कर्णालीका किसानलाई ‘गोठालो भत्ता’
२९ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कर्णालीका किसानलाई ‘गोठालो भत्ता’
कर्णाली प्रदेश सरकारले प्रदेशभरिका किसानलाई लक्षित गरेर ‘गोठालो भत्ता’ नयाँ कार्यक्रम तयार पारेको छ। कृषकलाई प्रोत्साहित गरी कृषि पेसामा आकर्षण बढाउन प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रम तयार पारेको हो।




गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न उक्त कार्यक्रमलाई प्राथमिकता दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जनाए । ‘गाउँमा गोठालोभन्दा हेपाहका रुपमा लिइन्छ,’ उनले भने, ‘यसले गोठालो शब्दको सम्मान गर्ने छ।’ गोठालोभन्दा किसान हर्षित हुने वातावरण सिर्जना गर्न यस कार्यक्रमले सहयोग पुर्‍याउने छ। गोठालो भत्ताका लागि प्रदेश सरकारले केही मापदण्ड बनाएको छ।

भत्ता पाउने गोठालोले भने पाँच भैंसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ। उक्त मापदण्डमध्ये कुनै एक पूरा भए गोठालाले मासिक एक हजार रूपैयाँ भत्ता पाउने छन्।

सुर्खेतमा ७२ हजार आठ सय ६३, दैलेखमा ४८ हजार नौ सय १९, सल्यानमा ४६ हजार पाँच सय ५६, रुकुम पश्चिममा ३० हजार सात सय ४७, जाजरकोटमा ३० हजार चार सय ७२, कालीकोटमा २३ हजार १३ जना किसान रहेको प्रदेश सरकारले आँकलन गरेको छ।  

प्रदेश सरकारका अनुसार जुम्लामा १९ हजार तीन सय तीन, मुगुमा नौ हजार ६ सय १९, हुम्लामा नौ हजार चार सय ७९ र डोल्पामा सात हजार चार सय ८८ जना किसान रहेको अनुमान गरिएको छ। किसानलाई व्यावसायिकतामा जोड्न यस कार्यक्रमले थप मद्दत पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीको भनाइ छ। ‘गोठालो जाँदा चोटपटक लाग्छ,’ उनले भने, ‘यो कार्यक्रमले विशेषतः भत्ताले किसानको उपचारमा सहयोग पुर्‍याउने छ।’ उपचार गर्ने पैसा नपाएर थलिनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ।

कृषक पेन्सन कार्यक्रम

त्यस्तै प्रदेश सरकारले कृषकको सम्मानका लागि ‘कृषक पेन्सन’ कार्यक्रम ल्याउने तयारी गरेको छ। जीवनभरि कृषि पेसामा लागेर ६० वर्ष नाघेका किसानलाई गोठालो भत्ता दिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो।

यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ। उक्त किसानले मासिक पाँच सय रुपैयाँ पेन्सन पाउने छन्। ‘कृषि पेसा छाडेपछि किसान रित्तो हातमा हुन्छन्,’ मन्त्री शाही भन्छन्, ‘कृषकले पेन्सन पाउने भएपछि त्यस्तो अवस्था हुँदैन।’ कृषि पेसा छोडे पनि मासिक भत्ता आइरहने उनको भनाइ छ।

एक पकेट क्षेत्र, एक प्राविधिक

प्रदेश सरकारले अर्को आकर्षकका कार्यक्रममध्ये ‘एक पकेट क्षेत्र, एक प्राविधिक कार्यक्रम सञ्चालन गर्ने बताएको छ। कृषि प्राविधिक अध्ययन गरी बेरोजगारी बसेका युवायुवतीलाई लक्षित गरी यो कार्यक्रम ल्याउन लागिएको हो। कृषि क्षेत्रको दिगो विकास र समृद्धिका लागि बाली, बागवानी र पशु अनुसन्धान यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। ‘अहिले कृषि प्राविधिक बेरोजगार बस्नु भएको छ,’ मन्त्री शाही भन्छन्, ‘अब हामी उहाँहरुलाई कृषिमा जोड्छौं।’ जुन विषयमा प्राविधिक हुनुहुन्छ त्यहीअनुसार योजना छनोट गरेर एक वडामा एउटा प्राविधिकलाई लक्षित गर्ने भन्दै मन्त्री शाही भन्छन्, ‘उहाँलाई आवश्यक पर्ने सहयोग प्रदेश सरकारले गर्छ।’ ठूलो रकमको आवश्यक परे प्रदेश सरकारले सञ्चालन गरेको ब्याजमा अनुदान कार्यक्रम जोडेर सहयोग गर्ने र सानो लगानीमा भए प्रदेश सरकारले सिधै सहयोग गर्ने उनको भनाइ छ।

आगामी वर्ष सल्यानको कपुरकोटलाई तरकारी उत्पादन, रुकुम पश्चिमलाई दुग्ध प्रशोधन, जाजरकोटमा मौरी पालन, जुम्लामा स्याउ तथा ओखर उत्पादन क्षेत्रका रुपमा विकास गर्ने एवम् मुगु र डोल्पामा चौँरी फार्म निर्माणमा जोड दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
अर्को समाचार
किसानलाई गोठालो भत्ता दिने भएपछि निवेदनको चाङ
१८ माघ २०७८
•
२ मिनेट पाठ
किसानलाई गोठालो भत्ता दिने भएपछि निवेदनको चाङ
कर्णाली प्रदेश सरकारले कर्णालीका भेडापालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका छन्। उनीहरुले भत्ताले भेडापालनमा निकै उत्साह भरेको बताएका हुन्। जुम्लाका १ सय ५० जना भेडापालक किसानहरुले भेडाको औषधोपचार प्रोत्साहन तथा गोठालो भत्ता पाउने भएका हुन्।




कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई भेडाको औषधि उपचार र प्रोत्साहनका गोठालो भत्ता दिने कार्यक्रम ल्याएको हो। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द वहादुर महत यो कार्यक्रम पहिलो पटक भएकोले निकै लोकप्रिय भएको बताउँछन्।  

भेडापालक किसानको व्यवसायालाई निरन्तरता दिन सहजीकरण गर्ने यो कार्यक्रमको उद्देश्य छ। उनले भने,‘यो कार्यक्रमले भेडापालनमा निकै उत्साह थपेको छ। व्यवसायिक भेडापालनतिर किसानको ध्यान केन्द्रीत गरेको छ।’

जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावमा २ सय ६५ भेडापालक किसानले निवेदन दर्ता गराएका छन्।  निवेदन दिएका किसानको छानबिन पछि भेडाको संख्या,किसान भए÷नभएको विषयमा जाचँबुझ गर्न पशु प्राविधिकहरु फिल्ड स्तरमा गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महत बताउँछन्।

तत्कालिन कृषिमन्त्री कुर्मराज शाही जुम्ला आएको बेला गोठालो भत्ताको प्रसंग उठेको थियो। अहिले यो कार्यक्रममले पुणता पाएको उनी बताउँछन् । कर्मचारीको स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र स्वीकृत दिने र कार्यक्रम सञ्चालन गरिने छ।

५० भन्दा बढि भेडा पाल्ने किसानलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने छ। जुम्लाका १ सय ५० भेडापालकलाई गोठालो भत्ता दिने कार्यविधि निमार्ण गरिएको छ। कार्यविधिअनुसार ५० देखि १ सय भेडा पाल्ने किसानलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले गोठालो भत्ता दिइने छ। यो रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने महतको भनाइ छ।

कर्णाली प्रदेश सरकारले किसानलाई भेडापालनतर्फ उत्साहित बनाउन गोठालो भत्ता उपलब्ध गराएको हो। यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा छ। कार्यालय प्रमुख महतका अनुसार पशु सेवा कार्यालयमा २ सय ८४ वटा किसानले भत्ता पाउन फर्म सूचीकृत गराएका छन्। जुम्लाका १ सय ५० जना भेडापालक किसानलाई गोठालो भता दिने रकम छ।  

जुम्लामा भेडापालक किसान धेरै छन्। फिल्डस्तरको रिपोर्ट र मूल्यांकनका अधारमा गोठालो भत्ता दिन्छौँ। प्रमुख महतले भने,‘जसले भेडा पाल्छ,उसको फर्म दर्ता हुनुपर्ने प्रावधान छ। भेडा पालेको तर अरूलाई पाल्न दिएको व्यक्तिले गोठालो भत्ता पाउने छैनन्।’

कर्णाली सरकारले गोठालो भत्ता लगायतका कार्यक्रमका लागि साविक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ। फर्म दर्ता गरेर व्यावसायिक रूपमा भेडापालन गरेको तथा स्थानीय व्यक्ति र कम्तीमा ५० वटा भेडा पालेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। परम्परागत पेसाका रूपमा मात्र भेडापालन गरिरहेका किसानका लागि भने सरकारी कार्यक्रममा समेटिएको छैन। फर्म दर्ता नगरेकाले गोठालो भत्ताबाट वञ्चित हुनुपर्नेछ।जुम्लामा भेडाको सख्ंया ८१ हजार रहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस