको जानकारी दिँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए।

बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामा समेत आवद्ध भएपछि उनको व्यावसायिक विस्तार देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे तीन लाखसम्मको ३० माउ, एक बोका र १९ पाठापाठी छन् । उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन्।  

बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निःशुल्क तालिम दिने गरेका छन्। श्रीषले अफ्रिकन जातको बाख्रापालन मोडल प्रयोग गरिरहेका छन्। जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायत विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ।

विदेशबाट फर्किंदा सात लाख ऋण

विदेशबाट काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किएका श्रीषलाई अहिले लगानीको समस्या छैन। विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको घरमै गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ। उनीसँगै छोराछोरीले समेत कमाइ गर्न थालेपछि फार्मको आम्दानीले थप विस्तारमा सहज भएको छ। एउटा छोरा भारतीय सेनामा छन्, छोरी हरियाली कृषि फार्ममा लेखा शाखामा कार्यरत छिन्। एउटा छोराले यस वर्ष एसइई दिँदैछन्। श्रीषले बीउका रूपमा बोएर जातको बाख्रा पालेकाले बोएरको स्रोत केन्द्र बनाउन आवश्यक पूर्वाधार र दर्जनभन्दा बढी तालिम लिइरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस